काठमाडौँ। दुई वर्षदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन नक्कली भुटानी शरणार्थी प्रकरण अन्तिम सुनुवाइको चरणमा प्रवेश गर्ने तयारीमा देखिएको छ। यसका लागि अदालतले गत भदौ २४ गतेको आगलागीमा जलेका मिसिल पुनः प्राप्त गर्न आदेश दिएको छ।
पूर्व गृहमन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरू प्रतिवादी रहेको यो बहुचर्चित मुद्दामा आवश्यक मिसिल अभावकै कारण सुनुवाइ प्रक्रिया रोकिँदै आएको थियो। आइतबार न्यायाधीश ध्रुवराज कार्कीको इजलासले अन्तिम सुनुवाइ अघि सबै प्रमाण संकलन अनिवार्य रहेको भन्दै सम्बन्धित निकायलाई मिसिल झिकाउन आदेश गरेको हो।
गत भदौ २४ गते भएको आगजनीमा अदालतका महत्वपूर्ण कागजात जलेपछि यो मुद्दासहित दर्जनौँ मुद्दा प्रभावित भएका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित केही प्रतिवादीका मिसिल प्राप्त भए पनि सबै कागजात अझै संकलन हुन नसकेको अदालतले जनाएको छ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, मुद्दाको समग्र सुनुवाइ अघि सबै प्रमाण फाइल उपलब्ध गराउने उद्देश्यले प्रमाण झिकाउने आदेश दिइएको हो। “मिसिल अपूरो रहेकाले अन्तिम सुनुवाइ अघि सबै कागजात संकलन गर्न इजलासले आदेश दिएको छ,” उनले भने।
मानव तस्करी, राजनीतिक पहुँच र राज्य संयन्त्रको दुरुपयोगसँग जोडिएको यो प्रकरणलाई पछिल्ला वर्षकै गम्भीर मुद्दामध्ये एक मानिँदै आएको छ। अब जलेका मिसिल पुनः संकलन भएपछि मुद्दा निर्णायक मोडतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १४:२०
बेइजिङ । चीनले सन् २०२६ देखि सुरु हुने १५औँ पञ्चवर्षीय योजनालाई लक्षित गर्दै प्रविधि–आधारित औद्योगिक रूपान्तरणलाई प्राथमिकतामा राख्ने स्पष्ट संकेत दि...
चैत्र १४ गते, २०८२ - १३:५९
काठमाडौं । पार्टी अध्यक्ष केपी ओली पक्राउ गरेपछि एमालेका भ्रातृ संगठन अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा प्रदर्शन गरेको छ। पूर्वप्रधानमन्त्री समेत रह...
चैत्र १४ गते, २०८२ - १३:३९
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विषयलाई लिएर ललितपुरको च्यासल क्षेत्रमा एमाले कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। ...
चैत्र १४ गते, २०८२ - १३:१५
काठमाडौं। भारतको रणनीतिक कच्चा तेल भण्डारले हालको खपत दरअनुसार करिब पाँच दिनको माग मात्र धान्न सक्ने देखिएको छ। BBCको विश्लेषणअनुसार कुल भण्डारण क्षमत...
चैत्र १४ गते, २०८२ - १३:१२
काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि विकसित घटनाक्रमबारे अन्य राजनीतिक दलहरूसँग संवाद गर्न जि...
चैत्र १४ गते, २०८२ - १३:०३
काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ । एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३...
चैत्र १४ गते, २०८२ - ११:५८
काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । आज बसेको एमालेको ...
चैत्र १४ गते, २०८२ - ०९:५७
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औप...
चैत्र १४ गते, २०८२ - ०९:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...
चैत्र १४ गते, २०८२ - ०९:२८
काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...



प्रतिकृया लेख्नुहोस्: