धनगढी। बैतडी बस दुर्घटनामा घाइते भई सरकारी अस्पतालमा उपचार गराइरहेका व्यक्तिहरूको उपचार अवधिभरको औषधोपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने भएको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी अस्पतालमा उपचाररत घाइतेको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको हो। यसैगरी, प्रदेश सरकारले मृतकका परिवारलाई मानवीय सहायतास्वरूप जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ।
बिहीबार राति बैतडीबाट जन्ती लिएर बझाङतर्फ गइरहेको बस पुर्चौडी नगरपालिका–७, बडगाउँमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा गम्भीर घाइते भएकाहरूको थप उपचारका लागि काठमाडौँसम्म लैजानुपर्ने भएमा हेलिकोप्टर व्यवस्थापनका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको जनाइएको छ।
यसैबिच, मुख्यमन्त्री कमलबहादुर शाहले उक्त दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८२ - १६:५९
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा स्पष्टीकरण सोधिएका उम्मेदवारमध्ये २४ जनाले जवाफ बुझाएको जनाएको छ। शुक्रबार आयोज...
माघ २४ गते, २०८२ - १६:५०
सर्लाही । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्रीरपूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचार व्यापक रूपमा फैलिएको...
माघ २४ गते, २०८२ - १६:४४
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शुक्रबार निर्वाचन क्षेत्र झापा पुगेका छन्। उनी चन्द्रगढी विमानस्थल हुँदै झापा पुगेका हुन्। विमानस...
माघ २४ गते, २०८२ - १६:३९
भक्तपुर । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा समाचार ...
माघ २४ गते, २०८२ - १६:३३
कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने हो भने अब ‘अबकी बार कांग्रेसको सरकार’ होइन, ‘अबकी बार सय पार’ को नारा लगाउन आग्...
माघ २४ गते, २०८२ - १६:२७
बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द काराखेती पार्टीबाट निष्कासित भएका छन्। पा...
माघ २४ गते, २०८२ - १६:०७
सप्तरी। उज्यालो नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष कुलमान घिसिङले राजनीति विकास र समृद्धिका लागि हुनुपर्ने बताएको छन्। आफ्नो पार्टीको प्रचारप्रसार तथ...
माघ २४ गते, २०८२ - १५:५६
काठमाडौं । बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रति परिवार एक लाख रुपैयाँ राहत प्रदान गर्ने नि...
माघ २४ गते, २०८२ - १५:४३
धनगढी। बैतडी बस दुर्घटनामा घाइते भई सरकारी अस्पतालमा उपचार गराइरहेका व्यक्तिहरूको उपचार अवधिभरको औषधोपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने भएक...
माघ २४ गते, २०८२ - १५:३६
रौतहट । रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिर आलमको प्रचारमा प्रयोग भएको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको छ...



प्रतिकृया लेख्नुहोस्: