कर्णाली। निर्वाचन आयोगले कर्णाली प्रदेशका हिमाली जिल्लामा मतपत्र पठाउने तयारी भइरहेको जनाएको छ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले कर्णाली प्रदेशका हिमाली जिल्लामा छिट्टै मतपत्र पठाउने बताएका हुन्।
प्रदेश निर्वाचन सुरक्षा समितिको जिल्ला प्रशासन कार्यालय सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकमा सचिव राउतले विशिष्ट अवस्थामा हुन लागेको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले कुनै कसर बाँकी नराख्ने बताए।
उनका अनुसार निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिने कर्मचारीको भत्ता, ढुवानी र हेलिकोप्टरको खर्च पठाइ सकिएको छ। आवश्यकतामा आयोगले थप काम गर्दै जाने उनले बताए।
फागुन १० गतेदेखि मसान्तसम्मको मौसम अनुमान गरेर पठाउन जल तथा मौसम विज्ञान विभागलाई अनुरोध गरिएको भन्दै उनले उच्च हिमाली जिल्लाको निर्वाचनका लागि हुम्ला, मुगु र डोल्पामा फागुन ९, १० र ११ गतेभित्र मतपत्र पठाउने तयारी भइरहेको उनले जानकारी दिए।
तीन हजार मिटरभन्दा माथि जिल्लामा लेक लाग्ने अवस्थालाई मध्य नजर गरेर औषधि खरिदका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बजेट पठाइएको सचिव राउतको भनाइ थियो।
कर्णाली प्रदेशका हिमाली जिल्लामा निर्वाचन पूर्व र निर्वाचन पश्चात् मतदान केन्द्रमा खटाइने कर्मचारीको आउने जाने व्यवस्थाको सुनिश्चित गर्न बैठकमा सुरक्षा प्रमुखहरुले अनुरोध गरेका थिए। त्यसैगरी निर्वाचनमा खटिएका कर्मचारीलाई आफ्नो मताधिकार प्रयोग गर्ने अवसर आयोगले दिनुपर्नेमा जोड दिइएको थियो।
बैठकमा प्रदेश कमाण्ड पोष्टका संयोजक कर्णाली प्रदेश सरकारका निमित्त सचिव लक्ष्मीकुमार विक, जिल्ला कमाण्ड पोष्टका अध्यक्ष सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले निर्वाचन तयारीको अवस्था, सुरक्षाका चुनौती र समस्याका बारेमा प्रस्तुती दिएका थिए।
सुर्खेत जिल्ला क्षेत्र–२ का मुख्य निर्वाचन अधिकृत दीपक ढकाल, उत्तरपश्चिम पृतना सुर्खेतका बाहिनीपति सहायक रथी सञ्जय रञ्जितलगायत सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनलाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको बताए।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशमा १२ निर्वाचन क्षेत्र, दश लाख २४ हजार ६०६ मतदाता, ९५९ मतदानस्थल र एक हजार ४३८ मतदान केन्द्र रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: