काठमाडौँ । नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा। राजन भट्टराईले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जेनजी पुस्ताले उठाएका जायज मागप्रति नेकपा एमालेको विमति नरहेको स्पष्ट पारे। भदौ २३ गते बिहान भएको शान्तिपूर्ण भेलालाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै उनले दिउँसो एभरेस्ट होटल पुग्दासम्म राखिएका मागलाई सम्मान गर्नुपर्ने धारणा राखे।
‘युवा पुस्ताले उठाएका मागप्रति हाम्रो विमति थिएन,’ भट्टराईले भने, ‘तर जब निषेधित क्षेत्र तोडेर संसद् भवनमाथि आक्रमण र आगजनी गरियो, त्यहाँबाट घटनाको निष्पक्ष छानबिन हुनुपर्छ।’
उनले छानबिनका क्रममा नेकपा एमालेका जुनसुकै तहका नेता दोषी ठहरिए पनि कारबाही भोग्न पार्टी तयार रहेको बताए। ‘छानबिन निष्पक्ष हुनुपर्छ। यदि एमालेका कुनै पनि तहका नेता दोषी देखिए भने हामी त्यसको जिम्मेवारी लिन तयार छौं,’ उनले भने।
भट्टराईले शान्तिपूर्ण आन्दोलनका नाममा अवोध बालबालिकालाई प्रयोग गरिएको आरोपसमेत लगाए। उनले योजनाबद्ध र पूर्वतयारीसहित २३ गतेको घटना गराएर २४ गते थप विध्वंस मच्चाउने रणनीति अपनाइएको दाबी गरे।
उक्त घटनालाई उनले सुगौली सन्धिपछिको सबैभन्दा डरलाग्दो र नोक्सानीपूर्ण घटनाका रूपमा चित्रण गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १६:५९
काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...
फाल्गुन २९ गते, २०८२ - १६:४९
काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...
फाल्गुन २९ गते, २०८२ - १६:३८
कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...
फाल्गुन २९ गते, २०८२ - १६:२६
काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...
फाल्गुन २९ गते, २०८२ - १६:२२
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...
फाल्गुन २९ गते, २०८२ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...
फाल्गुन २९ गते, २०८२ - १५:५४
काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...


प्रतिकृया लेख्नुहोस्: