Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

अमेरिकी सरकार सटडाउनतर्फ

खबरडबली संवाददाता

वासिङ्टन। अमेरिकी सिनेटले सरकारी खर्च सम्बन्धी महत्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय सरकार आंशिक रूपमा बन्द हुने सम्भावना बढेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिलाई लिएर ह्वाइट हाउस र सिनेट डेमोक्रेटबीच बढेको गतिरोधका कारण शनिबार मध्यरातपछि सटडाउन सुरु हुने देखिएको हो ।

असफल मतदानका कारण सङ्घीय सरकारको तीन चौथाइभन्दा बढी खर्च धान्ने छ(बिल खर्च प्याकेज रोकिएको छ । संशोधित प्याकेजमा फेरि मतदान गर्ने तयारी भए पनि त्यसलाई हाउस अफ रिप्रेजेन्टेटिभ्सले पनि पारित गर्नु पर्ने छ, तर हाउस अफ रिप्रेजेन्टेटिभ्स सोमबारसम्म विश्राममा रहने भएकाले समय सीमा नाघ्ने निश्चित जस्तै भएको छ ।

ट्रम्पले पद सम्हालेपछि यो दोस्रो सरकारी सटडाउन हुने छ । यद्यपि अघिल्लो पटकको ४३ दिन लामो बन्दको तुलनामा यसपटक छोटो हुने अपेक्षा गरिएको छ । डेमोक्रेटले गृह मन्त्रालयलका लागि छुट्टै कोष व्यवस्था र आप्रवासन तथा भन्सार कार्यान्वयन निकाय आइसिइको कार्यशैलीमा कडा सर्त राख्ने माग गर्दै आएका छन् । सिनेटका डेमोक्रेट नेता चक शुमरले आइसिइको गतिविधिलाई राज्यद्वारा स्वीकृत ठगीको संज्ञा दिँदै कङ्ग्रेससँग त्यसलाई रोक्ने नैतिक दायित्व रहेको बताएको छन् ।

पछि शुमरले ह्वाइट हाउसले अस्थायी ढाँचामा सहमति जनाएको जानकारी दिनुभयो, तर अमेरिकी सञ्चार माध्यमले मतदान शुक्रबारसम्म ढिलाइ भएको जनाएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत द्विदलीय समर्थन जुटाउन आह्वान गर्दै सम्झौतालाई समर्थन गर्न आग्रह गर्नु भएको छ । यदि सटडाउन लम्बियो भने लाखौँ सङ्घीय कर्मचारी बिदामा जाने वा तलब बिना काम गर्नुपर्ने अवस्था आउन सक्छ, जसको असर वासिङ्टन बाहिरसम्म फैलिन सक्ने छ ।

यस विवादलाई आप्रवासन प्रवर्तनसँग जोडिएका हालैका हिंसात्मक घटनाले थप चर्काएको छ । मिनियापोलिसमा ट्रम्प प्रशासनको निर्वासन अपरेसन अनुगमन गरिरहेका एक नर्सको सङ्घीय एजेन्टद्वारा गोली हानी हत्या भएपछि कङ्ग्रेसमा बहस तीव्र बनेको छ । डेमोक्रेटले रक्षा, स्वास्थ्य, शिक्षा र यातायात लगायतका अन्य खर्च बिल तुरुन्त पारित गर्न तयार रहेको बताएका छन् । 

तर उनीहरूले आइसिइका गस्ती, वारेन्ट प्रक्रिया, बल प्रयोगका नियम, शरीर क्यामेरा र पहिचान सम्बन्धी व्यवस्था कडा बनाउन डिएचएस बिल पुनर्लेखनको माग गरेका छन् । ह्वाइट हाउसको प्रस्तावले भने गृह मन्त्रालयलाई सटडाउन टार्न दुई हप्ताको समय दिने मात्र व्यवस्था गरेको छ । सांसदले डिएचएस कोषमा अवरोध आए विशेष गरी देशभर कठोर जाडो मौसम फैलिँदै गएको बेला आपतकालीन व्यवस्थापन एजेन्सी जस्ता निकाय प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनकुटामा बस दुर्घटना, ६ जना घाइते

धनकुटा । कोशी लोकमार्गअन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमानामा पर्ने त्रिशुलेमा बस दुर्घटना भएको छ। तेह्रथुमबाट धरा...

ललितपुरमा श्रीमतीको हत्या गरि श्रीमानद्धारा प्रहरीमा आत्मसमर्पण

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले आफ्नी पत्नी कोपिला पाख्रिन (२३) लाई हत्या गरी प्रहरी कार्यालयमा आत्मसमर्...

उद्योग वाणिज्य संघद्वारा उपमहानगरलाई २५ वटा आगो निभाउने फायर स्ट्रिगुसर हस्तान्तरण

नेपालगन्ज। पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपम...

बालेन शाह भूपदेवको क्षेत्र अछाम पुगे

मंगलसेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आगामी निर्वाचनका लागि पार्टीका उम्मेदवार भूपदेव शाह को समर्थनमा अछाम क्षेत्र न...

म्यान्माको चुनावलाई आसियानले मान्यता दिएन

फिलिपिन्स । दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान)ले म्यान्मामा हालै सम्पन्न चुनावलाई मान्यता नदिने स्पष्ट पारेको छ । सन् २०२१ मा सेनाले सत्ता...

झापा–५ मा ओलीको जीत सुरक्षित, कुनै जोखिमको अवस्था छैन: महासचिव पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा निर्वाचन क्षेत्र–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली सहजै निर्वाचित हुने दाबी गरेका छन्। उनले एमाले...

टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा विजयी

काठमाडौँ। आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले अभ्यास खेलमा भारतको एमसीए प्रेसिडेन्ट–११ लाई सात विकेटले हराएको छ । शुक्रबार राति भएक...

बङ्गलादेश-पाकिस्तान प्रत्यक्ष उडान पुन: सुरु

ढाका। बङ्गलादेशको राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सले १० वर्ष भन्दा लामो समय अन्तरालपछि राजधानी ढाकाबाट पाकिस्तानको कराचीका लागि प्रत्यक्ष...

अमेरिकी सरकार सटडाउनतर्फ

वासिङ्टन। अमेरिकी सिनेटले सरकारी खर्च सम्बन्धी महत्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय सरकार आंशिक रूपमा बन्द हुने सम्भावना बढेको छ । राष्ट्रपति डोनाल्...

शिभाली एसिया–प्यासिफिकमा चौथो

काठमाडौँ । नेपालकी टेनिस खेलाडी शिभाली गुरुङ अस्ट्रेलियामा जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौथो भएको छन् ।  अस्ट्रेलियन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending