काठमाडौँ। स्कटल्यान्डले आइसिसी टी–२० विश्वकप क्रिकेटमा इटालिमाथ सहज जित निकालेको छ । कोलकातास्थित इडेन गार्डेन मैदानमा सोमबार भएको समूह ‘सी’ को खेलमा स्कटल्यान्डले इटालीलाई ७३ रनले हरायो ।
जितका लागि दुई सय आठ रनको विशाल लक्ष्य पछ्याएको इटाली १६।४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३४ रनमा समेटिएको थियो ।विश्वकपमा इटालीको यो डेब्यू खेल हो ।
स्कटल्यान्डका लागि बेन मानेन्तीले सर्वाधिक ५२ रन बनाए। यस्तै ह्यारी मानेन्तीले ३७, जेजे स्मुर्टसले २२ र एन्थोनी मोस्काले १३ रन बनाए।
बलिङमा स्कटल्यानन्डका माइकल लिस्कले चार विकेट लिए। मार्क वाटले दुई तथा ब्राड्ली करी, ब्राड्ली ह्वील र ओलिभर डेभिडसनले एक एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय सात रन बनाएको थियो ।
स्कटल्यान्डका लागि जर्ज मुन्सीले सर्वाधिक ८४ रन बनाए। यस्तै ब्रान्डन म्याकमुलेन अविजित ४१, माइकल जोन्सले ३७, माइकल लिस्कले २२ र कप्तान रिची बेरिङ्टनले १५ रन बनाए।
बलिङमा इटालीका अली हसन, ग्रान्ट स्टेवार्ट, थोमस ड्राका र जेजे स्मट्सले एक एक विकेट लिए। जितसँगै समूह ‘सी’ मा स्कटल्यान्डले दुई खेलबाट दुई अङ्क बनाएको छ ।
यस समूहमा इङ्ल्यान्ड र वेस्ट इन्डिजले पनि दुई दुई अङ्क बनाएको छ । आइतबार भएको सनसनीपूर्ण खेलमा दुई पटकको विश्वकप विजेता इङ्ल्यान्डले नेपालमाथि चार रनको कठिन जित निकालेको थियो ।
वेस्ट इन्डिजले स्कटल्यान्डलाई हराएको थियो । नेपाल र इटालीले भने हारबाट विश्वकप सुरु गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घर...
जेष्ठ १६ गते, २०८३ - १५:०२
लेखनाथ। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ । गण्डकी सरकारले अहिलेसम्म १० अर्ब ५८ करोड खर्च गर...
जेष्ठ १६ गते, २०८३ - १४:५१
काठमाडौं । अर्थ मन्त्रालयले शुक्रबार बजेट भाषणपछि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको आर्थिक विधेयक शनिबार दिउँसो हटाएको पाइएको छ । बजेट सार्वजनिक भएपछ...
जेष्ठ १६ गते, २०८३ - १३:२९
काठमाडौँ । काठमाडौंमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्र...
जेष्ठ १६ गते, २०८३ - १३:२२
काठमाडौँ । काठमाडौं मा नेपाल कम्युनिस्ट पार्टी (नेपाल कम्युनिस्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन्। उनको सचिवालयका ...
जेष्ठ १६ गते, २०८३ - १३:१४
मनाङ । मनाङ को खोत्रो क्षेत्रमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो...
जेष्ठ १६ गते, २०८३ - १२:०४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेताहरूको कार्यविभाजनसँगै प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। शुक्रबार जारी गरि...
जेष्ठ १६ गते, २०८३ - ११:४१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरूलाई विस्थापित गर्ने षड्यन्त...
जेष्ठ १६ गते, २०८३ - १०:५८
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बता...
जेष्ठ १६ गते, २०८३ - १०:४५
सप्तरी । दुईवटा भैंसी चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–५ जाँजर निवासी ...



प्रतिकृया लेख्नुहोस्: