काठमाडौँ । आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको छ । जितका लागि क्यानडाले दिएको एक सय ६२ रनको चुनैतीपूर्ण लक्ष्य नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो । नेपालले १२ बल बाँकी हुँदा लक्ष्य भेट्टाएको हो ।
चेन्नईस्थित एमए चिदाबरम मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो ।
क्यानडाका लागि नवनित ढलिवालले ४१ रन बनाए। यस्तै श्रीयस मोभाले अविजित ३८, कानवार्पल टाथगुरले २५, जसकरण सिंहले २१ र निकोलश किर्तनले १० रन बनाए ।
बलिङमा नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई दुई तथा सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिए।
१६२ रनको लक्ष्य पछ्याएको नेपालका लागि आशिफ शेखले अर्धशतक बनाए । २९ बलको सामना गर्दा ६ चौका र तीन छक्काको मद्दतमा उनले ५८ रन बनाएको हो । सन्दीप जोराले ४४ रन जोडे भने गुल्सन झाले नटआउट ३१ रन बनाए।
ओपनर कुशल मल्ल १२ रनमा आउट भएको खेलमा शेख रिटायर्ड हट भएपछि क्रिजमा गुल्सन झा पुगेको थिए । कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ९ रन बनाएको खेलमा लोकेश बमले पाँच रन थपे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २३ गते, २०८२ - १७:१६
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका दुई व्यक्तिले अदालतमा प्रतिकुल बकपत्र गरेपछि उनीहरूविरुद्ध आज विशेष...
माघ २३ गते, २०८२ - १६:५८
काठमाडौँ। आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न र नगराउन उम्मेदवारहरुलाई विज्ञापन बोर्डले आग्रह गरेको छ...
माघ २३ गते, २०८२ - १६:५०
उम्मेदवारको स्टिकर ताँसिएको भए तापनि उनी गाडीमा सवार थिएनन्
माघ २३ गते, २०८२ - १६:३८
काठमाडौँ । आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको छ । जितका लागि क्यानडाले दिएको एक सय ६२ रनको चुनैतीपूर...
माघ २३ गते, २०८२ - १६:२५
बर्दिया। बर्दियामा सामुदायिक वनमा घाँस काट्न गएको बेलामा चितुवाले आक्रमण गर्दा एक युवाको मृत्यु भएको छ। गुलरिया नगरपालिका–५ तुल्सीपुरका ३५ वर्षीय नन्द...
माघ २३ गते, २०८२ - १६:१७
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भइरहेका भ...
माघ २३ गते, २०८२ - १५:४४
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल धितोपत्र बजार (नेप्से) उत्साहित देखियो। नेप्से परिसूचक २७.१९ अंकले बढेर २,७०८.७० विन्दुमा पुगेर बन्...
माघ २३ गते, २०८२ - १५:३३
काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब कुनै पनि दलसँग चुनावी तालमेल नहुने स्पष्ट पारेका छन्। उनले पार्टीका सबै जिल्लाका निर्वाचन परि...
माघ २३ गते, २०८२ - १५:१४
काठमाडौं । सरकारले खाडी मुलुकहरूमा वैदेशिक रोजगारीका लागि लागू गरेको फ्री भिसा, फ्री टिकट नीति कार्यान्वयन भएको एक दशकपछि पुनरावलोकन गर्ने तयारी थालेक...
माघ २३ गते, २०८२ - १५:०४
काठमाडौँ। आइसिसी टी–२० विश्वकपको अन्तिम अभ्यास खेलमा नेपाललाई जितका लागि क्यानडाले एक सय ६२ रनको चुनैतीपूर्ण लक्ष्य दिएको छ । चेन्नईस्थित एमए चिदा...



प्रतिकृया लेख्नुहोस्: