Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

नेकपाको आन्तरिक विश्लेषण- प्रत्यक्षमा ५६ सिट र समानुपातिकमा २० लाख मतको लक्ष्य

कुन प्रदेशमा कस्तो छ अवस्था ? हेर्नुस् प्रदेशगत आकलन

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ आफ्नो सिट संख्या बढ्ने आन्तरिक विश्लेषण गरेको छ। पार्टीले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ र देशभरका निर्वाचन परिचालन समितिबाट संकलित रिपोर्टलाई केन्द्रीय प्रचार समितिले पुनःप्रमाणीकरण गरेको जनाएको छ।

प्रचार समिति संयोजक अग्नि सापकोटाका अनुसार प्रारम्भिक विश्लेषणले प्रत्यक्षतर्फ ५६ सिट जित्ने र ६६ सिटमा कडा प्रतिस्पर्धा हुने देखाएको छ। समानुपातिकतर्फ २० लाखभन्दा बढी मत प्राप्त हुने दाबी पनि उनले गरेका छन्।

पार्टी नेताहरूका अनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी तथा जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ लगायतसँगको सहकार्यले समानुपातिक मतमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।

२०७९ सालको निर्वाचनमा पाँच दलीय गठबन्धनका कारण माओवादी केन्द्रले ४७ क्षेत्रमा मात्रै उम्मेदवारी दिएको थियो। त्यसबेला उसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकमा ११ लाख ७२ हजार मत प्राप्त गरेको थियो।

देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव बढिरहेको भए पनि त्यसले आफ्नो मतमा ठूलो असर नपार्ने नेकपाको दाबी छ। यद्यपि सिन्धुली, दाङ र तराईका केही क्षेत्रमा पार्टीभित्रकै असन्तुष्टि र स्वतन्त्र उम्मेदवारीले असर पार्ने संकेत गरिएको छ।

नेताहरूका अनुसार प्रदेशगत विश्लेषणमा ३७ सिट जित्ने निष्कर्ष देखिए पनि समग्रमा प्रत्यक्षतर्फ ५६ सिट जित्ने विश्वास गरिएको छ। समानुपातिकमा करिब २० लाख मत ल्याएर करिब २३ सिट सुरक्षित गर्ने नेकपाको लक्ष्य छ।

प्रदेशगत आकलन

सुदूरपश्चिम : १६ मध्ये १४ सिटमा आफ्ना उम्मेदवार प्रतिस्पर्धामा रहेको नेकपाको विश्लेषण छ। ५ देखि ७ सिट जित्ने दाबी गरेको छ। कांग्रेस र एमालेसँग मुख्य प्रतिस्पर्धा हुने अनुमान छ।

कर्णाली : सबैभन्दा राम्रो नतिजा आउने प्रदेशका रूपमा कर्णालीलाई लिइएको छ। १२ निर्वाचन क्षेत्रमध्ये ७ सिट जित्ने आन्तरिक विश्लेषण छ। हुम्ला, जाजरकोट र सल्यान जित्ने सूचीमा छन् भने सुर्खेत, दैलेख र मुगुमा कडा प्रतिस्पर्धा हुने देखिएको छ।

लुम्बिनी : रुकुम पूर्व, रोल्पा, बर्दिया र कपिलवस्तुको एक क्षेत्रमा जित सुनिश्चित गरिएको दाबी छ। रुकुम पूर्वबाट अध्यक्ष प्रचण्ड र रोल्पाबाट वर्षमान पुन उम्मेदवार छन्।

गण्डकी : गोरखाका दुई र बागलुङ–२ जित्ने अपेक्षा गरिएको छ। मनाङ र लमजुङमा प्रतिस्पर्धा हुने आकलन छ।

बागमती : काठमाडौंको एक, सिन्धुपाल्चोकका दुई, धादिङ, चितवन–३, काभ्रे, दोलखा र रामेछाप जित्ने सूचीमा राखिएको छ। केही क्षेत्रमा कडा प्रतिस्पर्धा हुने बताइएको छ।

मधेस : ३२ निर्वाचन क्षेत्रमध्ये कम्तीमा ६ सिट जित्ने लक्ष्य राखिएको छ। सर्लाही, महोत्तरी, रौतहट र सिरहामा जितको सम्भावना औंल्याइएको छ भने बारा र पर्सामा कठिन प्रतिस्पर्धा हुने अनुमान छ।

कोसी : ४ क्षेत्रमा जित र ४ मा प्रतिस्पर्धा हुने रिपोर्ट आएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending