काठमाडौं। शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले नेकपा (एमाले) पार्टीको राष्ट्रवादी छवि र समृद्ध नेपाल सुखी नेपालीको अभियान मन परेर एमालेमा प्रवेश गरेको बताएको छन्। आज एमाले मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको हात खादा लगाएर पार्टी प्रवेश गर्दै उहाँले यस्तो बताएको हो ।
“हुन त यहाँ अरु धेरै पार्टीहरु छन् । तर किन एमाले रोजेभन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवादी छवि, देश र जनताको पक्षमा निरन्तर लागिरहने साहसी र निडर व्यक्तित्वका कारण यो पार्टी छाने” उनले थपे, “मुलुक नाकाबन्दीको अवस्थाबाट गुज्रिरहँदा उहाँले लिएको अडान विश्व इतिहासमा उदारणीय छ, त्यो कदमको जति प्रसंशा गरे पनि कम हुन्छ । यो पार्टीले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभियान एकदमै राम्रो छ ।”
नेपालको मिचिएको भूमि नेपालमै गाभेर चुच्चे नक्सामा समेटेको, भूकम्पले थलापरेको संरचनालाई पुन:निर्माण गरेको, राष्ट्रिय महत्वका आयोजना निर्माण र सम्पन्न गर्न चासो देखाएको, देशभर सडक सञ्जाल विस्तार गरेको, नेपाल र नेपालीको पहिचान गुम्न नदिन लिएको अडान र साहसिक निर्णय एकदम राम्रो भएको उनले बताए।
“आज म यहाँ नेपाली सेयर बजारका ७२ लाख लगानीकर्ताको पीडा, संघर्ष, सपना र भविष्य बोकेर उभिएको छु । एक साधारण व्यापारी परिवारबाट उठेर, असाधारण परिस्थितिसँग लड्दै, नेपाली सेयर बजारलाई आफ्नो जीवन बनाएको एक साधारण लगानीकर्ता हुँ” अग्रवालले भने, “मैले बजारलाई केवल पैसा कमाउने ठाउँ मात्र मानेको छैन । यसलाई साना लगानीकर्ताको आशा, युवाको भविष्य, र देशको आर्थिक मेरुदण्ड मानेको छु।”
नेकपा एमालेको सरकार हुँदा लगानिकर्ता उच्च मनोबलले लगानी गर्न तयार रहेको चर्चा गर्दै उनले भने, “सबैको भरोसा कमाएको दल हो एमाले । आगामी निर्वाचनमा हामी ७२ लाख लगानिकर्ता एकसाथ उभिन्छौं, उभिने छौं ।”
पार्टी प्रवेश कुनै स्वार्थले प्रेरित नभएको प्रस्ट पार्दै उनले यसलाई समयको आवश्यकताको रुपमा बुझ्न आग्रह गरे। “म र मसँगै सयौं लगानीकर्ता कुनै पदका लागि पार्टी प्रवेश गरेका होइनौं, कुनै फाइदाका लागि होइन, पुँजीबजारको भविष्य सुरक्षित गर्न एमालेमा प्रवेश गरेका हौं । यो आर्थिक सुधारको अभियान हो” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ११ गते, २०८२ - १७:०८
पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिमपहिरो जाँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । हिमपहिरोबाट एक जना बच्...
माघ ११ गते, २०८२ - १६:५७
काठमाडौं। शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले नेकपा (एमाले) पार्टीको राष्ट्रवादी छवि र समृद्ध नेपाल सुखी नेपालीको अभियान मन परेर एमालेमा प्रवेश गरेको ...
माघ ११ गते, २०८२ - १६:४७
विमानस्थलमा मलाई सुन तस्करलाई जस्तो चेकिङ गरेर हैरान पारियो
माघ ११ गते, २०८२ - १६:३७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जान अनुकूल वातावरण नबनाएको आरोप लग...
माघ ११ गते, २०८२ - १६:२९
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा जिम्बाबेलालाई ६ विकेटले पराजित गर्दै पहिलो जीत हासिल गरेको छ। शनिबार त्...
माघ ११ गते, २०८२ - १६:१७
मुक्तिनाथ। उपल्लो मुस्ताङमा शनिबार विहानदेखि यस सिजनको दोस्रो पटक हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती ...
माघ ११ गते, २०८२ - १६:०७
मुगु। चिसो बढेसँगै जिल्लाको विभित्र ठाउँमा हिमपात सुरु भएको छ । शुक्रबार रातिदेखि नै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण जिल्लाको...
माघ ११ गते, २०८२ - १५:४९
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पूर्व काठमाडौं मेयर र हाल रास्वपा नेता बालेन शाहमाथि मधेशी श्रमिक, साना व्याप...
माघ ११ गते, २०८२ - १५:३०
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूको भविष्यबारे केही पनि निश्चित नभएको टिप्पणी गरेका छन्। शनिबार पार्टी मुख्या...
माघ ११ गते, २०८२ - १५:१७
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकताका क्रममा आफूले कुनै पदको बार्गेनिङ नगरेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौ...




प्रतिकृया लेख्नुहोस्: