सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो ।
सदरमुकामदेखि करिब डेढ किलोमिटरको दूरीमा रहेको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा यादवमाथि गोली प्रहार भएको थियो । गोली उनको छातीमा लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनाको जानकारी पाउना साथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ । उनले भने, “मृतक यादव खेती किसानीमा आबद्ध थिए । उनको हत्या कसले र किन गर्यो भन्ने विषयमा अहिले नै खुल्न सकेको छैन ।”
अज्ञात समूहले गोली चलाएर फरार भएकाले सिरहाका सीमावर्ती क्षेत्र र मुख्य नाकाहरूमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । प्रेमनाथको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - ०९:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...
चैत्र १४ गते, २०८२ - ०९:२८
काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...
चैत्र १४ गते, २०८२ - ०९:१८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...
चैत्र १४ गते, २०८२ - ०९:१५
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...
चैत्र १४ गते, २०८२ - ०९:०३
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...
चैत्र १४ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...
चैत्र १४ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २...
चैत्र १४ गते, २०८२ - ०८:४९
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ । शनि...
चैत्र १४ गते, २०८२ - ०८:४६
काठमाडौं। देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको प्रभाव सक्रिय रहँदा अधिकांश क्षेत्रमा बादल लागेको छ। मौसम पूर्वानुमान महा...
चैत्र १४ गते, २०८२ - ०८:३६
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा...



प्रतिकृया लेख्नुहोस्: