काठमाडौँ । बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ। २९९ सिटका लागि भएको प्रतिस्पर्धामध्ये हालसम्म घोषणा भएका परिणामअनुसार बीएनपीले १६५ सिट जितेको छ।
पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएको छ। दुई क्षेत्रमा उम्मेदवारी दिएका उनले दुवै स्थानमा विजय हासिल गरेका छन्। १७ वर्ष बेलायतमा निर्वासन जीवन बिताएर उनी हालै मात्र स्वदेश फर्किएका थिए।
Jamaat-e-Islamiको नेतृत्वमा रहेको ११ दलीय गठबन्धनले अहिलेसम्म ४५ सिट जितेको छ। जमातका प्रमुख Shafiqur Rahmanले ढाका–१५ क्षेत्रमा विजय हात पारेका छन्। अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले तीन सिट जितेका छन्।
समाचार तयार पार्दासम्म २०६ सिटको मात्र नतिजा सार्वजनिक भएको छ भने बाँकी परिणाम आउन अझै बाँकी छन्।
सन् १९९१ देखि २०२४ सम्म आलोपालो सत्ता सञ्चालन गर्दै आएका तत्कालीन प्रधानमन्त्री Sheikh Hasina भारत पलायन र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि बंगलादेशमा पहिलोपटक संसदीय चुनाव भएको हो। यो निर्वाचनले ३५ वर्षपछि देशलाई नयाँ प्रधानमन्त्री दिने भएको छ।
देशभरका ३६ हजार मतदान केन्द्रमा मतदान सम्पन्न भएको थियो। यस क्रममा खुलनास्थित एक मतदान केन्द्र बाहिर जमात–ए–इस्लामीका कार्यकर्तासँग झडप हुँदा बीएनपी नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको छ। यस्तै गोपालगन्ज सदर क्षेत्रमा भएको विस्फोटमा तीन जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
मतदान सकिएपछि अन्तरिम सरकारका प्रमुख Muhammad Yunusले “आज नयाँ बंगलादेशको जन्म भएको छ” भन्दै प्रतिक्रिया दिएका छन्।
उता पूर्वप्रधानमन्त्री शेख हसिनाले भने निर्वाचन धाँधलीपूर्ण भएको आरोप लगाउँदै चुनाव रद्द गर्न र युनुसको राजीनामा माग गरेकी छन्। यस निर्वाचनमा उनको पार्टी Awami Leagueलाई सहभागी हुन प्रतिबन्ध लगाइएको थियो।
१४ सयभन्दा बढीको ज्यान जाने विद्यार्थी आन्दोलन नियन्त्रण गर्न नसकेपछि शेख हसिना २०२४ अगस्ट ५ मा हेलिकप्टरमार्फत भारत प्रस्थान गरेकी थिइन् र हाल पनि त्यहीं बस्दै आएकी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - ०९:४०
काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...
चैत्र १ गते, २०८२ - ०९:३४
चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ । कृषि विकास कार्यालयका कृषि ...
चैत्र १ गते, २०८२ - ०९:३१
ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...
चैत्र १ गते, २०८२ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ। निर्वाचन आयोगले तीन दिनभित्र सम...
चैत्र १ गते, २०८२ - ०७:५९
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...
चैत्र १ गते, २०८२ - ०७:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...
चैत्र १ गते, २०८२ - ०७:४५
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...
चैत्र १ गते, २०८२ - ०७:४१
म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...
चैत्र १ गते, २०८२ - ०७:३७
गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । मनकामना मन्दिर दर्शन गरेर फर्कंद...
चैत्र १ गते, २०८२ - ०७:३१
कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ । बजार अनुगमनका ...


प्रतिकृया लेख्नुहोस्: