Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

बागी उम्मेदवारलाई चुनावपछि पार्टी फर्किने छुट हुँदैन : लेखनाथ दाहाल

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहालले निर्वाचनमा बागी उम्मेदवारी दिएर पार्टीलाई धोका दिने व्यक्तिलाई चुनावपछि पुनः पार्टीमा फर्किने छुट नहुने बताएका छन्।

बुधबार काठमाडौंमा नेकपा सिन्धुली–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सिन्धुली क्षेत्र नम्बर–२ का नेकपा उम्मेदवारसमेत रहेका दाहालले यस्तो धारणा राखेका हुन्।

दाहालले आफ्नै निर्वाचन क्षेत्रमा सहमतिको प्रयासका लागि हरिबोल गजुरेलसँग पटक–पटक आग्रह गरे पनि सकारात्मक परिणाम ननिस्किएको बताए। आफूले तल्लो कमिटीको सिफारिस, पार्टी निर्देशन र निर्णयअनुसार नै मनोनयन दर्ता गरेको उल्लेख गर्दै उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्नु कुनै अपराध नभएको स्पष्ट पारे।

उनले सिन्धुली–२ मा स्वतन्त्र उम्मेदवारी दिएका महेश्वर दाहाल र हरिबोल गजुरेलसँग अझै पनि संवाद र समन्वयको प्रयास जारी रहेको बताउँदै गल्ती सच्याउने अवसर खुला रहेको धारणा राखे।

यसअघिको सरकारका गलत कार्यका कारण देश कमजोर अवस्थामा पुगेको दाबी गर्दै दाहालले त्यही नेतृत्वलाई फेरि सरकारमा पुर्‍याउने गल्ती जनताले नगर्ने जिकिर गरे। नेकपाको विचार र संविधानको व्यवहारिक कार्यान्वयनका लागि पार्टीको बहुमत आवश्यक रहेको उनको भनाइ थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आकस्मिक गस्ती’ कि आकस्मिक प्रदर्शन ? फिल्डमा गृहमन्त्री, दबाबमा प्रहरी !

काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...

बिसुपर्व मनाउन घर फर्कँदै नेपाली

कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...

हदबन्दीको कागज र सत्ता वरिपरि फैलिएको जग्गा : कानुन, परिवार र ‘लुपहोल’को कथा

काठमाडौं।  नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...

सुनको कसीमा सरकार : ‘स्वर्णिम’ व्यंग्यदेखि ‘पहेँलपुर’ यथार्थसम्म

काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...

बागमती प्रदेशका सांसदहरूसँगको छलफल प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending