Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

टी–२० विश्वकप : पहिलो खेलमा आज दुई पटकको च्याम्पियन इङल्यान्डसँग भिड्दै नेपाल

खबरडबली संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दुई पटकको विश्वकप च्याम्पियन इङल्यान्डविरुद्ध खेल्दै आइसीसी टी–२० विश्वकपको दशौँ संस्करणको यात्रा सुरु गर्दैछ।

मुम्बइस्थित वानखेडे क्रिकेट स्टेडियममा आइतबार दिउँसो ३ः१५ बजे नेपाल र इङल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। नेपालले समूह चरणका आफ्ना चारवटै खेल वानखेडे मैदानमै खेल्ने तालिका छ।

समग्रमा यो नेपालको तेस्रो विश्वकप सहभागिता हो भने लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको हो। अघिल्लो विश्वकप खेलेका १० खेलाडीसँगै यसपटक नयाँ खेलाडीहरूले पनि टोलीमा स्थान बनाएका छन्। आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव विश्वकपमा डेब्यु गर्ने तयारीमा छन्।

त्यस्तै, सोमपाल कामी नेपालले सहभागिता जनाएका तीनवटै विश्वकप खेल्ने एक्ला खेलाडी बन्ने नजिक पुगेका छन्। कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्र सिंह ऐरि, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्न लागेका हुन्।

इङल्यान्डविरुद्धको खेलअघि नेपाली टोलीले शनिबार पूर्ण आराम गरेको थियो। विश्वकपअघि नेपालले युएई र क्यानडासँग खेलेका आधिकारिक वार्मअप खेलमा जित हासिल गर्दै राम्रो तयारी देखाएको छ। आयोजक देश श्रीलंका र भारतमा अभ्यास गरेको नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रन लागेको हो।

सन् २०१० र २०२२ का विश्वकप विजेता इङल्यान्ड नेपाललाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्ने लक्ष्यमा छ। इङल्यान्डले नेपालविरुद्धको खेलका लागि आफ्नो प्लेइङ ११ शनिबार नै सार्वजनिक गरिसकेको छ।

नेपाल रहेको समूहमा इङल्यान्डसँगै वेष्ट इण्डिज, स्कटल्यान्ड र इटाली छन्। इङल्यान्ड र वेष्ट इण्डिज दुवैले दुई–दुई पटक विश्वकपको उपाधि जितिसकेका छन्। इटाली भने यसपटक विश्वकपमा पहिलो पटक सहभागी हुँदैछ।

स्कटल्यान्ड सन् २००७ मा विश्वकपमा डेब्यु गरेको टोली हो र सन् २०१६ यता लगातार विश्वकप खेल्दै आएको छ। सुरक्षाका कारण देखाउँदै बंगलादेशले भारतमा आएर खेल्न अस्वीकार गरेपछि आइसीसीले वरियताका आधारमा स्कटल्यान्डलाई विश्वकपमा सहभागी गराएको हो।

विश्वकपको पहिलो दिन शनिबार तीन खेल सम्पन्न भए। श्रीलंकाको कोलोम्बोमा भएको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले हरायो। भारतको इडेन गार्डेनमा वेष्ट इण्डिजले स्कटल्यान्डलाई ३५ रनले पराजित गर्‍यो भने मुम्बइको वानखेडेमा साविक विजेता भारतले अमेरिकालाई २९ रनले हरायो।

आइतबार पनि प्रतियोगिताअन्तर्गत तीन खेल हुनेछन्। दिनको पहिलो खेलमा चेन्नइमा समूह डी का अफगानिस्तान र न्युजिल्यान्ड आमनेसामने हुनेछन् भने कोलोम्बोमा घरेलु टोली श्रीलंका र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सरकार बन्दा मन्त्री कसले छान्छ, मन्त्रिपरिषद्‌ कत्रो हुन्छ ?

मन्त्रीमा विज्ञ कि सांसद?

पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि

काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।  ...

एमाले अध्यक्ष ओलीलाई पितृशोक

आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

१० चैतभित्र नयाँ सरकार

काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा  पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...

अमेरिकाले उल्लङ्घन गरेका व्यापार सम्झौताको ‘दृढताका साथ प्रतिक्रिया’ दिइनेः इयु

काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...

राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...

बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...

चुनाव सुधार्न नीतिगत शल्यक्रियाको प्रस्ताव : के-के छन् नयाँ सुझाव ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्।  नि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: