मुस्ताङ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँको मतदान केन्द्र सार्न प्रस्ताव गरिएको छ ।
अत्यधिक हिमपातका कारण समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइँमा रहेको साङ्ता गाउँ नै खाली भएको अवस्थामा तोकिएको समयमा निर्वाचनका लागि मतदाता गाउँ फर्किने सम्भावना न्यून रहेकाले वडा कार्यालयले मतदान स्थललाई छिमेकी गाउँ फल्याकमा स्थानान्तर गर्न प्रस्ताव गरेको छ ।
साङ्ता गाउँमा रहेको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा ३९ जना मतदाता रहेकोमा चैत्र, वैशाख महिनामा मात्र गाउँ फर्किने भएकाले मतदान केन्द्रलाई सार्ने मागसहित सिफारिस गरिएको वडाध्यक्ष सुरेन्द्र गुरूङले बताए। वडाध्यक्ष गुरूङले भने, ‘‘गाउँ नै खाली छ, जाडो छल्न गएका धेरै फर्किन्नन्, मतदान स्थलमा पुग्नै गाह्रो छ ।’’
गाउँमा अहिले ६ जना गोठालाले पशु चौपायाको रेखदेख गर्ने गरेका छन् । जाडो छल्न परिवारसँगै काठमाडौं जानु भएका स्थानीय छेवाङ गुरूङले वैशाख महिनापछि मात्र गाउँमा बस्न सहज हुने बताए। सहरबजारमा जान नसक्ने केही स्थानीय अन्नबाली थन्काएर आफ्ना भेडाच्याङ्ग्रासहित अन्य पशुचौपाया लिएर फल्याक, धाकारजुङमा गएकाले मतदान स्थल सारेमा मतदातालाई सहज हुने वडाध्यक्ष गुरूङको भनाइ छ ।
फल्याकमा हाल एक मतदान केन्द्रमा ३ सय ३७ मतदाता रहेका छन् । यता प्रमुख जिल्ला अधिकारी अजिता शर्माले स्थानीय वडाबाट मतदान स्थल परिवर्तनका लागि प्रस्ताव आए पनि निर्णय नभएको बताए। प्रजिअ शर्मा भन्न्छन्, ‘‘मतदातालाई सजिलो हुने भएकाले छलफलकै चरणमा रहेको छ, सर्वदलीय छलफलपछि निर्णय गर्ने छौं ।’’
मुस्ताङको कान्छो र सानो गाउँबाट चिसो छल्न मङ्सिर महिनादेखि करिब ३० किलोमिटर टाढा रहेको छिमेकी फल्याक, धाकारजुङ, पाक्लिङ, सदरमुकाम जोमसोमसहित पोखरा, काठमाडौँ लगायत ठाउँमा छरिएर बसेका छन् । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदान स्थलमा कुल ११ हजार ३ सय २८ रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - १७:३३
काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्कर...
बैशाख १५ गते, २०८३ - १७:१७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओली ले सरकारले संसद् छलेर अध्यादेश ल्याउन खोज्नु संसदीय अभ्यासमाथिको गम्भीर हम...
बैशाख १५ गते, २०८३ - १७:०१
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत कानुन निर्माण गर्न खोजेकोप्रति आपत्ति जनाएको छ। सरकारले दुई अध्यादेश जारी गर्...
बैशाख १५ गते, २०८३ - १६:४७
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहुँचका भरमा प्रयोग भइरहेका सरकारी सवारी साधन फिर्ता लिने प्रक्रिया तीव्र बनाएको छ। हालसम्म वि...
बैशाख १५ गते, २०८३ - १६:३६
प्यूठान। प्यूठान अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । लुंग्री गाउँपालिका वडा १ रोल्पा निवासी १८ वर्षीया यमुना बस्नेतको...
बैशाख १५ गते, २०८३ - १६:०३
पश्चिम नवलपरासी। जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार ...
बैशाख १५ गते, २०८३ - १५:३८
काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी र सं...
बैशाख १५ गते, २०८३ - १५:१७
नेपालगन्ज । बाँके बैजनाथ गाउँपालिका –६ का एक महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सकहरुमाथि अभद्र व्यव...
बैशाख १५ गते, २०८३ - १५:०४
काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश दिएको छ। उच्च अदालत पाटन का न्यायाधीश प्रकाश ढुंगाना को एकल इजलासले यही २२ ...
बैशाख १५ गते, २०८३ - १४:५४
मस्को। रूसी विदेश मन्त्रालयले युरोपेली युनियनले लगाएको नवीन प्रतिबन्धको प्रतिक्रियामा मस्कोले युरोपेली युनियन ९इयू०का अधिकारीलाई रूसी क्षेत्र प्रवेश ग...


प्रतिकृया लेख्नुहोस्: