Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

जलजलामा १८ ठाउँमा एकै पटक शवदाहस्थल निर्माण सुरु

खबरडबली संवाददाता

म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र रहेका सबै शवदाहस्थललाई एकै पटक व्यवस्थित गर्न आयोजना निर्माण सुरु गरेको छ ।

सङ्घीय सरकारसँगको लागत साझेदारीमा जलजला गाउँपालिकाले १८ ठाउँका शवदाहस्थलमा पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाउन लागेको हो । जलजलाको अधिकांश शवदाहस्थल कालीगण्डकी नदीको किनारमा रहेका छन् । 

लेकफाँट, वनमडे, डाँडाकटेरी, लोप्रे, कुवापानी, बनौलगायत जनजाति बस्तीको माथिल्लो क्षेत्रका घाटहरूलाई पनि व्यवस्थित बनाइने भएको छ । रु दुई करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको जेआरएस इन्जिनियरिङ सोलुसन एन्ड कन्ट्रक्सन दाङले योजना निर्माणको काम सुरु गरेको छ ।

पानी परेको अवस्थामा पनि शव जलाउन मिल्ने सत्तल, घाटमा पुग्ने पदमार्ग, कपडा फेर्ने ठाउँ, मलामी बस्ने आश्रयस्थल, शौचालय, पानी, विद्युत्को व्यवस्था मिलाउन पूर्वाधार तयार पारिने जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । 

“धेरै मानिसको जमघट हुने घाटमा पूर्वाधार अभावमा नागरिकले समस्या भोग्नुपरेको गुनासो आएपछि राष्ट्रिय योजना आयोगमा समपूरक बजेटका लागि गरेको प्रस्ताव स्वीकृत भएपछि आयोजना कार्यान्वयन थालिएको हो”, उनले भने, “चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित योजना निर्माण अघि बढेको छ ।”

शवदाहस्थल नजिकै हिन्दू मृत्यु संस्कारमा आवश्यक पर्ने बर र पिपलको बिरुवा पनि रोपिनुका साथै संरक्षण समिति बनाएर समुदायलाई हस्तान्तरण गरिने भएको छ । व्यवस्थित घाट नहुँदा बर्खामा बाढीले जलाउँदै गरेको शव बगाउने, मलामीहरूले गर्मीमा चर्को घामको सामना र झरीमा रुझ्नुपर्ने समस्या रहेको छ । 

जलजला गाउँपालिका–६ शालिजामा भने यसअघि नै दुईवटा घाट निर्माण भएर प्रयोगमा छन् । योजनामार्फत डमुवाखोला, लस्ती, खनियाघाट, मिलनचोक, वारीबेनीलगायत कालीगण्डकी किनारको घाट बनाउन लागिएको हो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के पानी इरान युद्धमा हतियारका रूपमा प्रयोग हुन सक्छ ?

काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...

चितवनमा तोरीको उत्पादन घट्यो

चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ ।  कृषि विकास कार्यालयका कृषि ...

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...

नेकपाले पनि समानुपातिक सांसद आज टुंगो लगाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ।  निर्वाचन आयोगले तीन दिनभित्र सम...

समानुपातिक सांसद छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।  कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...

रास्वपा बैठकको एजेन्डा- समानुपातिक सांसद छान्नेदेखि बालेनलाई दलको नेता बनाउनेबारे छलफलसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...

अपर ठूलोखोला जलविद्युत आयोजनाको बिजुली केन्द्रीय ‘लाइन’मा जोडियो

म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...

मनकामना माइक्रोबस दुर्घटनाः ७ जनाको मृत्यु, घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार हुँदै

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।  मनकामना मन्दिर दर्शन गरेर फर्कंद...

ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना

कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ ।   बजार अनुगमनका ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: