काठमाडौँ। हिमाल, साहसिक पर्यटन र उद्धारको नाममा गरिएको ठगीको गम्भीर काण्डमा नेपाल प्रहरीले ठूलो कारबाही अघि बढाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘फेक रेस्क्यू’ मार्फत बीमा रकम असुली गर्ने गिरोहमा संलग्न ६ जनालाई पक्राउ गरेको छ।
सीआईबीका प्रमुख तथा एआईजी मनोज केसीका अनुसार, अदालतबाट पक्राउ अनुमति लिएर जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसीलाई आजै नियन्त्रणमा लिइएको हो। उनीहरूमाथि राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
तीन कम्पनी, सयौँ ‘रेस्क्यू’, करोडौँ डलरको दाबी
अनुसन्धानअनुसार जयराम रिमाल र विवेक पाण्डे ‘माउन्टेन रेस्क्यू सर्भिस प्रालि’ का सञ्चालक हुन्। उक्त कम्पनीले १,२४८ जनाको उद्धार गरेको देखाउँदै त्यसमध्ये १७१ जनाको ‘फेक रेस्क्यू’ गरेको पाइएको सीआईबीले जनाएको छ। यसमार्फत कम्पनीले १ करोड अमेरिकी डलरभन्दा बढी बीमा दाबी गरेको खुलासा भएको छ।
त्यसैगरी, ‘नेपाल चार्टर सर्भिस प्रालि’ का रविन्द्र अधिकारी र विवेकराज थपलियाले ४७१ वटा उद्धारमध्ये ७५ वटा फेक रेस्क्यू गरेको पाइएको छ। उनीहरूले यसबापत ८२ लाख अमेरिकी डलर बराबरको बीमा रकम दाबी गरेको अनुसन्धानमा खुलेको छ।
तेस्रो कम्पनी ‘एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालि’ का मुक्ति पाण्डे र सुभाष केसीले ६०१ जनाको उद्धार देखाए पनि ७१ वटा रेस्क्यू शंकास्पद रहेको सीआईबीको निष्कर्ष छ। उनीहरूले ११ लाख ५३ हजार अमेरिकी डलर बीमा दाबी गरेको पाइएको छ।
पर्यटन क्षेत्रमै प्रश्न
सीआईबीका अनुसार यी फेक रेस्क्यू घटनाले नेपालकै पर्यटन छवि र अन्तर्राष्ट्रिय बीमा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। साहसिक पर्यटनमा विश्वभर चिनिएको नेपालमा उद्धार प्रक्रियाको दुरुपयोग गर्दै संगठित रूपमा ठगी गरिएको देखिनु चिन्ताजनक भएको अनुसन्धान अधिकारीहरू बताउँछन्।
पक्राउ परेकामाथि थप कागजात, बीमा कम्पनीसँगको कारोबार, हेलिकप्टर उडान विवरण र पर्यटक विवरणका आधारमा अनुसन्धान तीव्र बनाइएको सीआईबीले जनाएको छ। अनुसन्धानको दायरामा अन्य व्यक्ति र कम्पनी पनि तानिन सक्ने संकेत गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८२ - १८:३०
काठमाडौँ। हिमाल, साहसिक पर्यटन र उद्धारको नाममा गरिएको ठगीको गम्भीर काण्डमा नेपाल प्रहरीले ठूलो कारबाही अघि बढाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...
माघ १२ गते, २०८२ - १७:४२
काठमाडाैं । घर–घरमा फैलिएका तार, पोल र केबल बिना पनि बिजुली पुग्न सक्छ — यो कुरा अहिलेसम्म कल्पनाजस्तै लाग्थ्यो। तर फिनल्याण्डका वैज्ञानिकहरूको पछिल्ल...
माघ १२ गते, २०८२ - १७:३७
जनकपुरधाम। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा उच्च मतदान दर देखिएको छ। कुल ३६४ मतदाता रहेको मधेश प्रदेशमा ३४१ मत खसेको छ, जसअनुसार मतदा...
माघ १२ गते, २०८२ - १७:३५
काठमाडौँ। वनजंगल जोगाउने कि मान्छेलाई जोखिममा राख्ने ? यही प्रश्नको बीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले वनछेउका बस्ती स्थानान्तरण...
माघ १२ गते, २०८२ - १७:३२
काठमाडौँ। दुई वर्षदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन नक्कली भुटानी शरणार्थी प्रकरण अन्तिम सुनुवाइको चरणमा प्रवेश गर्ने तयारीमा देखिएको छ। यसका लाग...
माघ १२ गते, २०८२ - १७:२७
काठमाडाैं । सामाजिक सञ्जालका लागि भिडियो निर्माण गर्ने बहानामा हतियारजस्ता वस्तु प्रदर्शन गर्दै सार्वजनिक स्थानमा मोटरसाइकलमा हिँडिरहेका दुई व्यक्तिल...
माघ १२ गते, २०८२ - १७:२३
काठमाडाैं । राष्ट्रिय सभालाई प्रायः ‘अनुभवी’ वा ‘अवकाशप्राप्त’ नेताहरूको थलो मानिँदै आएको छ। तर कोशी प्रदेशबाट निर्वाचित भएका तीन नयाँ सदस्यले यो बुझा...
माघ ११ गते, २०८२ - २०:२६
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा आमनिर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही उम्मेदवारलाई पार्टी अनुशासनको उल्लंघन गरेको ...
माघ ११ गते, २०८२ - २०:१५
विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्। ...
माघ ११ गते, २०८२ - २०:१३
मकवानपुर । मकवानपुरगढी–५, कालिवन। कालिवन खानेपानी संस्था मकवानपुरगढी–५ को चौथो साधारण सभाले नयाँ सात सदस्यीय कार्यसमिति चयन गरेको छ। सभाले पुन: दिनेश ...




प्रतिकृया लेख्नुहोस्: