जनकपुरधाम। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा उच्च मतदान दर देखिएको छ। कुल ३६४ मतदाता रहेको मधेश प्रदेशमा ३४१ मत खसेको छ, जसअनुसार मतदान प्रतिशत ९३.६८ पुगेको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार प्रदेशसभा सदस्यतर्फ १०० मतदातामध्ये ९९ जनाले मतदान गरेका छन् भने पालिकातर्फ २६४ मतदातामध्ये २४२ जनाले मत खसालेका छन्। यद्यपि, समग्र सहभागिता उच्च रहे पनि २२ जना जनप्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन्।
प्रदेशसभा सदस्यतर्फ नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारीले मतदान नगरेको निर्वाचन कार्यालयले पुष्टि गरेको छ। पालिकातर्फ मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षसमेत गरी २१ जना जनप्रतिनिधि अनुपस्थित रहेका छन्।
निर्वाचन कार्यालयका अनुसार केही जनप्रतिनिधि स्वास्थ्य समस्या, व्यक्तिगत कारण तथा पूर्वनिर्धारित कार्यक्रमका कारण उपस्थित हुन नसकेको हुन सक्ने भए पनि आधिकारिक रूपमा सबैको कारण सार्वजनिक गरिएको छैन। यसले ‘अनुपस्थित मतदान’ लाई लिएर राजनीतिक वृत्तमा चासो बढाएको छ।
मतदान नगर्ने र अनुपस्थित जनप्रतिनिधि यसप्रकार छन्–
१. अजयप्रसाद जयसवाल – प्रमुख, कटहरिया नगरपालिका (रौतहट)
२. अमवेया खातुन – उपमेयर, फतुवा विजयपुर नगरपालिका
३. गीता देवी महतो – उपप्रमुख, चन्द्रनगर नगरपालिका
४. जहिदा खातुन – उपाध्यक्ष, सोनमा गाउँपालिका
५. तारा देवी कानू – उपमेयर, महागढीमाइ नगरपालिका
६. नजुम शेख – उपप्रमुख, सिम्रौनगढ नगरपालिका
७. निलम साह – उपाध्यक्ष, फेटा गाउँपालिका
८. प्रदीपकुमार खड्का – प्रमुख, औरही नगरपालिका (महोत्तरी)
९. मनोज कुमार – अध्यक्ष, छिपहरमाई गाउँपालिका
१०. मनोजकुमार साह तेली – मेयर, जनकपुरधाम उपमहानगरपालिका
११. महमद साउँद – अध्यक्ष, यमुनामाई गाउँपालिका
१२. मोहन पाण्डे – प्रमुख, मनराशिस्वा नगरपालिका
१३. राधा देवी यादव – उपप्रमुख, नगराइन नगरपालिका
१४. रामाशंकर प्रसाद कुशवाहा – प्रमुख, बलरा नगरपालिका
१५. रुस्तम अंसारी – अध्यक्ष, फेटा गाउँपालिका
१६. रेणु कुमारी – उपप्रमुख, गौशाला नगरपालिका
१७. शम्भु साह – प्रमुख, गौर नगरपालिका
१८. शर्मिला विष्ट – उपाध्यक्ष, सखुवा प्रसौनी गाउँपालिका
१९. शैली कुमारी साह – उपप्रमुख, गौर नगरपालिका
२०. सरिता देवी यादव – उपप्रमुख, हनुमाननगर कंकालनी नगरपालिका
२१. सिंगासन साह तेली – प्रमुख, बहुदरमाइ नगरपालिका
२२. विमला अन्सारी – प्रदेश सांसद
निर्वाचन कार्यालयका अनुसार मतदान सकिएलगत्तै मतगणना प्रक्रिया सुरु गरिनेछ । उच्च मतदानका बाबजुद उल्लेख्य संख्यामा जनप्रतिनिधि अनुपस्थित हुनुका कारणबारे थप स्पष्टता आउन बाँकी रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १४:२०
बेइजिङ । चीनले सन् २०२६ देखि सुरु हुने १५औँ पञ्चवर्षीय योजनालाई लक्षित गर्दै प्रविधि–आधारित औद्योगिक रूपान्तरणलाई प्राथमिकतामा राख्ने स्पष्ट संकेत दि...
चैत्र १४ गते, २०८२ - १३:५९
काठमाडौं । पार्टी अध्यक्ष केपी ओली पक्राउ गरेपछि एमालेका भ्रातृ संगठन अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा प्रदर्शन गरेको छ। पूर्वप्रधानमन्त्री समेत रह...
चैत्र १४ गते, २०८२ - १३:३९
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विषयलाई लिएर ललितपुरको च्यासल क्षेत्रमा एमाले कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। ...
चैत्र १४ गते, २०८२ - १३:१५
काठमाडौं। भारतको रणनीतिक कच्चा तेल भण्डारले हालको खपत दरअनुसार करिब पाँच दिनको माग मात्र धान्न सक्ने देखिएको छ। BBCको विश्लेषणअनुसार कुल भण्डारण क्षमत...
चैत्र १४ गते, २०८२ - १३:१२
काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि विकसित घटनाक्रमबारे अन्य राजनीतिक दलहरूसँग संवाद गर्न जि...
चैत्र १४ गते, २०८२ - १३:०३
काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ । एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३...
चैत्र १४ गते, २०८२ - ११:५८
काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । आज बसेको एमालेको ...
चैत्र १४ गते, २०८२ - ०९:५७
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औप...
चैत्र १४ गते, २०८२ - ०९:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...
चैत्र १४ गते, २०८२ - ०९:२८
काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...



प्रतिकृया लेख्नुहोस्: