नवलपरासी। पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्नुभएको छ । २०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएपछि चौधरीले जारी गरेको ३१ बुँदे घोषणापत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि र कार्यान्वयनको अवस्थासहितको विवरण सार्वजनिक गरेको हो ।
जेनजी आन्दोलनपश्चात प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ मा हुन गइरहेको आम निर्वाचनको सन्दर्भमा उनले आफूले तीन वर्षअघि गरेका प्रतिबद्धताहरूको सार्वजनिक मूल्याङ्कन जनतामाझ राखेको छन् ।
रिपोर्ट कार्ड सार्वजनिक गर्दै चौधरीले मतदाताको प्रश्न गर्ने अधिकारलाई लोकतन्त्रको मूल आधार भन्दै आफू जनताको अदालतमा जवाफदेही भएर उभिन तयार रहेको बताएको छन् ।
‘‘प्रश्न सोध्न पाउनु मतदाताको अधिकार हो । गएको निर्वाचनमा मैले जारी गरेको प्रतिबद्धतापत्र अनुसार काम भयो कि भएन भनेर प्रत्येक मतदाताले मलाई सोधुन् भन्ने चाहन्छु । जनताको अदालतमा उभिएर मैले गरेका प्रतिबद्धताको एक–एक जवाफ दिनु मेरो जिम्मेवारी हो ।,’’ उनले भने, ‘‘प्रश्न सोध्न पाउने जनताको अधिकार स्थापित गर्न हामीले कांग्रेस बदलेका हौं । देश बदल्छौं भनेर बाचा गरिरहँदा जनताका प्रश्नको जवाफ दिन सक्ने गरी काम गर्नुपर्छ भन्ने पनि बुझेका छौँ । त्यसैले मैले ३१ बुँदे घोषणापत्रको एक–एक बुँदाको उत्तर लिएर आएको छु ।’’
चौधरीका अनुसार उक्त रिपोर्ट कार्डको डिजिटल प्रति सार्वजनिक गरिएको छ भने प्रिन्ट कपी उहाँको सचिवालय, नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय, प्रत्येक पालिका कार्यालय तथा निर्वाचन क्षेत्रका ३४ वटै वडाका सम्पर्क कार्यालयमा उपलब्ध हुने चौधरीको सचिवालयले जनाएको छ । उनले मतदातालाई प्रतिवेदन अध्ययन गर्न र कुनै जिज्ञासा भए टोल–टोलमै पुगेर प्रश्न गर्न आग्रह गरेको छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३० गते, २०८२ - १७:२०
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनमा युवापुस्ताको बढ्दो सहभागितालाई उत्साहजनक बताएका छन्। उनले एकातर्फ युवाको भूमिकालाई सक...
चैत्र ३० गते, २०८२ - १६:५८
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नरा...
चैत्र ३० गते, २०८२ - १६:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि निम्तो आएको बताएका छन्। सोमबार विमानस्थलमा आयोजित पत्रकार सम्...
चैत्र ३० गते, २०८२ - १६:३४
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गतेका लागि बोलाएको छ। अनुशासन समितिका सचिव दिनेश...
चैत्र ३० गते, २०८२ - १५:५०
काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य तथा आर।के। कन्स्ट्रक्सन कम्पनी सुर्खेतका सञ्चालक सुवास कार्की...
चैत्र ३० गते, २०८२ - १५:४५
काठमाडौं । समाज कल्याण परिषद् अन्तर्गत रहेको भृकुटीमण्डप क्षेत्रमा भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ। वर्षौंदेखि भाडा नतिर्ने ५६ वटा सटल...
चैत्र ३० गते, २०८२ - १५:३१
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदहरूसँग छलफल गरेका छन्। छलफल सिंहदरबारस्थित ...
चैत्र ३० गते, २०८२ - १५:१७
जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका स्थानीय कार्यकर्ताले प्...
चैत्र ३० गते, २०८२ - १५:०२
काठमाडौं । सुधन गुरुङले सम्पत्ति विवरणसम्बन्धी सामाजिक सञ्जालमा गरेको टिप्पणी पछि हटाएका छन्। आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको ...
चैत्र ३० गते, २०८२ - १४:५३
काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सांसदहरूले अर्थमन्त्रीलाई बोलाएर आगामी बजेट तथा आर्थिक नीतिबारे छलफल गर्नुप...


प्रतिकृया लेख्नुहोस्: