जनकपुरधाम। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा उच्च मतदान दर देखिएको छ। कुल ३६४ मतदाता रहेको मधेश प्रदेशमा ३४१ मत खसेको छ, जसअनुसार मतदान प्रतिशत ९३.६८ पुगेको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार प्रदेशसभा सदस्यतर्फ १०० मतदातामध्ये ९९ जनाले मतदान गरेका छन् भने पालिकातर्फ २६४ मतदातामध्ये २४२ जनाले मत खसालेका छन्। यद्यपि, समग्र सहभागिता उच्च रहे पनि २२ जना जनप्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन्।
प्रदेशसभा सदस्यतर्फ नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारीले मतदान नगरेको निर्वाचन कार्यालयले पुष्टि गरेको छ। पालिकातर्फ मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षसमेत गरी २१ जना जनप्रतिनिधि अनुपस्थित रहेका छन्।
निर्वाचन कार्यालयका अनुसार केही जनप्रतिनिधि स्वास्थ्य समस्या, व्यक्तिगत कारण तथा पूर्वनिर्धारित कार्यक्रमका कारण उपस्थित हुन नसकेको हुन सक्ने भए पनि आधिकारिक रूपमा सबैको कारण सार्वजनिक गरिएको छैन। यसले ‘अनुपस्थित मतदान’ लाई लिएर राजनीतिक वृत्तमा चासो बढाएको छ।
मतदान नगर्ने र अनुपस्थित जनप्रतिनिधि यसप्रकार छन्–
१. अजयप्रसाद जयसवाल – प्रमुख, कटहरिया नगरपालिका (रौतहट)
२. अमवेया खातुन – उपमेयर, फतुवा विजयपुर नगरपालिका
३. गीता देवी महतो – उपप्रमुख, चन्द्रनगर नगरपालिका
४. जहिदा खातुन – उपाध्यक्ष, सोनमा गाउँपालिका
५. तारा देवी कानू – उपमेयर, महागढीमाइ नगरपालिका
६. नजुम शेख – उपप्रमुख, सिम्रौनगढ नगरपालिका
७. निलम साह – उपाध्यक्ष, फेटा गाउँपालिका
८. प्रदीपकुमार खड्का – प्रमुख, औरही नगरपालिका (महोत्तरी)
९. मनोज कुमार – अध्यक्ष, छिपहरमाई गाउँपालिका
१०. मनोजकुमार साह तेली – मेयर, जनकपुरधाम उपमहानगरपालिका
११. महमद साउँद – अध्यक्ष, यमुनामाई गाउँपालिका
१२. मोहन पाण्डे – प्रमुख, मनराशिस्वा नगरपालिका
१३. राधा देवी यादव – उपप्रमुख, नगराइन नगरपालिका
१४. रामाशंकर प्रसाद कुशवाहा – प्रमुख, बलरा नगरपालिका
१५. रुस्तम अंसारी – अध्यक्ष, फेटा गाउँपालिका
१६. रेणु कुमारी – उपप्रमुख, गौशाला नगरपालिका
१७. शम्भु साह – प्रमुख, गौर नगरपालिका
१८. शर्मिला विष्ट – उपाध्यक्ष, सखुवा प्रसौनी गाउँपालिका
१९. शैली कुमारी साह – उपप्रमुख, गौर नगरपालिका
२०. सरिता देवी यादव – उपप्रमुख, हनुमाननगर कंकालनी नगरपालिका
२१. सिंगासन साह तेली – प्रमुख, बहुदरमाइ नगरपालिका
२२. विमला अन्सारी – प्रदेश सांसद
निर्वाचन कार्यालयका अनुसार मतदान सकिएलगत्तै मतगणना प्रक्रिया सुरु गरिनेछ । उच्च मतदानका बाबजुद उल्लेख्य संख्यामा जनप्रतिनिधि अनुपस्थित हुनुका कारणबारे थप स्पष्टता आउन बाँकी रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८२ - १८:३०
काठमाडौँ। हिमाल, साहसिक पर्यटन र उद्धारको नाममा गरिएको ठगीको गम्भीर काण्डमा नेपाल प्रहरीले ठूलो कारबाही अघि बढाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...
माघ १२ गते, २०८२ - १७:४२
काठमाडाैं । घर–घरमा फैलिएका तार, पोल र केबल बिना पनि बिजुली पुग्न सक्छ — यो कुरा अहिलेसम्म कल्पनाजस्तै लाग्थ्यो। तर फिनल्याण्डका वैज्ञानिकहरूको पछिल्ल...
माघ १२ गते, २०८२ - १७:३७
जनकपुरधाम। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा उच्च मतदान दर देखिएको छ। कुल ३६४ मतदाता रहेको मधेश प्रदेशमा ३४१ मत खसेको छ, जसअनुसार मतदा...
माघ १२ गते, २०८२ - १७:३५
काठमाडौँ। वनजंगल जोगाउने कि मान्छेलाई जोखिममा राख्ने ? यही प्रश्नको बीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले वनछेउका बस्ती स्थानान्तरण...
माघ १२ गते, २०८२ - १७:३२
काठमाडौँ। दुई वर्षदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन नक्कली भुटानी शरणार्थी प्रकरण अन्तिम सुनुवाइको चरणमा प्रवेश गर्ने तयारीमा देखिएको छ। यसका लाग...
माघ १२ गते, २०८२ - १७:२७
काठमाडाैं । सामाजिक सञ्जालका लागि भिडियो निर्माण गर्ने बहानामा हतियारजस्ता वस्तु प्रदर्शन गर्दै सार्वजनिक स्थानमा मोटरसाइकलमा हिँडिरहेका दुई व्यक्तिल...
माघ १२ गते, २०८२ - १७:२३
काठमाडाैं । राष्ट्रिय सभालाई प्रायः ‘अनुभवी’ वा ‘अवकाशप्राप्त’ नेताहरूको थलो मानिँदै आएको छ। तर कोशी प्रदेशबाट निर्वाचित भएका तीन नयाँ सदस्यले यो बुझा...
माघ ११ गते, २०८२ - २०:२६
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा आमनिर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही उम्मेदवारलाई पार्टी अनुशासनको उल्लंघन गरेको ...
माघ ११ गते, २०८२ - २०:१५
विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्। ...
माघ ११ गते, २०८२ - २०:१३
मकवानपुर । मकवानपुरगढी–५, कालिवन। कालिवन खानेपानी संस्था मकवानपुरगढी–५ को चौथो साधारण सभाले नयाँ सात सदस्यीय कार्यसमिति चयन गरेको छ। सभाले पुन: दिनेश ...




प्रतिकृया लेख्नुहोस्: