Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

धनकुटाबाट तीनजना बेवारिसे व्यक्तिको उद्धार

खबरडबली संवाददाता

धनकुटा । मानवसेवा आश्रमद्वारा सञ्चालित ‘कोशी प्रदेश उद्धार यात्रा’को क्रममा धनकुटाका विभिन्न स्थानबाट तीनजना बेवारिसे व्यक्तिको उद्धार गरिएको छ।

नेपाल पत्रकार महासंघ धनकुटाको समन्वय तथा जिल्ला प्रहरी कार्यालय धनकुटाको सहयोगमा ती बेवारिसे व्यक्तिको उद्धार गरी मानव सेवा आश्रम सुनसरी पठाइएको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले जानकारी दिए।

उद्धार हुनेमा धनकुटास्थित मदनचोक क्षेत्रबाट लामो समयदेखि सडकपेटीमा अलपत्र रहेका ३५ वर्षीय अमृत भनिने एकजनालाई आश्रम पठाइएको छ ।  

त्यसैगरी धनकुटाबाट नै ‘साहिल’ नाम बताउने ३६ वर्षका अर्का एक पुरुष र धनकुटा नगरपालिका–६ स्थित सडकपेटीमा बेवारिसे अवस्थामा जीवनयापन गर्दै आएका ५२ वर्षीय भीमप्रसाद अधिकारीलाई उद्धार गरी सुरक्षित रूपमा मानवसेवा आश्रम पठाइएको हो।

मानसिक रूपमा कमजोर देखिएका तीनैजनाको पारिवारिक पृष्ठभूमि खुल्न सकेको छैन। उनीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारको व्यवस्था गरी सुरक्षित संरक्षणमा राखिएको तथा पारिवारिक पुनर्मिलनका लागि आवश्यक पहल गरिने आश्रमले जनाएको छ।

मानवसेवा आश्रमले फागुन ३ गतेदेखि सुरु गरेको कोशी प्रदेशस्तरीय सहयोगापेक्षी सडक आश्रितहरूको उद्धार यात्रा फागुन १६ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ।

आश्रमले उद्धार यात्राअन्तर्गत कोशी प्रदेशका विभिन्न जिल्लामा पुगेर खुला सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन बाध्य व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलन निरन्तर जारी राखेको जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending