काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन एक चरणमा हुने कि दुई चरणमा भन्ने विषयमा पछिल्ला दिनहरूमा चर्चा भए पनि निर्वाचन आयोगले यसलाई कहिल्यै स्वीकार नगरेको स्पष्ट पारेका छन्।
एक अन्तर्वार्तामा उनले भने, “निर्वाचन आयोगले सुरुदेखि नै चरणको अवधारणामा विश्वास गरेको छैन। आयोगले कहिल्यै पनि ‘एक चरण’, ‘दुई चरण’ वा ‘तीन चरण’ भन्ने शब्द प्रयोग गरेको छैन।”
भण्डारीले निर्वाचन फागुन २१ गते तोकिएकै मिति र समयमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एकैदिन सम्पन्न हुने दोहोर्याए। यसपटक निर्वाचन क्षेत्र बाहिरबाट मतदान हुने अपेक्षा धेरैमा भए पनि त्यो सम्भव नभएको उनले बताए। त्यसको मुख्य कारण कानुनी र संवैधानिक सीमा रहेको उनको भनाइ छ।
“एकपटक निर्वाचन मिति घोषणा भएपछि निर्वाचनसम्बन्धी कानुन वा प्रविधिमा परिवर्तन गर्न मिल्दैन,” उनले भने, “हामी संविधानको सीमाभित्र रहेर नै निर्वाचन गर्न बाध्य छौँ। मिति घोषणा भइसकेपछि निर्वाचनसम्बन्धी ऐन, नियम र कानुन संशोधन गर्न सकिँदैन। हालको कानुनले विदेशमा रहेका मतदाता वा निर्वाचन क्षेत्र बाहिरबाट मतदान गर्ने व्यवस्था समेटेको छैन।”
यही कारणले ‘नन अफ द अबभ’ अर्थात् ‘कसैलाई पनि मत दिन्नँ’ भन्ने विकल्प पनि कार्यान्वयन गर्न नसकिएको भण्डारीले स्पष्ट पारे। “धेरैले मतपत्रमा एउटा बाकस थपे पुग्छ भन्छन्,” उनले भने, “तर त्यो बाकस थप्नका लागि पनि संवैधानिक आधार चाहिन्छ। यो विमानस्थलमा एउटा कोठा थपेजस्तो सजिलो विषय होइन।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: