Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

एक दशकपछि नेकपाका मतदाताले आफ्नै चिन्हमा मतदान गर्दै

खबरडबली संवाददाता

धनकुटा। नेपाली कम्युनिष्ट पार्टी धनकुटाका मतदाताले १२ वर्षपछि प्रतिनिधि सभामा आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्न पाउने भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ९नेकपा एस० ले नेपाली कम्युनिष्ट पार्टी बनेपछि हुन लागेको निर्वाचनमा नेकपाका मतदाताले आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्न पाउँने भएका हुन् ।

नेकपाको सबैभन्दा ठुलो घटक नेकपा माओवादी केन्द्र धनकुटामा २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेलाई र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेशका उम्मेदवारलाई सघाएको थियो । तत्कालीन माओवादी केन्द्र यसअघिका दुई निर्वाचनमा एमाले र कांग्रेससँग पालैपालो गठबन्धन गरेको थियो । २०४९ सालमा एमालेबाट तत्कालिन जिल्ला विकास समितिको सभापति बनेका र २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा माओवादीकै हरिराज खेवासँग पराजित बनेका धर्मराज पौडेललाई उम्मेदवार बनाएर एक्लै चुनावी मैदानमा पठाको छ ।

पौडेल माधव नेपालसँगै एमालेबाट विद्रोह गरेर नेकपा एसमा लागेका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एसलगायत दल मिलेर बनेको नेकपामा पौडेल केन्द्रीय सदस्य रहनु भइएको छ । २०१७ साल असोज २४ गते धनकुटाको महालक्ष्मी नगरपालिका–२, मा जम्मनु भएका पौडेलले ग्रामीण विकास स्नातकोत्तरसम्मको अध्ययन पूरा गरिसकेको छन्। २०४० देखि २०४३ सालसम्म गाउँकै विद्यालयको प्रधानाध्यापक र २०४५ देखि २०४९ सालसम्म धनकुटा बहुमुखि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत भएको थिए । यस्तै २०४९ सालमा तत्कालिन जिल्ला विकास समितिको सभापतिमा निर्वाचित भई २०५४ सालसम्म काम गरे।

यस्तै, २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका सुनिल बहादुर थापालाई सघाएर प्रदेश क क्षेत्रमा नेकपा एसका अर्जुन राई र प्रदेश ‘ख’ क्षेत्रमा माओवादी केन्द्रकी कुशुम कुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । यता माओवादी केन्द्र हेमराज भण्डारीले भने विद्रोह गरेर स्वतन्त्र उम्मेदवार दिएको थिए। २०७९ मा गठबन्धनलाई हराउँदै प्रतिनिधि सभा र प्रदेश सभामा एमालेका उम्मेदवार विजयी बनेका थिए ।

२०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ धनकुटामा नेकपा एमालेले २९ हजार ४ सय ७, नेपाली कांग्रेसले १८ हजार १ सय ३५, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले ४ हजार ८ सय ३८, जनता समाजवादी पार्टी नेपालले ४ हजार १ सय ८२, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ हजार ९ सय ७९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले २ हजार ४ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७ सय ९१ मत प्राप्त गरेका थिए ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पौडेलले धनकुटेली जनताको माग अनुसार नीति निर्माणका लागि आवाज उठाउन धनकुटाबाट सशक्त उपस्थिति देखाउन चुनावी मैदानमा हुमिएको छ् । उनी विकास निर्माणका लागि सरकारसँग पहुँच स्थापित तथा स्थानीय स्तरमा समन्वयको मुद्दालाई अघि सारेको बताउछन्।

पार्टी सरकारमा भए पनि नभए पनि पहुँच, सम्बन्ध बनाएर अथवा समन्वय गरेर बजेट र योजना ल्याउने बताउनुहुन्छ । जिल्लावासीको दु:खमा साथै रहने जनप्रतिनिधि धनकुटाका मतदाताले खोजेकाले मतदाताको चाहाना अनुसार काम गर्ने प्रतिवद्धता समेत जनाएको छन्। जिल्लाको समष्टिगत आवधिक विकास योेजनाको नेतृत्व र तत्कालीन ३५ गाविसको आवधिक योजना बनाउन नेतृत्व गरेको हुनाले धनकुटेली जनताले आफूलाई जिताउने पौडेल बताछन् । पौडेल भन्न्छन्, ‘‘यो जिल्लाको व्यवस्थित विकासका लागि उत्तम योजना मसँग मात्रै छ ।’’ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कानुन व्यवसायीमाथि हातपात

खजुरा। नेपालगन्जमा एक जना कानुन व्यवसायीमाथि हातपात भएको नेपालगन्ज उच्च अदालत बार एसोसिएसन र बाँके जिल्ला अदालत बार एसोसिएसनले जनाएका छन् । नेपालगन...

गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्न डोजर सुरु

काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचना हटाउने कार्य सुरु गरिएको छ। शनिबार बिहानदेखि सरकारले काठमाडौंका ...

थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहर...

आइसिसी विश्वकप लिग–२ : नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य

काठमाडौँ। दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेलेपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा जितका लागि संयुक्त अरव...

थापाथलिका १३ घरवारविहीनलाई सुन्दरीघाट स्थानान्तरण

काठमाडौं । थापाथलीस्थित अव्यवस्थित बस्ती खाली गराउने क्रममा आफूलाई घरवारविहीन बताउने १३ जनालाई काठमाडौं महानगरपालिकाले सुन्दरीघाटस्थित राधास्वामी सत्स...

थापाथलिका १३ घरवारविहीनलाई सुन्दरीघाट स्थानान्तरण

काठमाडौं । थापाथलीस्थित अव्यवस्थित बस्ती खाली गराउने क्रममा आफूलाई घरवारविहीन बताउने १३ जनालाई काठमाडौं महानगरपालिकाले सुन्दरीघाटस्थित राधास्वामी सत्स...

थापाथलीको सुकुमवासी बस्तीका ६ परिवार मात्रै घरवारविहीन भएको भन्दै सरकारको सम्पर्कमा

काठमाडौं । बागमती नदी किनारस्थित थापाथली क्षेत्रमा रहेका सुकुमबासी बस्तीका संरचनाहरू सरकारले भत्काएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका...

थापाथलीको सुकुमबासी बस्ती खाली गराएसँगै गैरीगाउँ जाँदै डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराएसँगै अब गैरीगाउँ क्षेत्रको सुकुमबासी बस्तीमा पनि डोजर चलाउने तयारी गरेको छ। ...

थापाथली सुकुम्बासी बस्तीबाट ६ परिवारलाई अस्थायी व्यवस्थापनका लागि रंगशाला लगियो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती शनिबार बिहानदेखि खाली हुन थालेको छ। बिहान ८ बजेदेखि डोजर सञ्चालन गरिएसँगै बस्ती हटा...

रोग–किराबाट बचाउन टमाटरको कलमी बिरुवा उत्पादन सुरु

प्यूठान। जिल्लामा व्यावसायिक रूपमा टमाटर खेती गर्ने किसानहरू अहिले नयाँ प्रविधि प्रयोगतर्फ अग्रसर भएका छन्। लामो समयदेखि टमाटर खेतीमा संलग्न किसानहरूल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending