काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाइपमार्फत घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका छन्। घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै उनले अब नेपालमै खाना पकाउने ग्याँस उत्पादन हुने अवस्थामा पुगेको दाबी गरे।
उनले अब विदेशबाट आयात गरिने ग्याँसको विकल्प खोज्नुपर्ने उल्लेख गर्दै ग्याँस उत्पादनका लागि आवश्यक संरचना तयारी अवस्थामा रहे पनि प्रयोगमा नआएको बताए।
अध्यक्ष ओलीले भने, ‘अब विदेशबाट ल्याएको ग्याँस होइन। अहिले ग्याँस निकाल्न छाडेर ताला लगाएर राखिएको छ। त्यो ग्याँस निकाल्नुपर्छ। पानीजस्तै ठ्याकीमा राख्न सकिन्छ र घरघरमा पाइपबाट पुर्याउन सकिन्छ। त्यसका लागि सिलिन्डर आवश्यक पर्दैन।’
उनले गुइँठा बाल्नु संस्कृति नभई गरिबीको संकेत भएको भन्दै त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिए।
‘संस्कृति बचाउनुपर्छ, गरिबी हटाउनुपर्छ। मान्छेहरूलाई अलमलमा पारेर हाम्रो बेइज्जत गर्यो भनेर भनिन्छ। गुइँठा वा दाउरा बाल्ने होइन, अब बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ,’ उनले भने।
अध्यक्ष ओलीले गुइँठा बाल्ने अवस्थाभन्दा माथि उठ्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै काठमाडौंमा चुनाव जित्ने अवस्था नभएपछि झापा आएको टिप्पणी पनि गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...
फाल्गुन २२ गते, २०८२ - १७:१८
रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...
फाल्गुन २२ गते, २०८२ - १७:१३
रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...
फाल्गुन २२ गते, २०८२ - १७:०७
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...
फाल्गुन २२ गते, २०८२ - १६:५५
धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...
फाल्गुन २२ गते, २०८२ - १६:४७
गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...
फाल्गुन २२ गते, २०८२ - १६:४०
नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...
फाल्गुन २२ गते, २०८२ - १६:२९
काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...
फाल्गुन २२ गते, २०८२ - १६:००
झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...
फाल्गुन २२ गते, २०८२ - १५:५०
काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...



प्रतिकृया लेख्नुहोस्: