Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

मधेस हुँदै कोशीको सात जिल्ला पुगेर फर्किए बालेन साह

खबरडबली संवाददाता

विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्।

जनकपुरमा सभा सम्पन्न गरेपछि उनले मधेस प्रदेशमा केही भेटघाट कार्यक्रम गरे र त्यसपछि आफ्नो ध्यान कोशी प्रदेशमा केन्द्रित गरे। माघ ५ गते साँझ उनी कोशी प्रदेश प्रवेश गरी उर्लाबारी नगरपालिका–७ स्थित आफ्नो ससुरालीमा बसे।

भोलिपल्ट बिहान केही भेटघाटपछि उनी झापा–५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्न पुगे। त्यही दिन उनले समर्थकहरूसँग दमकमा भेटघाट गरे। त्यसपछि उनी झापा, सुनसरी र मोरङका तीन हजारभन्दा बढी समर्थक र शुभचिन्तकसँग दमक–५ स्थित लक्की सिटौलाको घरमा भेटघाट गरे।

साँझ इलाम पुगेका बालेनले इलाम सदरमुकाममा बस्दै समर्थकहरूसँग भेटघाट गरे। माघ ८ गते ताप्लेजुङको सदरमुकाम पुगेका उनले पाथीभरा मन्दिरको दर्शनको लागि त्यहाँबाट प्रस्थान गरे। भोलिपल्ट ९ गते उनी पाँचथर हुँदै तेह्रथुम पुगे। तेह्रथुम र संखुवासभामा पनि उनले स्थानीय उम्मेदवारसँग भेटघाट गरी सामान्य कार्यक्रम सञ्चालन गरे।

शनिबार बिहान संखुवासभाको कार्यक्रम सम्पन्न गरी उनी धनकुटा आए। धनकुटा सदरमुकाममा निर्धारित पैदल यात्रा र मतदाता भेटघाटको कार्यक्रम सवारीबाट परिक्रमा गरी सम्पन्न भयो। त्यसपछि उनले सुनसरीको इटहरीमा गाडीबाट समर्थकहरूसँग अभिवादन गरे। साँझ विराटनगर पुगेर समर्थक र उम्मेदवारसँग भेटघाट गरेपछि उनी विमानस्थल हुँदै काठमाडौँ फर्किएका थिए।

विराटनगरबाट काठमाडौँ उड्ने टिकट ५ बजेको भए पनि विमान १ घण्टा ढिला भएको थियो। विमानस्थल जानुअघि उनी एयरपोर्ट रोडस्थित होटल पर्पल हेजमा बसे, जहाँ समर्थकहरूको ठूलो भिड जम्मा भएको थियो।

कोशी प्रदेश भ्रमणले बालेनको समर्थक संख्या बढाएको उक्त पार्टीका नेताहरू बताउँछन्। ताप्लेजुङका रास्वपाका उम्मेदवार वीरेन्द्र श्रेष्ठले भने, “हाम्रो पक्षमा माहोल बनेको छ, बालेन साहको आगमनले रास्वपाका समर्थक बढेका छन्।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिनियाँ शीर्ष नेताले देखेका ६ चामत्कारिक क्षेत्र

बेइजिङ  । चीनले सन् २०२६ देखि सुरु हुने १५औँ पञ्चवर्षीय योजनालाई लक्षित गर्दै प्रविधि–आधारित औद्योगिक रूपान्तरणलाई प्राथमिकतामा राख्ने स्पष्ट संकेत दि...

ओलीलाई पक्राउ गरेको विरोधमा अनेरास्ववियुले गर्‍यो टायर बालेर प्रदर्शन

काठमाडौं । पार्टी अध्यक्ष केपी ओली पक्राउ गरेपछि एमालेका भ्रातृ संगठन अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा प्रदर्शन गरेको छ। पूर्वप्रधानमन्त्री समेत रह...

च्यासलमा एमाले कार्यकता र प्रहरीबीच झडप

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विषयलाई लिएर ललितपुरको च्यासल क्षेत्रमा एमाले कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। ...

भारतको रणनीतिक तेल भण्डार पाँच दिनका लागि मात्रै पर्याप्त

काठमाडौं। भारतको रणनीतिक कच्चा तेल भण्डारले हालको खपत दरअनुसार करिब पाँच दिनको माग मात्र धान्न सक्ने देखिएको छ। BBCको विश्लेषणअनुसार कुल भण्डारण क्षमत...

ओलीको गिरफ्तारीपछि दलहरूसँग संवाद गर्न एमालेले तोक्यो जिम्मेवारी

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि विकसित घटनाक्रमबारे अन्य राजनीतिक दलहरूसँग संवाद गर्न जि...

एमालेले जनसंगठनलाई सडकमा उतार्ने

काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ । एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३...

ओली र लेखकलाई तत्काल रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । आज बसेको एमालेको ...

ओेली-लेखक पक्राउ: सांसद अभिमुखिकरण कार्यक्रमपछि औपचारिक धारणा ल्याउने कांग्रेसको तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औप...

ओली–लेखक पक्राउपछि हर्क साम्पाङको प्रतिक्रिया: अब हुुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...

पार्टी मुख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending