Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु

खबरडबली संवाददाता

मेक्सिको सिटी। मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको एक फुटबल मैदानमा आइतबार भएको सशस्त्र आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

यो आक्रमण सलामान्का शहरको छिमेकमा भएको थियो । मेयरको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अधिकारीले आक्रमणका लागि जिम्मेवारको खोजी गर्न अपरेसन सुरु गरेका थिए ।” विज्ञप्तिमा भनिएको छ, “११ जनाको मृत्यु भएको पुष्टि भएको छ । घटनामा १० जनाको घटना स्थलमै मृत्यु भएको र अन्य एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।” गोली लागेर १२ जना घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको बताइएको छ ।

शनिबार राति पनि सोही शहरमा मानव अवशेषसहित चार वटा झोला फेला परेको थियो । गुआनाजुआतो एक समृद्ध औद्योगिक केन्द्र हो र धेरै लोकप्रिय पर्यटन गन्तव्य हो, तर सामूहिक हिंसाका कारण देशको सबैभन्दा घातक राज्य पनि बनेको छ ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा मेक्सिकोको हत्याको दर एक दशककै सबैभन्दा न्यून स्तरमा झरेको बताउनुभएको थियो तर हत्या दर अहिले पनि अन्य मुलुकको तुलनामा उच्च छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो

काठमाडौँ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क...

स्वदेशी चलचित्रको प्रवर्द्धनका लागि कानुन संशोधन गर्ने तयारी: मन्त्री सिन्हा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्न वर्तमान चलचित्र सम्बन्धि कानुन ...

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौँ। निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार मा...

चुनावी प्रचारका लागि नेपालगञ्जमा पुगेका बालेनको क्रेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सोमबार सुदूरपश्चिम दौडाहका लागि नेपालगञ्ज पुगेका छन्। विमानस्थलमा उनका समर्थक...

किसानले माघ लागेपछि बल्ल टिप्न थाले सुन्तला

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका छन् । देशका धेरै ठ...

मधेशका कुरा काठमाडौंमा र काठमाडौंका कुरा मधेशमा सुनाउन इच्छुक छु: सभापति थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा ले मधेशसँगको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यका साथ सर्लाही–४ मा उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्त...

अमेरिकामा आँधीका कारण कम्तीमा १० जनाको मृत्यु

वाशिङ्गटन । संयुक्त राज्य अमेरिकाका विभिन्न भागमा आएको एक भयानक आँधीले कम्तिमा १० जनाको ज्यान लिएको छ । आँधीका कारण सार्वजनिक यातायात सेवा, उडान सेवा ...

मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु

मेक्सिको सिटी। मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको एक फुटबल मैदानमा आइतबार भएको सशस्त्र आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुको साथै अन्य १२...

नेपाल–साउदी अरबबिच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर

काठमाडौँ । नेपाल र साउदी अरबबिच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित द्विपक्षीय श्रम सम्झौता...

फिलिपिन्समा डुङ्गा डुब्दा १५ जनाको मृत्यु, २८ बेपत्ता

मनिला । दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा सोमबार यात्रु बहाक डुङ्गा डुब्दा कम्तिमा १५ जनाको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको अधिकारीले बताएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending