Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

सुरक्षा फौजलाई प्रधानमन्त्रीको निर्देशन : चुनावी सुरक्षामा कत्ति पनि नचुक्नु

खबरडबली संवाददाता

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कत्ति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिएकी छन्।

महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतमा केही त्रुटी भएपनि अब त्यस्तो अवस्था आउन नदिन निर्देशन दिएकी हुन्। 

कार्कीले भनिन्, 'यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित ढङ्गले काम गर्नुहोस् ।'

निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट स्वीकृत भएको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरु उत्कृष्ट ढङ्गबाट सम्पादन गर्नेमा आफू पूर्ण विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन्।  । जनतालाई सुरक्षाको प्रत्याभूति दिँदा तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सृजना गर्न आग्रह गर्दै उनले अन्य निकायसँगको सहकार्यमा स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिइन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुलाकमार्फत घरमै पुग्छ अब राहदानी र लाइसेन्स कार्ड

सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको राहदानी घरमै पुर्‍याउने तयारी अघि बढाएको छ । सरकारी सेवा घर–घरमै पुर्‍याउने योजना कार्यान्वयन ...

ठमेलबाट पक्राउ परेका युगान्डाका महिलाहरू डिपोर्ट

काठमाडौँ  । काठमाडौँ महानगरपालिका–२६ स्थित फायरचोक र ठमेल क्षेत्रबाट पक्राउ परेका युगान्डाका २० जना महिलालाई नेपालबाट निष्कासन (डिपोर्ट) गरिएको छ। ...

बैतडीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

बैतडी। बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–८ बाट बझाङको देउलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००...

पहिलो खेलमा अमेरिकासँग हारेको नेपाल आज इटालीसँग खेल्दै

काठमाडौँ । आइसिसी वुमन्स च्यालेन्ज ट्रफीको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेल आज (आइतबार) इटालीसँग प्रतिस्पर्धा गर्दैछ । रुवान्ड...

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्राल...

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

काठमाडौँ। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम धमाधम भइरहेको छ । त्यस क्रममा जयवागेश्वरी, गणेश र भैरवको माट...

बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुईको मृत्यु, दुई घाइते

बर्दिया। बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान गुलरिया नगरपालिका वडा नं ७ डिभिजन वन कार्यालय नजिक कोहलपुर देखि राज...

बाँकेमा एक महिनामा ३६ वटा दुर्घटना हुँदा सात जनाको मृत्यु, ४४ घाइते

नेपालगन्ज। बाँके जिल्लामा गत महिनामा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार फागुन महिनाको तुलनाम...

पर्वतकी १४ वर्षीया किशोरी ८ दिनदेखि बेपत्ता

पर्वत । जिल्लाको मोदी गाउँपालिका-२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता भएकी छन् । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरि...

बर्डफ्लुबाट ५० करोडभन्दा बढी क्षति, किसान एक्लै मारमा

विराटनगर। कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा फैलिएको बर्डफ्लु संक्रमणका कारण पछिल्लो एक महिनामा किसानले ५० करोड रुपियाँभन्दा बढीको प्रत्यक्ष आ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending