झापा । झापा निर्वाचन क्षेत्र नं. २ यसपटक पनि राजनीतिक रूपमा चर्चामा छ। यहाँ विभिन्न राजनीतिक दलका १८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पूर्वसभामुख देवराज घिमिरे मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन्। उनका अतिरिक्त पाँच जना प्रभावशाली महिला उम्मेदवारसहित अन्य दलका उम्मेदवारहरू सक्रिय छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निवर्तमान उपसभामुख इन्दिरा रानामगर, नेपाली कांग्रेसका तर्फबाट पूर्वराज्यमन्त्री सरिता प्रसाईँ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट पूर्वराज्यमन्त्री धर्मशीला चापागाईं चुनावी प्रतिस्पर्धामा छन्। त्यसैगरी श्रम संस्कृति पार्टीकी चन्द्रकुमारी गारु र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी अमृता लावती पनि घरदैलो अभियानमा व्यस्त छन्।
निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल १ लाख ४७ हजार ५२२ मतदाता रहेका छन्। जसमध्ये ७३ हजार ९५० पुरुष, ७३ हजार ५६७ महिला र पाँच जना अन्य मतदाता छन्। निर्वाचन व्यवस्थापनका लागि ४९ मतदानस्थल र १६५ मतदान केन्द्र तोकिएका छन्।
अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाका केही वडा तथा बुद्धशान्ति गाउँपालिकाका केही क्षेत्र समेटिएको यो क्षेत्र विगतदेखि नै राजनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ।
विसं २०४८ मा देवीप्रसाद ओझा, २०५६ मा केपी शर्मा ओली, २०७४ मा पवित्रा निरौला खरेल र २०७९ मा देवराज घिमिरे यहाँबाट निर्वाचित भएका थिए। त्यसैगरी २०६४ मा गौरीशङ्कर खड्का र २०७० मा सुधीरकुमार शिवाकोटी विजयी भएका थिए।
यसपटक मतदाताको प्राथमिकता केवल राजनीतिक परिवर्तनमा सीमित छैन। अर्जुनधारा र साविक खुदुनाबारी क्षेत्रमा रहेको सुकुम्बासी समस्याको स्थायी समाधान तथा जग्गाधनी पुर्जा वितरण प्रमुख मुद्दा बनेको छ।
अर्जुनधारा–१० की गीता अधिकारी भन्छिन्, “अब आश्वासन होइन, काम गर्ने प्रतिनिधि चाहिएको छ।”
अघिल्लो निर्वाचनमा कम मतान्तरले नतिजा आएकोले यसपटक साना दल र नयाँ मतदाताको भूमिका निर्णायक हुने विश्लेषण गरिएको छ। महिला उम्मेदवारको उल्लेखनीय उपस्थितिले प्रतिस्पर्धा थप रोचक बनेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: