Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

डोकोमा श्रीमती, काँधमा वाचा : कम्मानेको अपूरो आशा

खबरडबली संवाददाता

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोकोमा थला परेकी श्रीमती जमुना दमाई। साढे दुई घण्टाको कष्टपूर्ण पैदल यात्रापछि मात्रै सडक पुगिन्छ, जहाँबाट गाडी चढेर अस्पताल जान सकिन्छ।

५० वर्षीय कम्मानेका लागि यो दृश्य कुनै असाधारण घटना होइन, बरु नियमित बाध्यता हो। ४५ वर्षीया जमुनालाई दुई वर्षअघि मधुमेह रोग देखियो। पछिल्लो समय रोग जटिल बन्दै जाँदा खुट्टा सुन्निएको छ, घाउ बढेको छ, सङ्क्रमण फैलिएको छ। हिँड्नै नसक्ने अवस्थामा पुगेकी श्रीमतीलाई उपचारका लागि उनले डोकोमै बोकेर लैजानुपर्छ।

मुलेकाँणामा १५–१६ परिवार बस्छन्। अधिकांश युवा रोजगारीका लागि भारततिर छन्। गाउँमा बुढापाका, महिला र बालबालिका मात्र छन्। स्ट्रेचर भए पनि बोक्ने मान्छे छैनन्। स्वास्थ्य चौकी टाढा छ। यस्तो अवस्थामा ‘बुढीलाई कसरी छोड्नु?’ भन्ने प्रश्नले नै कम्मानेलाई डोको उठाउन बाध्य बनाएको छ।

‘उपचार नगरी छोड्न सकिँदैन,’ उनी भन्छन्, ‘गाउँमा सहयोग गर्ने युवा छैनन्। अरू बुढापाकालाई दुःख दिनुभन्दा आफैँ बोक्छु।’

जमुना केही समयअघि नेपालगन्जमा उपचार गराएर फर्किएकी थिइन्। भारतमा मजदुरी गर्दै आएका छोराले उतै अप्रेसनसमेत गराएका थिए। तर घर फर्किएपछि स्वास्थ्य झन् बिग्रियो। आर्थिक अभावले नियमित उपचार गर्न नसक्दा समस्या थप जटिल बन्दै गएको छ।

स्थानीय पहलमा ४० हजार रुपैयाँजति सहयोग जुटाइएपछि पहिलोपटक उनलाई डोकोमै बोकेर अस्पताल पुर्‍याइएको थियो। चिकित्सकले मधुमेहका कारण खुट्टामा समस्या आएको बताएका छन्। औषधि चलिरहे पनि निरन्तर उपचारका लागि चाहिने खर्च जुटाउन कठिन छ।

परिवारमा दुई छोरा र दुई छोरी छन्। दुवै छोरा भारतमा मजदुरी गर्छन्। आर्थिक संकटका कारण ६ कक्षा पढ्दै गरेकी छोरी पनि कामको खोजीमा भारत गएकी छिन्। घरमा कम्माने र जमुना मात्र छन्।

कम्माने आफैँ पनि दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका थिए। तर श्रीमतीको उपचार र घरखर्च सँगै धान्न नसक्दा उनी निराश छन्। ‘मरेर पनि मरिन्न, पालेर पनि पालिन्न,’ उनको स्वरमा थकान र विवशता मिसिएको छ।

साढे दुई घण्टाको यात्रामा उनलाई चुनाव सम्झना आउँछ। प्रतिनिधिसभा निर्वाचनअघि गाउँ पुगेका नेताहरूले मत माग्दै उपचार गराइदिने आश्वासन दिएका थिए। ‘सबैले मत दिनुहोस्, समस्या समाधान गर्छौं भनेका थिए,’ कम्माने भन्छन्, ‘तर चुनाव सकिएपछि कसैले फर्केर हेरेनन्।’

पुराना नेताले केही नगरेको भन्दै यसपटक मत फेरेको उनी बताउँछन्। नयाँलाई जिताएर पठाए पनि आफ्ना दुःख जस्ताका तस्तै रहेको उनको गुनासो छ।

रोग, गरिबी र भौगोलिक विकटता—यी तीनै समस्याबीच कम्मानेको एउटै चाहना छ : श्रीमतीलाई निको पार्ने। ‘जसरी पनि राम्रो अस्पताल लगेर उपचार गराउनुपर्छ,’ उनी भन्छन्, ‘छोराछोरीसँग सल्लाह गरिरहेको छु। फेरि भारत वा नेपालमै राम्रो अस्पताल लैजान्छु।’

डोकोमा बोकेको त्यो शरीर मात्र होइन, कम्मानेले बोकेको छ आशा, प्रेम र अधुरो वाचाहरूको भारी पनि। गाउँको उकालो जति कठोर भए पनि उनको मनमा एउटै दृढता छ—जमुना निको नहुँदासम्म यात्रा रोकिने छैन।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोकोमा श्रीमती, काँधमा वाचा : कम्मानेको अपूरो आशा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदातीन जनाको मृत्यु

सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...

नेपाल बाहिर पनि नेपालकै अनुभूति” — कर्कमा नयाँ वर्ष २०८३ कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न

आयरल्यान्ड । गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आयोजनामा तथा कर्क नेपाली समाजको सहयोगमा नयाँ वर्ष २०८३ को अवसरमा कर्क सिटीमा भव्य सांस्कृतिक कार...

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । प्रादेश...

ककाकिकी फिल्मको रिलिज मिती घोषणा, भदौ १९ बाट रिलिज हुने

काठमाडौँ । चर्चित टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ फिल्म 'ककाकिकी'को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले एक पोस्टर सार...

बागमती प्रदेशमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन, नौ महिनामा उठ्यो २७ अर्ब ९३ करोड

हेटाैंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिनामा २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ। यो रकम वार्षिक ...

यस्तो छ आजका लागि कालिमाटी तरकारी बजारमा कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending