Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

करिब दुई करोड मूल्यको कपडा बरामद, भन्सार र सशस्त्र प्रहरी बलमाथि उठ्दै प्रश्न

खबरडबली संवाददाता

इटहरी। भारतीय सिमा क्षेत्रबाट नेपाल भित्रिएको करिब दुई करोड मूल्य बराबरको कपडाजन्य सामाग्रीसहितको दुई वटा ट्रक बिराटनगरबाट नियन्त्रण भएसँगै भन्सार कर्मचारी र सशस्त्र प्रहरी बलको ‘सेटिङ’मा सो क्षेत्रमा तस्करी बढेको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले भन्सार नाकाबाट सहज रुपमा नेपाल भित्राइएका एक करोड ८१ लाखभन्दा बढी मूल्यको कपडा र अन्य सामानसहितको प्रदेश ३–०१–००५ ख ९४२५ र प्रदेश ३–०१–००६ ख १३०८ नम्बरका ६ ट्रक नियन्त्रणमा लिई पछि सो क्षेत्रबाट अबैध तस्करी भएरहेको पुष्टि भएको हो । सो क्रममा दुबै ट्रकका चालकलाइ पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसरी भारतीय बजार जोगबनी तथा आसपासको क्षेत्रबाट खुलेआम रुपमा अवैध तस्करी भएरहेको पुष्टि भइरहदा सो क्षेत्रको सीमा सुरक्षाका अतिरिक्त राजस्व चुहावट नियन्त्रणमा परिचालित सशस्त्र प्रहरी बल गुल्म तथा विराटनगर भन्सार कार्यालयका कर्मचारीमाथि पनि प्रश्न चिन्ह उठेको छ ।

सिमानाकामा ठुलो सङ्ख्यामा भन्सार कर्मचारी तथा सशस्त्र प्रहरी बलको टोली परिचालित भइरहदा कसरी पूर्ण रुपमा भन्सार छलेर, यथार्थ भन्दा कम मूल्य र परिमाणका बिलबिजक कायम गरिएको लगायतका सामानहरु नेपाल भित्रिन्छन्  भन्ने प्रश्न उठ्न थालेसँगै उनीहरुकै सेटिङ र मिलेमतोमा तस्करी भएरहेको अनुमान पनि बढेन थालेको छ । विराटनगर भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको रुपमा उमेश श्रेष्ठ र सशस्त्र प्रहरी बल गुल्ममा सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खडकाले नेतृत्व सम्हाल्नु भएको छ ।

भन्सार नाकाबाट भित्रिएको अबस्थामा प्रहरीले बरामद गरेको दुई ट्रक सामानहरु बिल विजकभन्दा बढी तर कम मूल्याङ्कन गरी राजश्व चुहावट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले बताउनुभयो । प्रहरीले बरामद गरेको दुई ट्रक सामान र चालकहरुमाथि थप अनुसन्धान र कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ । 

राजस्व अनुसन्धान कार्यालय इटहरीका अनुसन्धान अधिकृत रमण भट्टराइले सो ट्रक र सामान आफ्नो कार्यालयको नियन्त्रणमा रहेको र धनी सम्पर्कमा नआएको कारण अनुसन्धान प्रक्रिया अगाडि नबढेको बताए। उनले सामान धनी आएर चेकजाँच र छानविनका लागि आवेदन नदिएसम्म आफुहरुले छानविन र अनुसन्धानको औपचारिक काम अगाडि बढाउन नसम्ने जानकारी दिए।

प्रहरीले बिलबिजकभन्दा बढी परिमाणमा तथा कम मूल्याङ्कन गरी राजस्व छलेको भन्दै बरामद गरी राजस्वमा सामान पठाएको यस प्रकरणको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत जानकारी पठाइएको छ । यस सन्दर्भमा अख्तियारको इटहरी कार्यालयले पनि सुक्ष्म रुपमा जानकारी लिइरहेको बुझिइएको छ ।

यो घटनालाई मात्रै सामान्य आधार मानेर हेर्ने हो भने पनि रानी क्षेत्रबाट व्यापक रुपमा तस्करीका घटना भइरहेको र यसलाइ नियन्त्रण गर्ने निकायमा बस्नेहरुबाट नै सेटिङ र अनियमितता हुने गरेको स्पष्ट छ ।

यसरी रानी र आसपासका नाका तथा सीमा क्षेत्रमा प्रभावकारी अनुगमन र शून्य सहनशीलताको नीति कार्यान्वयन नभएसम्म राजस्व चुहावट नियन्त्रण चुनौतीपूर्ण रहने विश्लेषकहरूको भनाइ छ ।

भन्सार र सशस्त्र प्रहरी बलमाथि उठ्दै प्रश्न
यो घटना सार्वजनिक भएसँगै स्थानीय व्यवसायी, सरोकारवाला तथा सुरक्षा विज्ञहरूले सीमा नाकामा हुने जाँच प्रक्रिया र राजस्व सङ्कलन प्रणालीमाथि प्रश्न उठाउन थालेका छन् । बरामद गरिएको सामानको परिमाण र मूल्य हेर्दा यति ठुलो मात्रामा सामग्री सीमा नाका पार गरेर आइसकेपछि मात्रै नियन्त्रणमा पर्नु प्रणालीगत कमजोरीको सङ्केत हुन सक्ने विश्लेषण गरिएको छ ।
सीमा नाकाबाट नेपाल प्रवेश गर्ने सबै आयातित सामानले अनिवार्य रूपमा विराटनगर भन्सार कार्यालय मार्फत प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । तर बिलबिजकभन्दा बढी सामान फेला पर्नु तथा कम मूल्याङ्कनको आशङ्का देखिनुले भन्सार जाँच प्रणाली प्रभावकारी छ कि छैन भन्ने प्रश्न उब्जिएको छ ।

स्थानीय व्यवसायीहरुले भन्सार कर्मचारी, सशस्त्र प्रहरी र आयातकर्ताबिच मिलेमतोको सम्भावना छ कि भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरिरहेका छन् ।

राजश्व चुहावट नियन्त्रण र सीमा सुरक्षाका लागि परिचालित सशस्त्र प्रहरी बल नेपालले पनि नियमित गस्ती तथा जाँच गर्ने जिम्मेवारी वहन गर्दै आएको छ । तर यस क्रममा रानी गुल्ममा करिब दुई महिना अघि नयाँ गुल्मपति आएपछि अहिले नाका तथा आसपास क्षेत्रबाट तस्करीका गतिविधि बढ्न थालेको आरोप लागेको छ । यो घटनालाई मात्रै आधार मान्ने हो भने यति ठुलो परिमाणको सामान बिलबिजकभन्दा फरक विवरणसहित भित्रिनु निगरानी संयन्त्रबिच समन्वय कमजोर भएको हो वा कतै मिलेमतोको आशङ्का त छैन भन्ने विषयमा सार्वजनिक चासो बढेको छ ।

यसरी सिमावर्ती क्षेत्रबाट भन्सार छलेर र न्यून विजकीकरण गरेर सामान अवैध रूपमा भित्रिन सक्ने विषयलाई दृष्टिगत गरी व्यापक रूपमा गस्तीसमेत परिचालन गरिरहेको राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत भट्टराइको दाबी छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राज्य सञ्चालनमा युवाको बढ्दो सहभागिता उत्साहजनक : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनमा युवापुस्ताको बढ्दो सहभागितालाई उत्साहजनक बताएका छन्। उनले एकातर्फ युवाको भूमिकालाई सक...

सशस्त्र प्रहरीलाई व्यावसायिक र दक्ष बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नरा...

प्रधानमन्त्रीको भारत भ्रमणको निम्तो आइसकेको छ, यद्यपि मिति तय भएको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि निम्तो आएको बताएका छन्। सोमबार विमानस्थलमा आयोजित पत्रकार सम्...

कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक वैशाख २ मा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गतेका लागि बोलाएको छ। अनुशासन समितिका सचिव दिनेश...

प्रशासकीय अधिकृत र आरके कन्स्ट्रक्सन सञ्चालकविरुद्ध अख्तियारद्वारा मुद्दा, जनही २२ लाख ४४ हजार बिगो माग

काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य तथा आर।के। कन्स्ट्रक्सन कम्पनी सुर्खेतका सञ्चालक सुवास कार्की...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटरमा ताला

काठमाडौं । समाज कल्याण परिषद् अन्तर्गत रहेको भृकुटीमण्डप क्षेत्रमा भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ। वर्षौंदेखि भाडा नतिर्ने ५६ वटा सटल...

बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्री शाह छलफलमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदहरूसँग छलफल गरेका छन्। छलफल सिंहदरबारस्थित ...

जलेश्वरमा सांसद अमरेश सिंहविरुद्ध आफ्नै पार्टी कार्यकर्ताको गरे नाराबाजी

जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका स्थानीय कार्यकर्ताले प्...

चर्को आलोचना भएपछि गृहमन्त्री गुरुङले हटाए सम्पत्ति विवरणबारे लेखेको पोस्ट

काठमाडौं । सुधन गुरुङले सम्पत्ति विवरणसम्बन्धी सामाजिक सञ्जालमा गरेको टिप्पणी पछि हटाएका छन्। आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको ...

संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सांसदहरूले अर्थमन्त्रीलाई बोलाएर आगामी बजेट तथा आर्थिक नीतिबारे छलफल गर्नुप...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending