रामेछाप । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत गरिएको छ ।
मृत्यु हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, सोही वडाकी ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ, लिखु तामाकोशी–४ की २२ वर्षीया बबी तामाङ र २६ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी–६ का दीपेश बस्नेत र लिखु–६ की ४५ वर्षीया मानकुमारी बरुवाल, सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३४ वर्षीय शिव श्रेष्ठ र दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङ रहेका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिए। मृतक दुई जनको सनाखत हुन बाँकी रहेको उनले बताए ।
रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार उक्त दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका थिए ।
घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । बसका बाँकी यात्रुको अझै खोजतलाश जारी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस आज बिहान रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २८ गते, २०८२ - २१:५८
बाँके। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सबै कार्यकर्ता र नेताहरूलाई द्वन्द्व र विगतका मतभेद बिर्सिएर एकताबद्ध भएर निर्वाचनमा जुट्न आग्रह...
माघ २८ गते, २०८२ - २१:५६
काठमाडौँ । विशेष अदालतले भिजिट भिसा प्रकरणमा लाखौँ रुपैयाँ असुली काण्डमा बिचौलिया बालकृष्ण खड्कालाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार व...
माघ २८ गते, २०८२ - २१:०८
रामेछाप । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत गरिएको छ । मृत्यु हुनेमा रामेछापको लिखु तामाकोश...
माघ २८ गते, २०८२ - २०:३२
काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सभी राजनीतिक दल र उम्मेदवारलाई फागुन ३ भित्र आफ्नो निर्वाचन घोषणा...
माघ २८ गते, २०८२ - २०:१९
कामठाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक...
माघ २८ गते, २०८२ - २०:१३
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय, जनमुखी, समावेशी र दिगो बनाउने लक्ष्यसहित विस्तृत जनस्वास्थ्य प्रतिबद्धत...
माघ २८ गते, २०८२ - २०:०५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ...
माघ २८ गते, २०८२ - १९:५४
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा आर्थिक सुधारको नयाँ चरणल...
माघ २८ गते, २०८२ - १९:५०
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर...
माघ २८ गते, २०८२ - १९:३९
सुर्खेत। तल भेरी नदी बग्छ, माथि समथर खेतीयोग्य फाँट फैलिएको छ। तर सिँचाइ नहुँदा जमिन बाँझै छ। सितले चिसो हुने गहुँबाली पहेँलिन्छ, धान यहाँ हुँदैन। उत्...



प्रतिकृया लेख्नुहोस्: