काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको शासकीय स्वरूप सम्बन्धी आफ्नो पूर्व एजेन्डालाई चुनाव केन्द्रित नयाँ घोषणापत्रमा समावेश नगर्ने निर्णय गरेको छ। शनिबार सार्वजनिक गरिएको घोषणापत्रमा उक्त व्यवस्था उल्लेख गरिएको छैन।
यसअघि राप्रपाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आवाज उठाउँदै आएको थियो। तर, सो विषयमा पार्टीभित्रै दुई धार देखिएको थियो। अध्यक्ष राजेन्द्र लिङ्देन प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा रहँदै आएका थिए भने वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायतका नेताहरू उक्त व्यवस्थाको विपक्षमा थिए। आन्तरिक मतभेदका बीच अन्तत: घोषणापत्रमा यो विषय समेटिएको छैन।
घोषणापत्रमा भने प्रदेश संरचना खारेज गर्नुपर्ने धारणा दोहोर्याइएको छ। राप्रपाले दुई तहको मात्रै सरकार—केन्द्र र स्थानीय तह—हुनुपर्ने प्रस्ताव अघि सारेको छ। साथै, स्थानीय तहका जनप्रतिनिधि गैरदलीय हुनुपर्ने पक्षमा पार्टी देखिएको छ।
राप्रपाले अभिभावकीय संस्थाका रूपमा राजसंस्था पुन:स्थापना हुनुपर्ने मान्यता पनि अघि सारेको छ। त्यस्तै, पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम हुनुपर्ने एजेन्डा घोषणापत्रमा समावेश गरिएको छ।
निर्वाचन प्रणालीमा व्यापक सुधार आवश्यक रहेको उल्लेख गर्दै राप्रपाले वर्तमान व्यवस्थामा परिवर्तनको आवश्यकता औंल्याएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १६:४३
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयप्रति आफूहरूको पूर्ण विश्वास रहेको बताएका छन् । उनले पञ...
श्रावण ३१ गते, २०८३ - १६:३४
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलनको समापन समारोहमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का अनुपस्थि...
श्रावण ३१ गते, २०८३ - १६:०७
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता मापन गर्ने आधार पद र सत्ता मात्र हुन नसक्ने बताएका छन् । आइतबार धर्म गौतमद्वारा लिखि...
श्रावण ३१ गते, २०८३ - १६:०७
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता मापन गर्ने आधार पद र सत्ता मात्र हुन नसक्ने बताएका छन् । आइतबार धर्म गौतमद्वारा लिखि...
श्रावण ३१ गते, २०८३ - १५:५१
बिर्तामोड । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन तथा नेतृत्व परिवर्तनका विषयमा चलाइएको चर्चा निरर्थक भएको बताएका छन् । बिर्तामोडम...
श्रावण ३१ गते, २०८३ - १५:३४
दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई पद र व्यक्तिगत स्वार्थभन्दामाथि उठेर देश र जनताको ह...
श्रावण ३१ गते, २०८३ - १५:०७
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले कटान तीव्र पारेपछि तटीय क्षेत्रमा जोखिम उच्च बनेको छ । लगातारको वर्षासँगै उर्लिएर आए...
श्रावण ३१ गते, २०८३ - १४:४१
काठमाडौं । नेपाली कांग्रेसको तीनदिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने विशेष प्र...
श्रावण ३१ गते, २०८३ - १४:३०
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा धर्मसम्बन्धी विषयलाई लिएर शीर्ष नेताहरूबीच विवाद भएको छ ।...
श्रावण ३१ गते, २०८३ - १४:०७
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भए पनि कुनै धर्म वा समुदायको विरोधी नरहेको स्पष्ट पारेक...



प्रतिकृया लेख्नुहोस्: