Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव कांग्रेसमा प्रवेश

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

सप्तरीको राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा उनलाई औपचारिक रूपमा पार्टी प्रवेश गराइएको हो।

जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सन्तकुमार मण्डल तथा राष्ट्रियसभा सदस्य रञ्जित कर्णले देवलाई फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए।

पार्टी प्रवेशपछि नेता देवले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै विशेष महाधिवेशनले अघि सारेका नवीन नीतिहरू आत्मसात् गरेको बताएका छन्।

विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय देवले एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै विभिन्न चरण पार गर्दै पुन: कांग्रेसको राजनीति रोजेका हुन्।

संविधानसभा सदस्य तथा पूर्वमन्त्री देवले गत माघ १९ गते एमाले परित्याग गरेका थिए। त्यसअघि असार २०८१ मा कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका थिए।

देव यसअघि कांग्रेसबाट राष्ट्रियसभा सदस्यसमेत बनेका थिए। फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी कांग्रेसको राजनीतिमा सक्रिय रहेका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महेन्द्र राजमार्गको गोरुसिङे-बनगाई सडकखण्डको जङ्गलमा शङ्कास्पद वस्तु फेला

तौलिहवा । महेन्द्रराज मार्गको अन्तर्गतको गोरुसिङे(बनगाई सडकखण्डको जङ्गल क्षेत्रमा पर्ने ड्राइ नाला नजिकै शङ्कास्पद वस्तु फेला परेको छ । स्थानीयवासी...

पतञ्जलि जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा पेसीमा तोकियो

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद...

बदर मत घटाउन मुस्ताङमा घरदैलोमै मतदाता शिक्षा

मुस्ताङ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मुस्ताङमा मतदाता शिक्षा विशेष कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्याल...

कपिलवस्तुको बरगदी पुलमा शङ्कास्पद बस्तु फेला

कपिलबस्तु। कपिलवस्तुको तौलिहवा बहादुरगंज सडक खण्डको बरगदी पुलमा शङ्कास्पद बस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक...

सुनको मूल्य ह्वात्तै घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छभने चाँदीको मोल भने बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा रु ९०० ले घटेको छ भने चाँदी रु ...

एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव कांग्रेसमा प्रवेश

काठमाडौं । नेकपा एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सप्तरीको राजविराजस्थित कांग्रेस पार्टी क...

दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुर्गा प्रसाई लाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरेको छ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठ...

अब कांग्रेस एउटै व्यक्तिको अवसरको पार्टी हुँदैन: उपसभापति शर्मा

तनहुँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिन सक्ने शक्ति भएकाले मात्र देश बदल्न सक्ने दाबी गरेको छन्। सोमबार दमौलीमा नोपली कांग्रेस तनह...

दुर्गा प्रसाईलाई बिना सर्त रिहा गर्न आम जनता पार्टीको माग

काठमाडौं । आम जनता पार्टी (आजपा) ले दुर्गा प्रसाईलाई बिना सर्त रिहा गर्न सरकारसँग माग गरेको छ। प्रसाई सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ प...

दुई दलले बुझाए घोषणापत्र

रुकुमपश्चिम। रुकुमपश्चिममा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी १२ दलमध्ये दुई दलले मात्र चुनावी घोषणापत्र बुझाएका छन् । निर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE