काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पितृशोकको दशौं दिनमा आफ्नो बाल्यकालका पूज्य पिताप्रतिको भावुक स्मरण सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले बुवासँग जोडिएको एउटा सानो घटनाले आफ्नो जीवनमा गहिरो प्रभाव पारेको उल्लेख गरेका छन्।
भट्टराईले आफू जीवनभर बा–आमा र गुरु–गुरुआमाबाट अपार माया पाएको स्मरण गर्दै लेखेका छन् कि उनले कहिल्यै हप्काइ वा पिटाइ सम्झनु परेको छैन। तर बाल्यकालको एक दिन बुवाले हल्का रिसाउँदै भनेको एउटा वाक्यले भने जीवनभरका लागि चेतावनीको रूपमा काम गरेको उनले उल्लेख गरेका छन्।
बाल्यकालको त्यो दिन
उनका अनुसार त्यतिबेला उनी करिब १०–११ वर्षका थिए र पाँच–छ कक्षामा अध्ययनरत थिए। आमाबुवा गाउँकै कामकाजमा व्यस्त रहने परिवारिक परिवेशमा एक दिन आमा मामाघर गएको र बुवा बेंसीमा काम गर्न गएका बेला घरमा भात पकाउने जिम्मेवारी उनकै थियो।
त्यही दिन घरका गोठाला बेंसीबाट छिट्टै फर्किएर ‘माना चामल’ माग्न आएका थिए। तत्कालीन चलनअनुसार हली–गोठालालाई वार्षिक जिन्सी, लुगा र दैनिक खाना दिने प्रचलन थियो।
भट्टराईले पकाएको भात हुँदाहुँदै पनि गोठालाको आग्रहमा उनलाई माना चामल दिएको स्मरण गरेका छन्। साँझ बेंसीबाट फर्किएपछि बुवाले गोठाला घर गएको सुनेर असन्तुष्टि व्यक्त गर्दै भनेका रहेछन् “पाकेको भात छोडेर जानेलाई माना चामल दिने हो त? यस्ता मोराले के गरिखान्छन्!”
जीवनभरको शिक्षा
भट्टराईका अनुसार “यस्ता मोराले के गरिखान्छन्” भन्ने वाक्यले त्यतिबेला आफूलाई गहिरो चोट पुगेझैं बनाएको थियो। तर पछि त्यही शब्द जीवनभरका लागि सतर्क गराउने उपदेशका रूपमा रहिरह्यो। उनले उक्त स्मरणमार्फत श्रम, अनुशासन र जिम्मेवारीप्रतिको बुवाको दृष्टिकोणले आफूलाई जीवनमा सजग बनाएको संकेत गरेका छन्।
डा. भट्टराईले पितृशोकको यस संवेदनशील घडीमा बुवाको सम्झनालाई जीवनपथको मार्गदर्शनको रूपमा प्रस्तुत गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८३ - ०७:३१
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...
जेष्ठ २ गते, २०८३ - ०७:२५
काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...
जेष्ठ २ गते, २०८३ - ०७:१८
काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...
जेष्ठ २ गते, २०८३ - ०७:०४
बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...
जेष्ठ २ गते, २०८३ - ०७:०१
सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...
जेष्ठ २ गते, २०८३ - ०६:५८
भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...
जेष्ठ २ गते, २०८३ - ०६:५३
काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...
जेष्ठ २ गते, २०८३ - ०६:४९
काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...
जेष्ठ २ गते, २०८३ - ०६:४६
काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...
जेष्ठ २ गते, २०८३ - ०६:४२
काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...



प्रतिकृया लेख्नुहोस्: