काठमाडौँ। काठमाडौँ महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने भएको छ ।
कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न कामपाको वार्षिक कार्यक्रमअन्तर्गत कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई र शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहवरमा सम्झौता भएको हो । उक्त सम्झौतामा कामपाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका तर्फबाट अध्यक्ष डा. भरतकुमार प्रधान श्रेष्ठले हस्ताक्षर गरे।
कामपाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत मेडिकल उपकरण खरिद अनुदानका लागि सम्झौता गरेको हो । यसका लागि एक करोड विनियोजन गरिएको छ । सम्झौताबमोजिम सार्वजनिक खरिद प्रक्रियाबाट अस्पतालले स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने एक थान एनेस्थेसिया मेसिन, २५० केभीएको एक थान जेनेरेटर र ५०० एम.ए.को एक थान डिजिटल एक्स–रे मेसिन खरिद गर्ने छ ।
काठमाडौँ महानगरवासी तथा कीर्तिपुर अस्पतालमा उपचारका लागि आउने बिरामीलाई गुणस्तरीय सहज र सरल उपचार सेवा प्रदान गर्न कामपाले सहयोग गरेको हो । कार्यवाहक प्रमुख डङ्गोलले, जलनसहितको उपचार प्रदान गरिने अस्पतालको सेवालाई गुणस्तरीय र सहज बनाउने उद्देश्यले अनुदान उपलब्ध गराएको बताए।
अस्पताल नाफा कमाएर बाँड्ने नभई सेवा भावबाट सञ्चालन भएको उल्लेख अस्पतालका अध्यक्ष श्रेष्ठले भने, “जलनका बिरामीको उपचार कठिन हुन्छ । यसलाई सहज बनाउने कामपाबाट निरन्तर रूपमा हामीले सहयोगको अपेक्षा गरेका छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - १३:०१
सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको राहदानी घरमै पुर्याउने तयारी अघि बढाएको छ । सरकारी सेवा घर–घरमै पुर्याउने योजना कार्यान्वयन ...
बैशाख ६ गते, २०८३ - १२:५१
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ स्थित फायरचोक र ठमेल क्षेत्रबाट पक्राउ परेका युगान्डाका २० जना महिलालाई नेपालबाट निष्कासन (डिपोर्ट) गरिएको छ। ...
बैशाख ६ गते, २०८३ - १२:३८
बैतडी। बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–८ बाट बझाङको देउलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००...
बैशाख ६ गते, २०८३ - १२:२६
काठमाडौँ । आइसिसी वुमन्स च्यालेन्ज ट्रफीको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेल आज (आइतबार) इटालीसँग प्रतिस्पर्धा गर्दैछ । रुवान्ड...
बैशाख ६ गते, २०८३ - १२:१७
काठमाडौँ । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्राल...
बैशाख ६ गते, २०८३ - १२:०७
काठमाडौँ। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम धमाधम भइरहेको छ । त्यस क्रममा जयवागेश्वरी, गणेश र भैरवको माट...
बैशाख ६ गते, २०८३ - ११:५८
बर्दिया। बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान गुलरिया नगरपालिका वडा नं ७ डिभिजन वन कार्यालय नजिक कोहलपुर देखि राज...
बैशाख ६ गते, २०८३ - ११:५१
नेपालगन्ज। बाँके जिल्लामा गत महिनामा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार फागुन महिनाको तुलनाम...
बैशाख ६ गते, २०८३ - १०:५१
पर्वत । जिल्लाको मोदी गाउँपालिका-२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता भएकी छन् । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरि...
बैशाख ६ गते, २०८३ - १०:३७
विराटनगर। कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा फैलिएको बर्डफ्लु संक्रमणका कारण पछिल्लो एक महिनामा किसानले ५० करोड रुपियाँभन्दा बढीको प्रत्यक्ष आ...


प्रतिकृया लेख्नुहोस्: