हुम्ला। चुनावी प्रचार गर्ने आआफ्नै शैली र तरिकाहरू फागुन २१ गतेको प्रतिनिधिसभाको सदस्य निर्वाचनका लागि हुम्ला जिल्लामा पनि देखिएको छ ।
उम्मेदवार र दलका नेता कार्यकर्ता मिलेर एउटा गाउँमा सामूहिक फलफूलका बिरुवा लगाउने कार्यमा जनश्रमदानका लागि खटिएर ती उम्मेदवारले नयाँ तरिकाबाट मतदाताको मन जित्ने प्रयास गरेको हो ।
उक्त निर्वाचनमा नेकपा माओवादीका उम्मेदवार कुम्भ बूढा र उहाँको चुनावी प्रचारका लागि गाउँगाउँमा मतदाता भेट्न खटिएको टोलीले खाली जग्गामा खाल्डो खनेर सामूहिक खेतीका लागि फलफूलका बिरुवा रोप्ने कार्य गरेको हो ।
नेकपा माओवादी पार्टीको केन्द्रीय नीति अनुसार हुम्ला जिल्लामा पनि मतदाता भेट्ने कार्यसँगै बिरुवा लगाउने कार्य सुरु भएको उनले बताए।
बिहीबार उनको नेतृत्वमा रहेको चुनावी प्रचार प्रसार टोलीले खार्पुनाथ गाउँपालिका– १ को पिउस गाउँमा दुई सय बोट स्याउ र ओखरका बिरुवा लगाएको हो ।
हुम्लामा यो नयाँ र फरक शैलीबाट मतदाता भेट्ने र मन जित्ने कार्य भएको सो पार्टीका उम्मेदवारले गरेको सञ्चारकर्मी नरजन तामाङले बताए। उनले आफू मात्र नभएर गाउँगाउँमा मतदाताहरूलाई यसरी खेतीपाती गर्न आग्रह समेत गर्न थालेको उनले बताए।
उम्मेदवार बुढाको टोलीले अब गाउँगाउँमा यसरी सामूहिक खेतीका लागि फलफूलका बिरुवा लगाउने कार्य जारी राख्ने जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ११ गते, २०८३ - १७:२५
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ।...
बैशाख ११ गते, २०८३ - १७:१४
काठमाडौं । काठमाडौंको साँखु क्षेत्रमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो ले अपरेसनका क्रम...
बैशाख ११ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले उपत्यकाभित्र रहेका अव्यवस्थित बस्ती हटाएर व्यवस्थित गर्न सबै सरोकारवाला निकायलाई समेटेर विस्तृत कार्ययोजना तयार गरेको छ। शहरी वि...
बैशाख ११ गते, २०८३ - १७:००
काठमाडौं । तनहुँको शेराफाँट क्षेत्रमा यात्रुवाहक बस दुर्घटना भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीका अनुस...
बैशाख ११ गते, २०८३ - १६:५२
काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गत २ वैशाखमा बसेको मन्त्...
बैशाख ११ गते, २०८३ - १६:३५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त भएकी छन्। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले घतानीलाई सच...
बैशाख ११ गते, २०८३ - १६:१८
काठमाडौं । नेपाल प्रहरी ले सिन्धुली हिरासतमा भएको एक युवकको मृत्यु प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ। सुनकोशी गाउँपालिका–३, सिन्धुलीका २२ वर...
बैशाख ११ गते, २०८३ - १६:००
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनीत गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा मगर...
बैशाख ११ गते, २०८३ - १५:५७
काठमाडौँ। धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्...
बैशाख ११ गते, २०८३ - १५:३८
काठमाडौँ। कृषि तथा पशुपक्षी विकासमन्त्री गीता चौधरीले वर्षे रोपााइँका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव नहुने स्पष्ट पारेको छिन् । राष्ट्रिय सभा अन...


प्रतिकृया लेख्नुहोस्: