Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

काभ्रेमा सुन्तला उत्पादन उकालो लाग्ने संकेत, १०–१५ प्रतिशत वृद्धि हुने अनुमान

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । यस वर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० देखि १५ प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरिएको छ। गत वर्ष बाढीपहिरोका कारण करिब सात प्रतिशतले घटेको उत्पादन यसपटक उकासिने संकेत देखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख कुलप्रसाद दवाडीका अनुसार सुन्तला पकेट क्षेत्रहरूमा लिइँदै गरेको प्रारम्भिक लगतका आधारमा उत्पादन वृद्धि हुने अनुमान गरिएको हो। “स्थानीय तहको सहयोग, सुन्तला सुधार कार्यक्रम र किसान जागरण अभियानका कारण उत्पादन बढ्ने देखिएको छ,” उनले भने।

गत वर्ष ७ हजार ५०० मेट्रिकटन उत्पादनको प्रक्षेपण गरिए पनि बाढीपहिरोका कारण करिब ५०० मेट्रिकटन कमी आएको थियो। यस वर्ष भने करिब ८ हजार मेट्रिकटन सुन्तला उत्पादन हुने अपेक्षा गरिएको छ।

जिल्लाको करिब १ हजार ३०० हेक्टर (करिब ३० हजार रोपनी) क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ। पनौती, धुलिखेल, नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिका सुन्तलाका प्रमुख पकेट क्षेत्र मानिन्छन्।

पछिल्ला वर्षहरूमा रोगकिरा, बोट सुक्ने, फलको गुणस्तर घट्ने जस्ता समस्याले उत्पादनमा गिरावट आएको थियो। यसलाई न्यूनीकरण गर्न किसानलाई तालिम, किटनाशक औषधि, प्रोटिन–ब्रेट वितरण तथा बगैँचा व्यवस्थापनबारे सचेतीकरण गरिएको दवाडीले बताए।

पुराना बोट काटेर नष्ट गर्नुको सट्टा काटछाँट, ऐजेरु हटाउने, चुन र निलोतुथो प्रयोग गरी उपचार गर्ने विधि अपनाइएकाले पुराना बगैँचासमेत पुनः उत्पादनशील बन्दै गएको कार्यालयको दाबी छ।

अनुगमनका क्रममा ‘सूक्ष्म खाद्यतत्व’को अभाव देखिएपछि उपचारात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। यसअघि जिल्लाभर करिब २० प्रतिशत बोटमा औँसा किराको प्रकोप देखिँदा करिब १० प्रतिशत फल कुहिएर झर्ने समस्या थियो।

केही वर्षअघिसम्म सुन्तला बिक्रीबाट जिल्लामा वार्षिक ४० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको तथ्याङ्क छ। यस वर्ष उत्पादन वृद्धि भएसँगै किसानको आम्दानीसमेत बढ्ने अपेक्षा गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रवेश परीक्षा दिएपछि विश्वविद्यालय भवनबाट हामफालेका विद्यार्थीको मृत्यु

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...

ब्रड पिक दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, निर्मल पुर्जासहित सबै आरोहीलाई श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...

सरकार–हिन्दु सम्राट वार्ता निष्कर्षविहीन, सहमति खोज्न पुनः संवाद हुने

जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...

चुलोमा पेट्रोल हाल्दा आगो भड्कियो, कालीकोटमा दम्पती गम्भीर घाइते

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...

ब्रड पिकको हिमपहिरोमा निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि, ६ नेपालीले गुमाए ज्यान

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...

दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, कशिस र आर्याले पनि जिते अन्तर्राष्ट्रिय उपाधि

काठमाडौं । दीपमाला ढकालले मिस नेपाल २०२६ को प्रतिष्ठित उपाधि जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि...

वार्तामा हिन्दुत्ववादी संस्थाका १५ माग : छानबिनदेखि ‘हिन्दु राष्ट्र’ पुनःस्थापनासम्मका माग

काठमाडौं । सरकारसँग जारी वार्ताका क्रममा हिन्दुत्ववादी संस्थाहरूले १५ बुँदे मागपत्र प्रस्तुत गरेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषामा गृहमन्त्री सुध...

पाँच महिनामै सरकारमाथि कुलमानको प्रश्न : ‘हामीलाई धेरै कुर्नु पर्दैन’

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारको स्थायित्वमाथि प्रश्न उठाउँदै पाँच वर्षका लागि बनेको सरकार पाँच महिनामै संकटतर...

३५ लाख पेस्की लिएर ठेकेदार सम्पर्कविहीन, चार वर्षसम्म घटमुना पुलको काम सुरु भएन

बाजुरा । बाजुराको गौमुल गाउँपालिकालाई सदरमुकामसँग जोड्ने महत्त्वपूर्ण घटमुना पुल निर्माण योजना चार वर्षदेखि अलपत्र परेको छ। निर्माण कम्पनीले ३५ लाख रु...

आधाभन्दा बढी सवारी दुर्घटना २५–४० वर्षका चालकबाट, तीव्र गति मुख्य कारण

चितवन । बागमती प्रदेशमा हुने सवारी दुर्घटनामध्ये आधाभन्दा बढी दुर्घटना २५ देखि ४० वर्ष उमेर समूहका चालकबाट हुने गरेको तथ्यांकले देखाएको छ। नेपाल प्रहर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending