दमक। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रञ्जित तामाङले ‘झापा ५ : भिजन ७’ कार्ययोजना सार्वजनिक गर्नुभएको छ । आइतबार दमकमा आयोजित पत्रकार सम्मेलनमार्फत तामाङले २५ मिसन, २१ लक्ष्य र १७० वटा गौरवका आयोजना समेटिएको पाँचवर्षे कार्ययोजना सार्वजनिक गरेको हो ।
उनका अनुसार निर्वाचन क्षेत्रअन्तर्गतका २९ वडामा हरेक वर्ष कम्तीमा एक–एक गौरवका योजना सञ्चालन गरिने छ । “हरेक वडामा बर्सेनि एउटा गौरवको योजना सञ्चालन गर्दा पाँच वर्षमा लक्ष्य सहजै पूरा हुन्छ,” तामाङले भने। उनले आफू स्थानीय र युवा उम्मेदवार भएकाले नयाँ पुस्ताको चाहना र ‘नवयुवाको विद्रोह’ अनुसार काम गर्न सक्ने दाबी गरे।
तामाङले गुणस्तरीय तथा प्राविधिक शिक्षा, स्वास्थ्य सेवामा सुधार, कृषि उद्योग र व्यवसाय प्रवर्द्धन, रोजगारी सिर्जना, भौतिक पूर्वाधार विकास, सुशासन, सामाजिक समावेशीकरण, संस्कृति संरक्षण तथा वातावरण व्यवस्थापनलाई प्राथमिकता दिइएको जानकारी दिए।
योजनाअनुसार २९ वडामा २९ आयोजना सञ्चालन गर्दा पाँच वर्षमा १४५ योजना सम्पन्न हुने उनको दाबी छ । त्यसैगरी चार स्थानीय तहमा प्रत्येक वर्ष चार–चार योजना सञ्चालन गरी पाँच वर्षमा २० योजना सम्पन्न गरिने उल्लेख छ । सम्पूर्ण निर्वाचन क्षेत्रका लागि प्रत्येक वर्ष एक विशेष योजना अघि सार्दै पाँच वर्षमा पाँच ठूला योजना कार्यान्वयन गरिने उनले बताए।
झापा क्षेत्र नं. ५ मा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह र नेपाली कांग्रेसकी नेत्री मन्दरा पौड्यालगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्। तामाङले अन्य दलका उम्मेदवारको चर्चा बढी भए पनि ठोस योजना नरहेको आरोप लगाए।
यसअघि नेकपा (एमाले) ले ‘ओलीलाई मत किन? शीर्षकमा बुँदागत कारण सार्वजनिक गर्दै आफ्नो पक्षमा मत दिन मतदातालाई आग्रह गरेको थियो । निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा उम्मेदवारहरूबीच एजेन्डा र विकास योजनालाई केन्द्रमा राखेर प्रतिस्पर्धा तीव्र बनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३० गते, २०८२ - १७:२०
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनमा युवापुस्ताको बढ्दो सहभागितालाई उत्साहजनक बताएका छन्। उनले एकातर्फ युवाको भूमिकालाई सक...
चैत्र ३० गते, २०८२ - १६:५८
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नरा...
चैत्र ३० गते, २०८२ - १६:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि निम्तो आएको बताएका छन्। सोमबार विमानस्थलमा आयोजित पत्रकार सम्...
चैत्र ३० गते, २०८२ - १६:३४
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गतेका लागि बोलाएको छ। अनुशासन समितिका सचिव दिनेश...
चैत्र ३० गते, २०८२ - १५:५०
काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य तथा आर।के। कन्स्ट्रक्सन कम्पनी सुर्खेतका सञ्चालक सुवास कार्की...
चैत्र ३० गते, २०८२ - १५:४५
काठमाडौं । समाज कल्याण परिषद् अन्तर्गत रहेको भृकुटीमण्डप क्षेत्रमा भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ। वर्षौंदेखि भाडा नतिर्ने ५६ वटा सटल...
चैत्र ३० गते, २०८२ - १५:३१
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदहरूसँग छलफल गरेका छन्। छलफल सिंहदरबारस्थित ...
चैत्र ३० गते, २०८२ - १५:१७
जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका स्थानीय कार्यकर्ताले प्...
चैत्र ३० गते, २०८२ - १५:०२
काठमाडौं । सुधन गुरुङले सम्पत्ति विवरणसम्बन्धी सामाजिक सञ्जालमा गरेको टिप्पणी पछि हटाएका छन्। आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको ...
चैत्र ३० गते, २०८२ - १४:५३
काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सांसदहरूले अर्थमन्त्रीलाई बोलाएर आगामी बजेट तथा आर्थिक नीतिबारे छलफल गर्नुप...


प्रतिकृया लेख्नुहोस्: