Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

राजनीतिक दल र उम्मेदवारलाई ६४ बुँदे निर्देशन जारी

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल र उम्मेदवारहरूका लागि ६४ बुँदे निर्देशन जारी गरेको छ।

आइतबार आयोगमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहितासम्बन्धी प्रावधान समेटेर उक्त निर्देशन जारी गरिएको जानकारी दिए।

निर्देशनअनुसार उम्मेदवारहरूले फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा र घरदैलो कार्यक्रम गर्न पाउनेछन्। प्रचारप्रसारका गतिविधि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ।

त्यस्तै, निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने र निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्चको पूर्ण विवरण आयोगमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। टिसर्ट, टोपी, झोला, मास्क वा लकेटजस्ता निर्वाचन चिह्न अंकित सामग्री वितरण तथा प्रयोग गर्न निषेध गरिएको छ।

आचारसंहिताको पूर्ण पालना भए–नभएको आयोगले नियमित अनुगमन गर्ने र उल्लंघन भएको पाइएमा सचेत गराउनेदेखि दण्ड–जरिवाना तथा उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्ने भण्डारीले जानकारी दिए।

आचारसंहिता राजनीतिक दल तथा सरोकारवाला पक्षसँगको परामर्शपछि तयार गरिएको उल्लेख गर्दै उनले सबै दल र उम्मेदवारले यसको पूर्ण पालना गर्ने विश्वास व्यक्त गरे। आचारसंहिता उल्लंघन गरेमा ६ वर्षसम्म कुनै पनि राजनीतिक प्रतिस्पर्धामा भाग लिन नपाउने व्यवस्था समेत रहेको उहाँले स्पष्ट पारे।

यसैगरी, मतदाता शिक्षाका लागि विनियोजित बजेटको प्रभावकारी उपयोग भए–नभएको विषयमा पनि आयोगले नजिकबाट अनुगमन गरिरहेको जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६ दलको साझा एजेन्डा सार्वजनिक: बालेन सरकारको ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्वजनिक

काठमाडाैं । बालेन नेतृत्वको सरकारले छ वटा राष्ट्रिय दलका घोषणापत्र, बाचापत्र र प्रतिबद्धतालाई एउटै दस्ताबेजमा गाँसेर ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्व...

पूर्व विद्यार्थीबाट गरिएको अन्धाधुन्ध गोलीकाण्डमा १६ जना घाइते

काठमाडाैँ । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा पूर्व विद्यार्थीबाट गरिएको अन्धाधुन्ध गोलीकाण्डमा कम्तीमा १६ जना घाइते भएका छन् । यस गो...

सडक दुर्घटनामा दुई जनाको मृत्यु

कैलाली । कैलाली जिल्लाको लम्की चुहा नगरपालिका–७ गुलरास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा लम्की ...

अरनिको राजमार्गः आजदेखि दुईतर्फी आवागमन

काभ्रेपलाञ्चोक । स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा आजदेखि दुईतर्फी आवागमन गराइएको छ । सडक कलोपत्रे गर...

उपत्यकामा रात्रिकालीन बस सेवा सुरु

काठमाडौँ।  काठमाडौँ महानगरपालिकाको संयोजनमा उपत्यकामा रात्रिकालीन बस सेवा सुरु गरिएको छ । महानगरसहित विभिन्न पालिका र साझा यातायातको सहकार्यमा सेवा सञ...

आकस्मिक गस्ती’ कि आकस्मिक प्रदर्शन ? फिल्डमा गृहमन्त्री, दबाबमा प्रहरी !

काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...

बिसुपर्व मनाउन घर फर्कँदै नेपाली

कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...

हदबन्दीको कागज र सत्ता वरिपरि फैलिएको जग्गा : कानुन, परिवार र ‘लुपहोल’को कथा

काठमाडौं।  नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...

सुनको कसीमा सरकार : ‘स्वर्णिम’ व्यंग्यदेखि ‘पहेँलपुर’ यथार्थसम्म

काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...

बागमती प्रदेशका सांसदहरूसँगको छलफल प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending