Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

रिलमा ‘जल्ने’ तयारीमा थिए सुनील, जीवनले पहिले नै बिदाइ गर्‍यो

खबरडबली संवाददाता

काठमाडौं । नर्भिक अस्पताल परिसरमा भरिभराउ फिल्मकर्मीको अनुहार उदास थिए । आँखाभरि टिल्पिलाउँदो आँसु बोकेर फिल्म निर्देशक तुलसी घिमिरे साथीभाइलाई सुनाइरहेका थिए, ‘हिजो भर्खर हाँसेर बोलेको, आज रुवाएर जानलाई रहेछ ।’ 

असीम श्रद्धा र प्रेम गर्ने व्यक्ति गुमाउँदाको कठिन क्षणलाई कलाकार विल्सन विक्रम राई सम्हाल्न सकिरहेका थिएनन् । छिनछिनमै भक्कानिरहेका थिए । सरोज खनाल, शिव श्रेष्ठ, जितु नेपालहरू मौन देखिन्थे । नेपाली फिल्म क्षेत्रमा खलनायक चरित्रलाई सानदार ढंगले स्थापित गर्ने अभिनेता सुनील थापाले नर्भिक अस्पतालमा ६८ वर्षको उमेरमा शनिबार बिहान अन्तिम सास बिसाए ।

शंखमूलस्थित आफ्नै अपार्टमेन्टमा बेहोस भएका उनलाई बिहान नर्भिक पुर्‍याइएको थियो । नर्भिकमा उपचारका क्रममा सुनीलको निधन भयो । ‘राम नाम सत्य’ निर्देशन गरिरहेका माइकल चन्दलाई अझै लागिरहेको छ, ‘कतै यो सपना त हैन !’

शुक्रबार बेलुका फिल्मको अन्तिम दृश्य खिच्नुपर्ने थियो । त्यो दृश्यमा सुनीललाई चितामा राखेर जलाउनुपर्ने थियो । सुनीलले माइकललाई भनेका थिए, ‘यो सिन राम्रो छ, अब भोलि बिहान गरौं ।’ राति १० बजे सुटिङ प्याकअप भयो । बिहान ७ बजे सुटिङ गर्ने योजनासहित सुनील घर गए ।

‘दाइसँग बस्ने मान्छेलाई बिहान ७ बजे अलार्म बज्छ, उठाइदिनु भनेको थिएँ, हामी चिताको सिनका लागि पर्खिरहेका थियौं, अलार्म त बज्यो, तर दाइ उठ्नुभएन,’ माइकलले भने ।

माइकललाई शुक्रबार निर्णय बदलेको कुराले पिरोलिरहेको छ । ‘जलाउने सिन मात्र बाँकी थियो, कतै हामीले भोलिका लागि सारेर पाप त गरेनौं !’ उनी ग्लानियुक्त पीडा पोख्छन्, ‘जुन सिन बाँकी थियो, आज त्यस्तै वास्तविक घटना..!’

सुटिङ अवधिभर सुनील ठीकठाक थिए । चुरोटको भने अम्मली । बेलाबेला बेस्सरी खोकी लाग्थ्यो उनलाई । ‘खोकी देख्दा नै डर लाग्थ्यो, मानौं आँखा नै बाहिर निस्केला जस्तो देखिन्थ्यो,’ माइकल सम्झन्छन् ।

मुम्बईमा डान्स क्लास गरिरहेका माइकललाई १३ वर्षअघि सुनीलले नै बोलाए, ‘ए माइकल, अन्त धेरै बसिस्, अब नेपाल आइजा ।’ उनी नेपाल आएर काठमाडौंमा सुनीलसँगै बस्न थाले । ‘उहाँसँग मेरो एउटा पारिवारिक सम्बन्ध जस्तै थियो । यी कुरा म त सिनेमा रिलिज भएपछि मात्र बोल्छु भन्ने सोचमा थिएँ, तर आज परिस्थिति यस्तो भइदियो कि नबोली बस्नै सकिनँ,’ माइकलले भक्कानिँदै भने ।

करिब साढे तीन दशकअघि फिल्म ‘चिनो’ मा एउटा भयानक खलनायक देखापरे, जसलाई पर्दामा देखेर दर्शकहरू तर्सन्थे । ती थिए– रातेकाइँला । सुनीलको यो चरित्रको अहिले पनि उत्तिकै तारिफ हुन्छ । रातेकाइँलाले दर्शकको मनमा जति डरको डेरा जमायो, सुनील थापाले उत्तिकै प्रेमको ‘महल’ बसाए । ‘ऊ फिल्मको चरित्रमा जति खुंखार थियो, असलमा ऊ बच्चाजस्तै थियो । सानो कुरामा पनि पिलिक्क रोइदिन्थ्यो, इमोस्नल थियो,’ तुलसी सुनाउँछन् । रातेकाइँलाबाट स्थापित भए पनि सुनीलले गरेको पहिलो नेपाली फिल्म भने ‘मसाल’ थियो ।

सुनीललाई सम्झन सन् १९८१ तर्फ फर्कनुपर्छ । बलिउड सिनेमामा उनको पहिचान जग्जगी फैलाउने अवतारबाट भएको थियो । त्यसबेलाको फिल्म ‘एक दुजेके लिए’मा उनी क्रूर पात्रका रूपमा देखिएका थिए । यो अभिनेता कमल हसनले खेलेको पहिलो हिन्दी सिनेमासमेत थियो । त्यसैगरी ‘मानव हत्या’, ‘आजकी आवाज’, ‘मनु द ग्रे’, ‘अल्बेला’, होस् वा ‘नासिबवाला’ ।

उनी हिन्दी सिनेमाको पर्दाभित्र छाइरहे । उनको अभिनयको तारिफ त्यतिबेला बलिउड फिल्म वृत्तमा पनि राम्रै भइरहेको थियो । सुनीलले बलिउड अभिनेता मनोज बाजपेयीको शीर्ष भूमिका रहेको सिरिज ‘द फेमिली म्यान’ को तेस्रो शृंखलामा पनि दमदार अभिनय गरेका थिए । यसमा उनी एक सम्मानित स्थानीय नेता र नागाल्यान्डका एमसीए प्रमुख डेभिड खुजोउको भूमिकामा थिए । सन् २०१४ को फिल्म ‘मेरी कोम’मा उनी अभिनेत्री प्रियंका चोपडाले निभाएको चरित्रको बक्सिङ कोच थिए ।

उतिबेला बलिउडमा ‘प्राइम टाइम’ चलिरहेका बेला तुलसीले सुनीललाई नेपाली फिल्मका लागि प्रस्ताव गरेका थिए । उनीहरू मुम्बईदेखिका हितैषी मित्र थिए । तुलसीले एक दिन भने, ‘ए सुनील नेपाली फिल्म गर्न नेपाल आऊ । तर म तिमीलाई टिकट पठाउदिनँ ।’ पटकथा कस्तो छ ? चरित्र कुन हो ? पैसा कति हो ? सुनीलले केही सोधेनन्, सरासर नेपाल आए । जब स्क्रिप्ट सुने, तब दंग पर्दै भने, ‘मज्जा आयो ।’ फिल्म ‘चिनो’को सुटिङ चल्दाचल्दै सुनीलको पहिलो छोरा जन्मिए ।

खुसी हुँदै तुलसीलाई सोधे– ‘नाम के राखौं ?’

तुलसीको मनमा एउटा सुन्दर नाम झुल्कियो । उनले सुझाए– अनमोल । छोराको नामै अनमोल रह्यो । फेरि सुनीलकी छोरी जन्मिइन् । उनले तुलसीलाई सोधे, ‘नाम के राखौं ?’ तुलसीले अनमोलको अंग्रेजी अर्थ भने, ‘प्रिसियस’ । छोरीको नाम प्रिसियस रह्यो । फिल्ममा सहकार्यसँगै दुःखसुख सेयर गर्ने साथी थिए तुलसी र सुनील । आफ्नो सबैभन्दा समीपको साथी सबैभन्दा टाढा जाँदा कस्तो हुन्छ ? तुलसीलाई अहिले त्यस्तै भइरहेको छ । ‘हो कि हैन भनेर आफैंलाई कोट्याइरहेको छु,’ तुलसी अझै अपत्यारिलो ठान्छन् ।

सुनीलले नेपाली फिल्महरूमा छाडेको अभिनयको पदचापलाई नवीन पुस्ताले पनि पछ्याइरहेका थिए । उनले राँको, सपना, परिभाषा, गोर्खा पल्टन, सिकारी, सिकारी–२, पापी मान्छे, पापी मान्छे–२, अल्झेछ क्यारे पछ्यौरी, देवर बाबु, कर्म योद्धा, क्याप्टेनलगायत दर्जनौं नेपाली फिल्ममा काम गरे ।

नेपाली हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा पनि काम गरे । पछिल्लो समय चलेको फिल्म ‘एक्लो’मा पनि सुनील थिए । तुलसीको कमब्याक फिल्म ‘पहाड’मा सुनील थापाले मुखियाको भूमिका निर्वाह गरेका थिए । ‘पहाड’को छायांकन समय पनि सम्झनामा आइरहन्छन् तुलसीलाई । उनीहरू ‘चिनो’ देखि ‘पहाड’ सम्मका यात्रा सम्झन्थे । अनि भन्थे, ‘हामी कति परिवर्तन भएछौं है तुलसी ।’

ती दिन सम्झिरहँदा तुलसी स्विकार्नै सकिरहेका छैनन् कि सुनील अब छैनन् भनेर । ‘सुनीलको विषयमा यति छिटो भन्नुपर्छ लागिरहेकै थिएन,’ उनी बहकिन्छन्, ‘पहाड रिलिजका बेलामा यसो भनौं ल भनेर सल्लाह गर्थ्यौं, मजाक गर्थ्यौं, फिल्म रिलिज हुँदा कति जना भाडामा बोलाउने, आजकल भाडामा रुने मान्छे बोलाइन्छ भनेर जिस्कन्थ्यौं ।’

नयाँ फिल्ममा पनि तुलसी सुनीललाई काम गराउन चाहन्थे । भनेका थिए, ‘तिमीले गर्नुपर्छ, त्यो एकदम गाह्रो क्यारेक्टर छ ।’ सुनीललाई कसैले कुरैकुरामा भन्थे, ‘तपाईंको बेस्ट क्यारेटर रातेकाइँलो हो ?’ उनी टाउको हल्लाउँदै भन्थे, ‘हैन, बेस्ट त अझै आउँदै छ ।’ सधैं ‘बेस्ट’ खोजिरहने सुनील आफैंमा भने धेरैका ‘बेस्ट’ थिए । छायांकार गौरीशंकर धुँजु गहिरो शोकमा डुबेका छन् । ‘उनीहरू धेरै क्लोज थिए, झगडा गरिरहने साथी,’ तुलसी सुनाउँछन् । गौरीशंकरको जीवनसाथी ०७८ मा बितिन् । कठिन समय बाँचिरहेका गौरीलाई सुनीलले बोलाए, ‘कहा घरमा बसेर दुःखी हुने । चलो, सँगै बस्ने हो ।’

‘म जहिल्यै भेट्न जाँदा ओ गौरी भनेर सुनील सानोसानो कुरामा कराउँथ्यो । उनीहरू प्रेमिल झगडा गर्थे । तर अब गौरीशंकरको जीवनमा अर्को खालीपन छायो,’ तुलसी भन्छन् । सुनीलले साथी सम्बन्ध र काममा देखाएको संस्कार बडो मिस हुनेछ तुलसीलाई । आफ्नो न्यानो सम्बन्धहरू सम्झँदै तुलसी नयाँ पुस्तालाई सम्झाउनसमेत चाहन्छन्, ‘यो कल्चर फलो गर नानी हो, नत्र पछि गएर एक्लो हुन्छौं ।’

अभिनेता नीर शाहलाई पनि साथी गुमाउनुको पीडाले विक्षिप्त बनाइरहेको छ । ‘म केही सोच्न र बोल्न सकिरहेको छैन,’ मन गह्रुँगो बनाउँदै उनी भन्छन्, ‘मेरो असाध्यै मिल्ने साथी । सो आई लस्ट अ भेरी गुड फ्रेन्ड ।’ केही दिन अगाडिसम्म नीर शाहको कुरा भइरहेको थियो सुनीलसँग । सुनील त्यतिबेला सुटिङमा थिए । ‘भेट्छु भनेर वाचा गर्नुभएको थियो, तर वाचा नै पूरा गर्न पाउनुभएन,’ नीरले भने ।

सुनीललाई हेरिरहने र पर्दामा पर्खिरहेका दर्शकलाई पनि यो विस्मात्ले दुखाइरहेको छ । पर्दामा ‘खलनायक’ बाँचिरहने सुनीलले रिलमा त पटकपटक मृत्युको अभिनय गरे । ‘नायक’को पक्षमा देखिने दर्शकले त्यसमा पक्कै खुसीमनाउ गरे । तर ‘रियल’ जीवनमा कुशल सम्बन्ध निभाइरहेका सुनीलको यो महाप्रस्थानले कसैलाई सजिलो बनाएन । सुनील अब भौतिक रूपमा छैनन्, तर उनको न्यास्रो भने सारा फिल्म जगत्लाई सदैव भइरहनेछ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतदानपछि प्रधानमन्त्री कार्कीले भनिन्- मैले आफ्नो कर्तव्य पूरा गरेँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...

झापाबाट मतदान गर्दै विश्वप्रकाशले भने- भयरहित वातावरणमा मतदान गरौँ

झापा । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...

आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।  साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...

मतदानपछि प्रचण्डले भने- देश समृद्धिको मार्गमा अग्रसर हुन्छ

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...

प्रचण्डले चितवनबाट गरे मतदान, अब रुकुम पूर्व जाने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...

रवि लामिछानेले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।  उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...

रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् ।  सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...

मतदाता गाउँ फर्किएसँगै मनाङमा पर्यटकको आगमन पनि बढ्दै

मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौँ ।  निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE