Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान जारी छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७  सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

मतदान आज दिउँसो ३ बजेसम्म जारी रहने आयोगका प्रवक्ता नरायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो । बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको हो । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको थियो । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका राजधानीस्थित तोकिएको मतदानस्थल तथा मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान सुरु भएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान सुरु भएको उनले जानकारी दिए।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ । मतदानस्थलमा ती मतदाताले मतदान गरिराखेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभाका लागि मतदान जारी, कुन प्रदेशमा कति मतदान भयो ?

काठमाडौँ । राष्ट्रिय सभाका सदस्य चयनका लागि मतदान देशभरका प्रदेश सदरमुकाममा जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रदेशका रा...

सर्वोच्चमा रवि लामिछानेविरुद्धको अभियोगपत्र संशोधनबिरुद्ध रिटको सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ अभियोग हटाउने महान्यायाध...

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा १२८ जनाले गरे मतदान

काठमाडौँ। राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा १२८ जनाले मतदान गरेका छन् । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहमा प्रमुख–अध्यक्ष तथा उपप्रम...

विकासका एजेण्डासहित चुनावी मैदानमा पूर्व शिक्षा मन्त्री पौडेल

पश्चिम नवलपरासी। नेकपाका प्रभावशाली नेता तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल ‘सुनील’ यस पटक नयाँ निर्वाचन क्षेत्र र नयाँ योज...

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्या...

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च बिन्दुमा...

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी

काठमाडौँ। राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान जारी छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७  सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बज...

आचारसंहिताका कारण जनकपुरधाममा हुने कांग्रेस मधेश सभा स्थगित

जनकपुरधाम। निर्वाचन आयोगको आचारसंहिता लागू भएसँगै नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्न लागेको विशाल मधेश सभा हालका लागि स्थगित गरि...

तीन दिनदेखि बेपत्ता प्रहरी जवान मृत अवस्थामा फेला

दाङ। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरी जिसी मृत अवस्थामा फेला परेका छन् । घोराही उपमहानगरपालिका–२, रामपुर निवासी जिसी तीन दिनदेखि ब...

कर्णालीमा राष्ट्रियसभा निर्वाचन: अहिलेसम्म १२३ मत खस्यो

सुर्खेत । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । बिहान १० बजेसम्म कुल १२३ जनाले मतदान गरेका छन् । प्रदे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending