Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

उत्तेजना होइन, धैर्य र चेतनाको राजनीति आवश्यक छ: सभापति थापा

खबरडबली संवाददाता

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक चरम निराशा र अविश्वासको अवस्थामा पुगेको भन्दै देशलाई सम्हाल्ने जिम्मेवार शक्तिको खाँचो रहेको बताएका छन्।

नेपाली कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै उनले उत्तेजना होइन, धैर्य र चेतनाको राजनीति आवश्यक रहेको बताए। समाजमा नागरिकहरूबीच गहिरो असन्तुष्टि र राज्यका संस्थाहरूप्रति अविश्वास बढेको उल्लेख गर्दै थापाले यस्तो अवस्थामा नेपाली कांग्रेसले देशलाई निकास दिनुपर्ने भूमिका खेल्ने बताए।

‘देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले । आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ । त्यो तागत हामीले राख्नुपर्ने छ,’ उनले भने,  ‘उत्तेजना जसले पनि फैलाउन सक्छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई । त्यो कांग्रेस हो । हामीले मिलाउँछौँ, हामीले सम्हाल्छौँ’ सभापति थापाले नागरिकमा गहिरो असन्तुष्टि रहेको भन्दै आगामी दिनमा सुधारबाटै उनीहरूलाई जवाफ दिनुपर्ने बताए ।

उनका अनुसार मुलुकमा देखिएको निराशाको मुख्य जड भ्रष्टाचार हो। भ्रष्टाचारविरुद्ध लड्ने संकल्पसहित बदलिएर आएको नेपाली कांग्रेस नै देशको भरोसा भएको दाबी उनले गरे।

सभापति थापाले पार्टीका नेता–कार्यकर्तालाई घरदैलोमा जाँदा ‘कांग्रेसले देश सम्हाल्छ र सुधार्छ’ भन्ने सन्देश लिएर जान आग्रह गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दैनिक १३ लाख मतपत्र छपाइ

भक्तपुर। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ गरिरहेको छ । ...

नयाँ चिनियाँ राजदूत फागुनको पहिलो हप्ता नेपाल आउँदै

काठमाडौँ। चीन सरकारले नेपालका लागि नयाँ चिनियाँ राजदूतको रूपमा चाङ माओमिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। चीनको विदेश मन्त्रालयको एसियाली मामिला विभा...

प्रहरी हवल्दारले फेसबुकमा भोट मागेपछि कारबाही प्रक्रियाअघि बढाइयो

काठमाडौं। पर्सामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेलले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भोट मागेपछि उनलाई कार...

मुस्ताङमा नेपाली सेना र सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेस स्थापना

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै हिमाली जिल्ला मुस्ताङमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको निर्व...

स्वास्थ्य बिमाको दायित्व बजेटभन्दा दोब्बर बढी, स्रोत सुनिश्चित नगरी खर्च नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बिमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज...

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं। सरकारका नेता तथा ‘राष्ट्र, राष्ट्रियता धर्म, सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं काठमाडौंको दक्षिणकाली नगरपालिक...

६५ तोला सुनसहित गोली हानेर समातिएका प्रेमको पृष्ठभूमि: 'सुप्रिम, विकास, र सौरभ’ जस्ता नामले चिनिन्थे

काठमाडौं। काठमाडौंमा बुधबार राति प्रहरीले गोली चलाएर प्रेम थारु (पटके)लाई पक्राउ गरेको छ। उनलाई प्रहरीले नागार्जुन नगरपालिका–६, पुरीगाउँस्थित सडकबाट न...

चितवनमा रविसँग कांग्रेस उम्मेदवारको जम्काभेट, स्वच्छ प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन–२ क्षेत्रबाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कांग्...

उत्तेजना होइन, धैर्य र चेतनाको राजनीति आवश्यक छ: सभापति थापा

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक चरम निराशा र अविश्वासको अवस्थामा पुगेको भन्दै देशलाई सम्हाल्ने जिम्मेवार शक्तिको खाँचो रहेको बत...

खोटाङका एकै घरका दाजुभाइको भारतको कोइलाखानीमा मृत्यु

खोटाङ। जागीर खान गएका खोटाङका एकै घरका दाजुभाइको भारतमा मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । बराहपोखरी गाउँपालिका –१ बराहपोखरीस्थित सालघारी भञ्ज्याङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE