विराटनगर। जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।
मोरङको उर्लाबारी नगरपालिका–३ निवासी ३७ वर्षीय सनम तामाङको बुधबार राति उपचारकै क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । कारागार प्रशासक गौरव ढुङ्गेलका अनुसार तामाङलाई मङ्गलबार राति करिब १० बजे अचानक श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि विराटनगरस्थित कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा बुधबार राति पौने ११ बजे तामाङको मृत्यु भएको हो ।
प्रशासक ढुङ्गेलका अनुसार तामाङलाई स्वास्थ्यसम्बन्धी पुरानै समस्या थियो र उनले नियमित औषधी सेवन गर्दै आएका थिए । पछिल्लो पटक स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि काठमाडौँ रेफर गर्ने तयारीसमेत गरिएको थियो । बिहीबार बिहान काठमाडौँ लैजाने योजना बनाइए पनि त्यसअघि नै उनको मृत्यु भएको प्रशासनले जनाएको छ ।
तामाङ लागु औषध मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका थिए । जिल्ला अदालत मोरङले उनलाई २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । अदालतको आदेशपछि २०८१ असोज १६ गते कारागार चलान गरिएका उनी २०८३ माघ २७ गते रिहा हुने क्रममा थिए ।
जिल्ला कारागार मोरङमा हाल १ हजार १७५ जना कैदीबन्दी रहेका छन् । तीमध्ये १०२ जना महिला रहेको कारागार प्रशासनले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ११ गते, २०८३ - १७:३५
काठमाडौँ। नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ । ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल...
बैशाख ११ गते, २०८३ - १७:२५
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ।...
बैशाख ११ गते, २०८३ - १७:१४
काठमाडौं । काठमाडौंको साँखु क्षेत्रमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो ले अपरेसनका क्रम...
बैशाख ११ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले उपत्यकाभित्र रहेका अव्यवस्थित बस्ती हटाएर व्यवस्थित गर्न सबै सरोकारवाला निकायलाई समेटेर विस्तृत कार्ययोजना तयार गरेको छ। शहरी वि...
बैशाख ११ गते, २०८३ - १७:००
काठमाडौं । तनहुँको शेराफाँट क्षेत्रमा यात्रुवाहक बस दुर्घटना भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीका अनुस...
बैशाख ११ गते, २०८३ - १६:५२
काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गत २ वैशाखमा बसेको मन्त्...
बैशाख ११ गते, २०८३ - १६:३५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त भएकी छन्। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले घतानीलाई सच...
बैशाख ११ गते, २०८३ - १६:१८
काठमाडौं । नेपाल प्रहरी ले सिन्धुली हिरासतमा भएको एक युवकको मृत्यु प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ। सुनकोशी गाउँपालिका–३, सिन्धुलीका २२ वर...
बैशाख ११ गते, २०८३ - १६:००
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनीत गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा मगर...
बैशाख ११ गते, २०८३ - १५:५७
काठमाडौँ। धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्...


प्रतिकृया लेख्नुहोस्: