बागलुङ। प्रहरीले लुकाइछिपाई राखेका चार नाल भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले काठेखोला गाउँपालिका वडा ३ धम्जाको सायकटेरास्थित जङ्गलमा लुकाइ छिपाई राखेको अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरेको हो ।
प्रहरी चौकी बिहुँका प्रहरी सहायक निरीक्षक सिकेन्द्र राय यादवको नेतृत्वमा खटिएको टोलीले सबुत चार थान र बेसबुत १ थान गरी पाँच थान इजाजत पत्र बिनाका भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिए। प्रहरीले अवैध बन्दुक बरामद गर्न बागलुङमा अप्रेसन चलाइरहेको छ ।
प्रहरीले यसअघि ताराखोला गाउँपालिका वडा नं. २ हल्पुखोलास्थित गुफामा लुकाइछिपाई राखिएको अवस्थामा चार थान भरुवा बन्दुक बरामद गरेको थियो । अवैध हतियार नियन्त्रण गर्ने अप्रेसनअन्तर्गत इलाका प्रहरी कार्यालय हरिचौर गलकोट मातहत रहेको प्रहरी चौकी भातखाने डाँडाकाको टोलीले उक्त भरुवा बन्दुक बरामद गरेको थियो ।
आसन्त प्रतिनिधि सभाको निर्वाचनमा अवैध हातहतियारको दुरुपायोग भई निर्वाचन तथा सार्वजनिक शान्ति सुरक्षामा खतरा उत्पन्न हुने सक्ने तथ्यलाई मुल्यांकन गर्दै इजाजत पत्र नलिई लुकाइछिपाई राखिएका हातहातियार बरामद तथा संकलन गर्नको लागि प्रहरीले अप्रेसन टोली खटाई स्थानीयको सहयोगमा जंगल, रुखको टोड्का, खोल्सा, मानिस नबस्ने घरगोठमा लुकाई राखेका एक सय १५ थान भरुवा बन्दुक यसअघि नै बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट ६६ नाल भरुवा बन्दुक, इलाका प्रहरी कार्यालय गलकोटबाट ४५ थान र इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट ४ वटा हतियार बरामद भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए। हतियार बरामद गर्दा प्रहरीले एकजना पनि अभियुक्त भने पक्राउ गरेको छैन । सर्च अपरेशन अभियान थालेपछि सबै हतियार जंगल छेउछाउ, खोंचहरुमा भेटाएकाले थप खोजी भैरहेको भारतीले बताए।
बरामद भएका अधिकांस घरेलु रुपमा बनाइएका हतियार भएपनि सबैजसो नियमित प्रयोगमा आएको हतियार भएको प्रहरी उपरिक्षक भारतीले बताए। बन्दुक बरामद गर्दा त्यसको म्यागेजिन लगायतका खरखजाना भने बरामद भएको छैन ।
बरामद हतियार सुरक्षित रुपमा प्रहरी कार्यालयमा राखिएको छ भने हरेक हतियार प्रयोगकर्ता पक्राउ पर्न सक्ने भएकोले अनुसन्धानको पाटो पनि अगाडि बढेको भारती जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ७ गते, २०८३ - १८:१५
काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...
बैशाख ७ गते, २०८३ - १८:०५
काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...
बैशाख ७ गते, २०८३ - १७:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...
बैशाख ७ गते, २०८३ - १७:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...
बैशाख ७ गते, २०८३ - १७:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...
बैशाख ७ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...
बैशाख ७ गते, २०८३ - १७:१५
काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...
बैशाख ७ गते, २०८३ - १६:५१
काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...
बैशाख ७ गते, २०८३ - १६:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...
बैशाख ७ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...


प्रतिकृया लेख्नुहोस्: