धनकुटा। नेपाली कम्युनिष्ट पार्टी, धनकुटाले आफ्नो चुनावी प्रतिवद्धता पत्रमा गाँजा खेतीको विकल्पदेखी उद्योग सञ्चालनसम्मका योजना सार्वजनिक गरेको छ ।
बुधबार नेपाली कम्युनिष्ट पार्टी, धनकुटाले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो पार्टीको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
आसन्न हुनलागेको प्रतिनिधि सभाका उममेदवार रहनु भएका नेकपाका केन्द्रीय सदस्य धर्मराज पौडेलले आफ्नो पार्टीको विस बुँदे चुनावी प्रतिवद्धता पत्र बढेर सार्वजनीक गरेको थिए।
पत्रमा सामुदायिक विद्यालय गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासमा जोड, सार्वजनिक, सहकारी र निजी अस्पतालहरुको स्तरोन्नतिका लागि पहल, एक पालिका एक खेल मैदान र कभर्ड हल, औद्योगिक ग्राम स्थापना र सञ्चालनमा सहयोग, सडक सञ्जाललाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नति, पहिरो, भूक्षय तथा अन्य प्राकृतिक प्रकोपका कारण जोखिममा रहेका बस्तीहरुको सुरक्षित व्यवस्थापन, माटो परीक्षण देखि उन्नत खेती प्रविधि प्रयोगशाला, शीतभण्डार, कुलचेनयुक्त ढुवानी साधनहरुको उपयोग गर्न सहजीकरण, कृषि तथा फलफूल उत्पादन क्षेत्रमा कृषिजन्य उत्पादनको व्यवसायीकरण गर्न भिन्नाभिन्नै स्रोतकेन्द्र, प्रशोधन केन्द्रहरू र वितरण केन्द्रहरू स्थापना गर्न सहजीकरण गर्ने चुनावी प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
यस्तै कृषकको मागको आधारमा आवश्यक सिँचाइ योजनाहरू सञ्चालन, व्यवसायिक तथा उद्यमी कृषकहरुलाई सहुलियतपूर्ण ऋण तथा अनुदानको व्यवस्था गर्ने, उद्योग स्थापना र पर्यटन प्रवर्द्धन, गैरकानूनी गाँजा खेतीको विकल्प साथै दिगो र बढि आय दिने किसिमका अन्य कृषिजन्य उत्पादनतर्फ जोड दिने, शहिद परिवार, बेपत्ता र घाइतेहरूको सन्दर्भमा उचित योजना, कार्यक्रम बनाई कार्यान्वयनमा समन्वय गर्ने, वैदेशिक रोजगारीबाट फर्केकाहरुलाइ स्वदेशमै स्वरोजगारीको व्यवस्थापन गर्ने, स्वच्छ खानेपानी योजना निर्माण र कार्यान्वयन गर्न पहल, धनकुटाको ऐतिहासिक टुँडिखेलको स्तरोन्नतिगरी मिनी स्टेडियम बनाउने, धार्मिक, सांस्कृतिक, प्राकृतिक स्थलहरूलाई पर्यटन प्रवर्द्धन योजना निर्माण गर्न, पर्यावरणीय पर्यटन, कृषि पर्यटन, साहसिक खेल पर्यटन, सांस्कृतिक पर्यटन, होम स्टे आदि प्रवर्द्धनको विकास र विस्तारमा पहल, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, सीमान्तकृत र अल्पसंख्यक समुदाय र पिछडिएका वर्गको समान सहभागिता गरी दक्ष जनशक्तिमा रुपान्तरण र संघीय तथा प्रदेश सरकारबाट विनियोजन हुने योजना, कार्यक्रम तथा बजेट आवश्यकताका आधारमा धनकुटा जिल्ला भित्रका लागि स्वीकृत र कार्यान्वयन गर्ने क्रममा अधिकतम योजनाहरुमा विनियोजन गर्न पहल, समन्वय वा सहजीकरण लगायतका चुनावी प्रतिवद्धता पत्र रहेका छन् ।
यस्तै संघीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वय र सहकार्यबाट जिल्लालाई प्राप्त कार्यक्रम जनमुखी बनाउन प्रयत्न गर्ने तथा सरकारी तथा गैरसरकारी संघ सस्थाहरु सँग आवश्यक समन्वय गरी समग्र जिल्लको विकासका लागि विभिन्न कार्यहरू गर्ने गराउने उममेदवार पौडेलले प्रतिवद्धता व्यक्त गरेको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - १७:४६
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत...
आषाढ़ ३२ गते, २०८३ - १७:४०
यस्ता छन् अन्य सात निर्णयहरु
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:०५
काठमाडौँ। बिहीबार दिउँसो काठमाडौँमा परेको भारी वर्षापछि माइतीघर क्षेत्र डुबानमा परेको छ। निरन्तरको वर्षासँगै सडक र फुटपाथमा पानी जम्दा सर्वसाधारणलाई आ...
आषाढ़ ३२ गते, २०८३ - १६:४७
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूर...
आषाढ़ ३२ गते, २०८३ - १६:४०
सप्तरी । मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। ...
आषाढ़ ३२ गते, २०८३ - १६:३०
ढल्केबर । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपाबीचको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयु...
आषाढ़ ३२ गते, २०८३ - १६:०९
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सु...
आषाढ़ ३२ गते, २०८३ - १५:४७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो सिंह...



प्रतिकृया लेख्नुहोस्: