Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

महामन्त्री पौडेलको प्रतिज्ञा : काठमाडौँ–५ लाई ‘डिजिटल इनोभेसन हब’ बनाउने

खबरडबली संवाददाता

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि १४ बुँदे ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ ।

सुशासन, सहकार्य र समुन्नतिको नारासहित उनले सामाजिक सञ्जालमार्फत काठमाडौँ–५ को चौतर्फी विकास र नीतिगत परिवर्तनका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गरेको हो ।

पौडेलले वि.सं. २०७९ को निर्वाचनमा विजयी भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री र सांसदका रूपमा इमानदारीपूर्वक प्रयास गरेको उल्लेख गरेको छन् । उनको प्रतिज्ञापत्रमा चक्रपथ दोस्रो खण्ड विस्तारको निरन्तरता, सामाखुसी–टोखा सडक, विष्णुमती करिडोर र साङ्लेखोला करिडोर जस्ता रणनीतिक योजनालाई तीव्रता दिने विषय समेटिएका छन् ।

 यस्तै, मेलम्चीको खानेपानी चक्रपथ बाहिर विस्तार गर्ने योजनालाई पनि उहाँले प्राथमिकतामा राखेको छन् ।

शिक्षा र स्वास्थ्यमा डिजिटल रूपान्तरण

पौडेलको प्रतिबद्धतामा क्षेत्रभित्रका सार्वजनिक विद्यालयलाई ‘स्मार्ट स्कुल’ बनाउने र स्थानीय मातृभाषा (नेवारी तथा तामाङ) एवं मौलिक सीपलाई पाठ्यक्रममा समावेश गर्न स्थानीय तहसँग सहकार्य गर्ने उल्लेख छ । 

स्वास्थ्यतर्फ सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउँदै यसलाई योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रम बनाउने उनको योजना छ । उनले काठमाडौँ–५ लाई ‘मेडिकल हब’ का रूपमा विकास गर्दै त्रिवि शिक्षण अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र कान्ति बाल अस्पतालको क्षमता विस्तार गर्ने बताएको छन् ।

डिजिटल इनोभेसन र पूर्वाधार

युवा जनशक्तिलाई विश्व बजारसँग प्रतिस्पर्धा गराउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल मार्केटिङको तालिम सञ्चालन गरी यस क्षेत्रलाई ‘डिजिटल इनोभेसन हब’ बनाउने पौडेलको दाबी छ । उनले संघीय संसदमार्फत व्यवसायमैत्री कानुन निर्माण गर्ने र झन्झटिलो व्यवसाय दर्ता प्रक्रिया अन्त्य गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन् ।

सम्पदा संरक्षण र पर्यटन
हाँडीगाउँ, मालिगाउँ, पञ्चकुमारी, धुम्बाराही र अजिमा जस्ता ऐतिहासिक क्षेत्रलाई खुला सङ्ग्रहालयका रूपमा विकास गर्ने उनको योजना छ । टोखाको बिस्का नख: र हाँडीगाउँको चोकते नारायण जात्रा जस्ता सांस्कृतिक परम्पराको ‘ब्रान्डिङ’ गरी पर्यटकीय लाभ लिने लक्ष्य प्रतिज्ञापत्रमा राखिएको छ ।

सहरी व्यवस्थापन र यातायात
टुकुचा, धोबीखोला र सामाखुसी खोलाको ढल व्यवस्थापनका लागि ‘स्टोर्म वाटर ड्रेनेज’ को व्यवस्था गर्ने र सार्वजनिक पार्कहरूको निर्माण गर्ने पौडेलले उल्लेख गरेको छ । उपत्यकाको यातायातलाई व्यवस्थित गर्न ‘मास ट्रान्सपोर्टेसन’ र साझा डिजिटल भुक्तानी प्रणाली लागू गर्न पहल गर्ने उनको भनाइ छ ।

यस्तै, टोखा–छहरे सुरुङमार्ग र रसुवा–केरुङ राजमार्गलाई व्यापारिक ‘लाइफलाइन’ का रूपमा विकास गर्ने, नारायणगोपाल चोकमा अन्डरपास तथा फ्लाइओभर निर्माण गर्ने र धनेश्वर खेल मैदानलाई राष्ट्रियस्तरको बनाउने विषय पनि प्रतिज्ञापत्रमा समेटिएका छन् । सार्वजनिक जग्गाको संरक्षण गरी पार्क र ध्यान केन्द्र बनाउने कार्यलाई पनि उनले जोड दिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस र एमालेलाई आन्तरिक समस्या समाधान गर्न रवि लामिछानेको आग्रह

काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...

सरकारबारे रवी: झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो

चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...

प्रधानमन्त्री शाहको घोषणा: सुकुमवासी र सहकारी समस्या यही कार्यकालमा समाधान गर्ने

चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...

अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...

सिमाबारे प्रधानमन्त्री शाहको स्पष्टीकरण: हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं

राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह

कांग्रेसले जस्तो नेतालाई 'भगवान्' र 'बा' बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा

चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

रास्वपा कहाँ उभिन्छ भन्ने चासो छ : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...

इतिहासले दिएको अवसर चुकाए रास्वपा र नेतृत्वलाई मात्र नभई देशलाई धोका हुनेछ: अध्यक्ष लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending