काठमाडौँ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलतर्फ उडेको टर्किस एयरलाइन्सको वाइडबडी विमान टेकअफ गर्ने क्रममा एउटा इन्जिनमा समस्या देखिएपछि भारतको कोलकातातर्फ डाइभर्ट गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उडान नम्बर टीएचवाई–७२७ ले उडान भर्ने क्रममा एउटा इन्जिनमा समस्या देखिएको जानकारी चालकदलले काठमाडौं टावरलाई गराएको थियो।
सिंगल इन्जिनमा उडिरहेको रिपोर्ट पाएपछि विमानले काठमाडौंको आकाश क्षेत्र छाडेर धादिङ जिल्लाको धार्के क्षेत्रमाथि केही समय होल्ड गर्दै इन्जिनको अवस्था जाँच गरेको थियो।
जाँचका क्रममा दुवै इन्जिनमा सुरक्षित रूपमा लामो दूरीको उडान सम्भव नहुने निष्कर्षमा पुगेपछि चालकदलले इस्तानबुलको उडान निरन्तरता नदिई कोलकातातर्फ डाइभर्ट गर्ने निर्णय गरेको क्यानले जनाएको छ।
वाइडबडी विमान भएकाले काठमाडौंमै फर्किन वा भैरहवामा अवतरण गर्ने विकल्प रहे पनि चालकदलले जोखिम नलिई कोलकाता डाइभर्ट गर्ने निर्णय गरेको बताइएको छ।
यसैबीच, उक्त घटनापछि त्रिभुवन विमानस्थलले अन्य दुईवटा उडानलाई केही समय होल्डमा राखेको थियो। साथै चीनबाट काठमाडौं आइरहेको एयर चाइनाको एक उडान पनि डाइभर्ट गरिएको क्यानले जनाएको छ। उक्त विमानमा कति यात्रु सवार थिए भन्ने विवरण भने खुल्न सकेको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ११ गते, २०८३ - १८:१३
पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ शेराटारमा भएको बस दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २७ जना घाइतेलाई पोखरा रिफर गरिएको छ। पोखराबाट भैरहवा...
बैशाख ११ गते, २०८३ - १८:०३
काठमाडौं । उद्योगी शेखर गोल्छा विरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको छ। गोल्छालाई बिहीबार काठमाडौंको नक्सालबाट केन्द्रीय अनुसन्धान ब्य...
बैशाख ११ गते, २०८३ - १७:४४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुमवासी बस्तीको समस्या आफ्नो नेतृत्वको सरकारले समाधान गर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा ...
बैशाख ११ गते, २०८३ - १७:३५
काठमाडौँ। नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ । ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल...
बैशाख ११ गते, २०८३ - १७:२५
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ।...
बैशाख ११ गते, २०८३ - १७:१४
काठमाडौं । काठमाडौंको साँखु क्षेत्रमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो ले अपरेसनका क्रम...
बैशाख ११ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले उपत्यकाभित्र रहेका अव्यवस्थित बस्ती हटाएर व्यवस्थित गर्न सबै सरोकारवाला निकायलाई समेटेर विस्तृत कार्ययोजना तयार गरेको छ। शहरी वि...
बैशाख ११ गते, २०८३ - १७:००
काठमाडौं । तनहुँको शेराफाँट क्षेत्रमा यात्रुवाहक बस दुर्घटना भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीका अनुस...
बैशाख ११ गते, २०८३ - १६:५२
काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गत २ वैशाखमा बसेको मन्त्...
बैशाख ११ गते, २०८३ - १६:३५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त भएकी छन्। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले घतानीलाई सच...


प्रतिकृया लेख्नुहोस्: