काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भए आफ्नो नेतृत्वको पार्टी पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका नेता–कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले विगतका निर्वाचनहरूमा देखिएका कमजोरी, पैसाको प्रभाव र प्रशासनिक हस्तक्षेपका कारण जनमत सही ढंगले प्रतिबिम्बित हुन नसकेको आरोप लगाए ।
‘यदि निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने जनताको वास्तविक मत बाहिर आउँछ,’ उनले भने, ‘त्यस्तो अवस्थामा नेपाली कम्युनिस्ट पार्टी नै पहिलो पार्टीका रूपमा स्थापित हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’
प्रचण्डले पार्टीलाई अझ सुदृढ, संगठित र अनुशासित बनाउँदै जनताको दैनिक जीवनसँग जोडिएका मुद्दामा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए । राष्ट्रको समृद्धि, सामाजिक न्याय र समानताको लक्ष्य पूरा गर्न बलियो कम्युनिस्ट शक्ति अपरिहार्य रहेको उनको भनाइ थियो ।
उनले पार्टी प्रवेश गर्ने नेता–कार्यकर्ताहरूलाई जनताको भरोसा कायम राख्दै इमानदार राजनीतिक अभ्यासमा लाग्न आग्रह गरे । ‘पार्टी बलियो भए मात्र राष्ट्र बलियो हुन्छ र जनताको हित सुरक्षित हुन्छ,’ उनले भने ।
कार्यक्रममा प्रचण्डले आगामी निर्वाचनलाई जनताको पक्षमा मोड्न सबै तहका नेता–कार्यकर्तालाई सक्रिय भूमिका खेल्न निर्देशनसमेत दिए । साथै, उनले भ्रष्टाचार, असमानता र अन्यायविरुद्ध संघर्ष जारी रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा विभिन्न जिल्लाबाट आएका नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ११ गते, २०८२ - २०:२६
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा आमनिर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही उम्मेदवारलाई पार्टी अनुशासनको उल्लंघन गरेको ...
माघ ११ गते, २०८२ - २०:१५
विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्। ...
माघ ११ गते, २०८२ - २०:१३
मकवानपुर । मकवानपुरगढी–५, कालिवन। कालिवन खानेपानी संस्था मकवानपुरगढी–५ को चौथो साधारण सभाले नयाँ सात सदस्यीय कार्यसमिति चयन गरेको छ। सभाले पुन: दिनेश ...
माघ ११ गते, २०८२ - २०:०७
काठमाडौँ । सरकारी विज्ञापन कारोबारका विषयमा सञ्चार माध्यममा प्रकाशित समाचार र जारी विज्ञप्तिप्रति नेपाल विज्ञापन संघ (आन) ले गम्भीर ध्यानाकर्षण भएको ज...
माघ ११ गते, २०८२ - २०:०५
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सङ्खुवासभा–काठमाडौं सम्पर्क मञ्चले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रचार प्रसार समिति गठन गरे...
माघ ११ गते, २०८२ - १९:५७
राजनीतिमा अनुहार धेरै देखिन्छन्, तर उनीहरूको इतिहास, संघर्ष र नेतृत्वको धरातल फरक हुन्छ। केही नेताहरू केवल अवसरवादमा सीमित रहन्छन्, पद र सत्ताका लागि ...
माघ ११ गते, २०८२ - १९:३३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भए आफ्नो नेतृत्वको पा...
माघ ११ गते, २०८२ - १९:२८
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शनिबार धनकुटा सदरमुकाम आए पनि सवारीबाट नओर्ली बजार परिक्रमा गरेर फर...
माघ ११ गते, २०८२ - १९:०१
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सचिव महेश बस्नेतका पछिल्ला अभिव्यक्तिलाई लिएर मधेश अपमान गरिएको भन्दै ...
माघ ११ गते, २०८२ - १८:५२
काठमाडाैं । हरेक निर्वाचनमा काभ्रेली मतदाताले देख्दै आएका परिचित अनुहारहरू यसपटक मैदानबाहिर छन्। उनीहरूको अनुपस्थितिमा यस निर्वाचनमा काभ्रेमा प्रायः ...




प्रतिकृया लेख्नुहोस्: