सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ पार्टी र नयाँ नेतृत्वमा मतदान गर्न चाहनेका लागि कांग्रेस नै उत्तम विकल्प भएको बताउछन् ।
सर्लाहीको धनकौलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस विरासतलाई बोकेर नयाँ रूपमा नीति र नेतृत्वसहित आएकाले यो नै नयाँ पार्टी भएको दाबी गरे।
उहाँले भन्नुभयो, 'यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो । किनकि कांग्रेस विरासतलाई बोकेर नयाँ रूपमा नीति र नेतृत्व लिएर आएको छ ।'
देशको भविष्य युवाहरूको काँधमा रहेको चर्चा गर्दै उनले युवाहरूको उत्साहपूर्ण उपस्थितिले आफूलाई खुसी तुल्याएको बताए। उनी भन्न्छन्, ूसधैँ अरूले भन्ने गर्थे खै युवाहरू कहाँ छन् ? तर आज यहाँ धनकौलमा युवाहरू खासगरी जेन–जी पुस्ता देखेपछि धेरै खुसी भएको छु । उहाँहरूको विचार र क्षमताको म कदर गर्न चाहन्छु ।'
सभापति थापाले मधेसको जग बलियो बनाउन शिक्षा, स्वास्थ्य र सिँचाइ अपरिहार्य रहेको उल्लेख गर्दै त्यसका लागि युवाहरूले मतदानमार्फत कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिए। उनका अनुसार सर्लाहीसहित मधेसका जिल्लामा रहेका समस्या समाधानका लागि युवाहरूले प्रत्येक परिवारलाई कांग्रेसको एजेन्डा बुझाउनु आवश्यक छ ।
उनले सर्लाहीका विशिष्ट माग र समस्यालाई कांग्रेसको आगामी संकल्पपत्रमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे। यसै विषयमा छलफल गर्न आफू आजै काठमाडौँ फर्कन लागेको र चाँडै फेरि मधेस आउने उनको भनाइ छ ।
कांग्रेससँग देश चलाउने उत्साह र अनुभव दुवै रहेकाले देशको नेतृत्वका लागि अवसर दिन उहाँ मतदातासँग आग्रह गर्नुहुन्छ ।
उनी भन्न्छन्, 'देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भनेर 'प्रोजेक्ट गभर्मेन्ट' तयार छ । प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन अनुसन्धान गरेका छौँ । त्यसलाई कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातामा छ ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - १७:३९
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...
बैशाख ३ गते, २०८३ - १७:१४
सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...
बैशाख ३ गते, २०८३ - १६:५६
बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...
बैशाख ३ गते, २०८३ - १६:४३
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...
बैशाख ३ गते, २०८३ - १६:२६
फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...
बैशाख ३ गते, २०८३ - १६:१५
काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्याउने कार्य प्रारम्भ...
बैशाख ३ गते, २०८३ - १५:४४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...
बैशाख ३ गते, २०८३ - १५:३५
पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली ...
बैशाख ३ गते, २०८३ - १५:२४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...
बैशाख ३ गते, २०८३ - १५:१६
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...


प्रतिकृया लेख्नुहोस्: