Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

कैलाली–४ : ‘लेखराजलाई लखेट्ने’ मोर्चामा नयाँ अनुहारहरूको घेरा

खबरडबली संवाददाता

कैलाली । कैलाली–४ को चुनावी इतिहासले एउटा कुरा स्पष्ट देखाउँछ—यहाँ मतदाता स्थिर छैनन्, निर्णय स्थिर छैन, र परिणाम त झन् कहिल्यै पूर्वानुमानमा अडिँदैन। २०४८ देखि २०७९ सम्म यहाँ एउटै दल र अनुहारलाई लगातार भरोसा गरिएको छैन। यही ‘परिवर्तनशील मत’को माटोमा यसपालि चुनावी कथानक फेरि रोचक बनेको छ।

यो पटकको चुनावमा केन्द्रमा छन् एमाले उपमहासचिव लेखराज भट्ट। तर उनीसँग जुध्न उत्रिएका मुख्य प्रतिस्पर्धी भने सबै नयाँ अनुहार छन्—जसको साझा उद्देश्य छ, ‘लेखराजलाई लखेट्ने’।

बदलिँदो मत, दोहोरिँदै लेखराज

२०४८ मा कांग्रेसका टेकबहादुर चोखाल, २०५१ मा एमालेका महेश्वर पाठक, २०५६ मा फेरि चोखाल। २०६४ मा माओवादीका लेखराज भट्ट उदाए। २०७० मा कांग्रेसका दीर्घराज भाटसँग पराजित भए। २०७४ मा पुनरागमन। २०७९ मा कांग्रेसका वीरबहादुर बलायरसँग हार।

यसरी जित–हारको लहरबीच लेखराज भट्ट कैलाली–४ को चुनावी कथामा बारम्बार केन्द्रमा रहँदै आएका पात्र हुन्। यसपालि फेरि उनी मैदानमा छन्—तर परिपक्व प्रतिद्वन्द्वी होइन, नयाँ अनुहारहरूको संयुक्त चुनौतीसहित।

लेखराजको दाउ : राष्ट्रियता, राजधानी र अधुरा योजना

भट्ट आफ्नो उम्मेदवारीलाई ‘राष्ट्रियता रक्षाको अभियान’सँग जोड्दै छन्। गोदावरीमा घोषणा भएको सुदूरपश्चिमको प्रदेश राजधानी अझै नबन्नु, हरैयाको विशेष आर्थिक क्षेत्र, अत्तरिया–धनगढी औद्योगिक करिडोर, कृषिको आधुनिकीकरण—यी उनका प्रमुख एजेन्डा हुन्।

तर प्रश्न उठ्छ—यी योजना पहिले किन पूरा भएनन्? मतदाताको एउटा वर्ग यही प्रश्न बोकेर घरदैलोमा भेटिरहेको छ।

कांग्रेसको दाउ : विदेशबाट फर्किएको ‘युवा अनुहार’

कांग्रेसले गोरखबहादुर ‘आनन्द’ विष्टलाई अघि सारेको छ। अमेरिका बसाइ, अन्तर्राष्ट्रिय अनुभव, युवा पुस्ताको प्रतिनिधित्व—विष्टको अभियान यिनै शब्द वरिपरि घुम्छ। उनी भन्छन्, “प्रतिबद्धता गरेर हराउने राजनीति अन्त्य गर्न आएको हुँ।”

उनका विपक्षीले ‘विदेशबाट चुनाव लड्न आएको’ भन्दै प्रश्न उठाए पनि विष्ट आफू यही माटोको भएको दाबी गर्छन्।

नेकपाको एजेन्डा : सुशासन, सुकुम्बासी र भ्रष्टाचारविरुद्ध

हरिराम चौधरी, जो कहिल्यै संसदीय चुनाव नलडेका नयाँ अनुहार हुन्, भ्रष्टाचारविरुद्ध र सुशासनको मुद्दा बोकेर मैदानमा छन्। विगतमा लेखराजकै सहयात्री रहेका चौधरी अहिले तिनैका प्रतिस्पर्धी छन्। मुक्त कमैया, भूमिहीन, सुकुम्बासी, लालपुर्जा—उनको भाषणका मुख्य शब्द यिनै हुन्।

रास्वपाको उपस्थिति : ‘इमानदारी’को कार्ड

खेमराज कोइराला शिक्षाक्षेत्रबाट आएका व्यक्ति हुन्। उनी संघीय सांसदको भूमिकालाई ‘इमानदारीपूर्वक निर्वाह’ गर्ने वाचा गर्दैछन्। रास्वपाले यहाँ संगठन विस्तार गरिरहेको सन्दर्भमा कोइरालाको उम्मेदवारी परीक्षणको घडी बनेको छ।

चुनावी मनोविज्ञान : भट्टविरुद्ध मौन एकता?

कैलाली–४ मा यसपालि रोचक पक्ष के छ भने, तीनै मुख्य प्रतिस्पर्धी नयाँ अनुहार हुन्। उनीहरूको साझा रणनीति प्रत्यक्ष नदेखिए पनि भावनात्मक रूपमा एउटा सन्देश फैलिएको छ । ‘पुरानोलाई चुनौती’।

मतदाताको मनोविज्ञान पनि त्यतैतिर झुकेको देखिन्छ। भट्टको अनुभव बनाम नयाँ अनुहारको अपेक्षा यही द्वन्द्व नै चुनावको केन्द्र बन्दैछ।

कैलाली–४ को चुनाव यसपालि दलबीचको मात्र होइन, पुरानो विरासत बनाम नयाँ दाबी बीचको प्रतिस्पर्धा बनेको छ। लेखराज भट्ट अनुभवी, परीक्षण गरिएका नेता हुन्। तर उनीविरुद्ध उभिएका अनुहारहरू ‘पहिलो अवसर’को ऊर्जा बोकेर आएका छन्।

अब हेर्न बाँकी छ, कैलाली–४ का परिवर्तनशील मतदाताले फेरि इतिहास दोहोर्‍याउँछन्, कि नयाँ अध्याय सुरु गर्छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुटवल–३ का वडाध्यक्षलाई पदमुक्त गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

रुपन्देही । सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम ...

सरकारका १०० दिन : विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन, अनुसन्धान र स्टार्टअप प्रवर्द्धनमा नयाँ अभ्यास

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेको महत्वपूर्ण संरचनात्मक सुधारमध्ये छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्त...

आज प्रतिनिधि सभा बैठक बस्दै, सार्वजनिक खरिददेखि सम्पत्ति शुद्धीकरण विधेयक पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय...

खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा

चितवन । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धि...

गृहमन्त्री गुरुङका १०० दिन : ‘पहिला थुन्ने, अनि सुन्ने’ शैलीमा

काठमाडौं । १३ चैतमा गृहमन्त्रीको शपथ लिएसँगै सुधन गुरुङ आक्रामक शैलीमा प्रस्तुत भए। पदभार सम्हालेकै साँझ प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षा नेतृत्वस...

काभ्रेमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित सडकमा ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बुधबार बिहान बा.प्र.०८–००१ ज ०१५० नम्बरक...

सल्यानमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ देउलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय गोपाल पर...

बुहारीमाथि यौन दुर्व्यवहारको आरोपपछि आत्महत्या, ससुरा पक्राउ

सप्तरी । सप्तरीमा बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको तथा धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्...

मनसुन थप सक्रिय, शुक्रबारसम्म भारी वर्षाको सम्भावना; बाढी–पहिरोको जोखिम बढ्यो

काठमाडौं । देशभर मनसुन थप सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार पनि अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको ...

मानसिक स्वास्थ्यको अदृश्य यथार्थ उजागर गर्ने ‘डोपामिन : खुसी र प्रेरणा’ सार्वजनिक

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ। कामना न्यूज पब्लिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending