Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

सिरहा कारागारभित्र पेस्तोल: १० कैदीको आँखामा पट्टी, प्रशासनमाथि गम्भीर प्रश्न

खबरडबली संवाददाता

काठमाडौं । सिरहा जिल्ला कारागारभित्र भएको घटनाले कारागार सुरक्षा र प्रशासनिक निगरानीमाथि गम्भीर प्रश्न उठाएको छ। २५ माघ साँझ करिब ६ बजेतिर १० जना कैदीबन्दीको आँखामा पट्टी बाँधेर, हात पछाडि बाँधेर कुटपिट गरिएको सूचना जिल्ला प्रहरी कार्यालयमा पुगेपछि सुरक्षाकर्मीहरू सतर्क बने।

घटनाको प्रकृति गम्भीर देखिएपछि प्रहरीसँगै नेपाली सेना ९नन्दा बक्स गण० र सशस्त्र प्रहरीको टोली कारागार पुगे। त्यहाँ १० जना कैदीबन्दी हात बाँधिएको र आँखामा पट्टी लगाइएको अवस्थामा फेला परे। केही कैदीबन्दीले नाराबाजी समेत गरिरहेका थिए। ती कैदीबन्दीलाई उद्धार गरी प्रहरी कार्यालय लगियो।

प्रारम्भिक बयानमा कैदीबन्दीहरूले घरेलु हतियार प्रयोग गरी कुटपिट र धम्की दिने गरिएको बताएका छन्। यसमा कारागारभित्र प्रभाव जमाएका इन्द्रजित यादवको संलग्नता रहेको आरोप उनीहरूले लगाएका छन्। कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय भोगिरहेका यादव कारागारका औपचारिक ‘नाइके’ नभए पनि व्यवहारमा नियन्त्रण उनकै हातमा रहेको सुरक्षा स्रोतहरूको भनाइ छ।

भोलिपल्ट २६ माघमा सेना र प्रहरीको संयुक्त टोलीले कारागारमा सर्च अपरेशन चलायो। तालिमप्राप्त कुकुर समेत प्रयोग गरिएको उक्त अपरेशनका क्रममा जिम हल नजिक पुरानो ब्ल्याङ्केटभित्र लुकाइएको अवस्थामा एक पेस्तोल, ‘७।६२’ लेखिएका दुई राउन्ड जिउँदो गोली र केही घरेलु हतियार बरामद गरिएको डीएसपी रमेशबहादुर पालले जानकारी दिए।

कारागारभित्र लागूऔषध, मदिरा वा जुवातास भेटिने घटना बेलाबेला सार्वजनिक भए पनि पेस्तोल र गोली नै भेटिनु असामान्य हो। यसले कैदीबन्दीले हतियारको आडमा प्रभाव जमाउँदै आएको संकेत गरेको सुरक्षा अधिकारीहरू बताउँछन्।

पेस्तोल कारागारभित्र कसरी छिर्‍यो भन्ने विषय अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र डीएसपी पाल दुवैले यसबारे थप विवरण दिन नमिल्ने बताएका छन्। तर कारागार स्रोतका अनुसार, हतियार विगत करिब दुई वर्षदेखि कारागारभित्रै रहेको आशंका छ। एक महिना अघि नै यसको सूचना प्रहरीसम्म पुगे पनि अपरेशन हुन सकेको थिएन भन्ने दाबी स्रोतको छ।

कारागार चौकीदारलाई बाहिर गएर राशन किनमेल गर्ने र किप्याड मोबाइल बोक्ने छुट हुने व्यवस्था दुरुपयोग भएको हुनसक्ने प्रारम्भिक आकलन सुरक्षा वृत्तमा गरिएको छ।

घटनापछि इन्द्रजितसहित १३ जनालाई नियन्त्रणमा लिएर अन्य कारागारमा सारिएको छ। इन्द्रजित र अन्य दुई जनालाई केन्द्रीय कारागार जगन्नाथदेवल, सात जनालाई नुवाकोट र तीन जनालाई रौतहट कारागार पठाइएको डीएसपी पालले बताए। यातना भोगेका १० कैदीबन्दीलाई झापा, मोरङ र सुनसरी कारागारमा स्थानान्तरण गरिएको छ।

यसअघि पनि सिरहा कारागारमा पटक–पटक तनाव, कुटपिट र झडपका घटना भएका थिए। पछिल्ला वर्षहरूमा भएका अधिकांश घटनामा इन्द्रजित समूह जोडिँदै आएको प्रहरी अधिकारीहरूको भनाइ छ।

यो घटनाले कारागार सुरक्षा, आन्तरिक अनुशासन र प्रशासनिक उत्तरदायित्वबारे गम्भीर बहस आवश्यक बनाएको छ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शनिबार उदयपुरमा बिजुली नहुने

उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...

ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...

बढ्दो यौन हिंसा र हत्याका घटनाप्रति सिजपको ध्यानाकर्षण

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...

आठ पदाधिकारी पराजित: कांग्रेसभित्र नेतृत्व बहस तीव्र

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...

कम्युनिस्टहरूले किन धक्का खाए ?

विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा

एन आई सी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं  । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...

ऐतिहासिक न्यूनतामा कांग्रेस: हारपछि नेतृत्वमाथि प्रश्न, अब के रणनीति ?

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...

ओलीको बुबालाई श्रद्धाञ्जली दिँदै बालेनले भने– पिता पात्र एक, भूमिका अनेक

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: