बागलुङ। बागलुङ निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । विगतको चुनावी परिणामअनुसार पश्चिम बागलुङमा पर्ने यस क्षेत्रमा कांग्रेस, एमाले र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिए पनि पछिल्लो समय रास्वपा थपिएको हो ।
यस क्षेत्रमा कांग्रेसका टेकराज पौडेल, एमालेकी मञ्जु शर्मा चालिसे, राष्ट्रिय जनमोर्चा (राजमो) र नेकपाका साझा उम्मेदवार ज्ञामनाथ गैरे तथा रास्वपाका सोम शर्मा चुनावी मैदानमा छन्। २०७९ सालको निर्वाचन परिणामलाई विश्लेषण गर्दा रास्वपाको जनआधार अन्य दलको तुलनामा कमजोर देखिए पनि फेरिएको राजनीतिक समीकरणले प्रतिस्पर्धालाई तीव्र बनाएको छ ।
२०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार देवेन्द्र पौडेल २४ हजार ७९४ मतका साथ विजयी भएको थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मञ्जु शर्मा चालिसेले २० हजार १९३ मत प्राप्त गर्दा रास्वपाकी तिला खत्रीले २ हजार ३२७ मत पाएको थिए ।
विगतका दुई निर्वाचनमा चुनावी गठबन्धनका कारण मतदाताले आफ्नै दलको उम्मेदवारलाई मतदान गर्न पाएका थिएनन् । यस पटक राजमोबाहेक अन्य प्रमुख दलले एकल उम्मेदवारी दिएकाले चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ । नेकपा ९एस० सहितका साना कम्युनिस्ट घटकबीचको एकताबाट बनेको ुनेकपाु का तर्फबाट ज्ञामनाथ गैरेले बलियो दाबेदारी प्रस्तुत गरेको छन् । उनलाई पश्चिम बागलुङमा राम्रो प्रभाव भएको राजमोको समर्थन छ ।
एमालेले पुन: मञ्जु शर्मा चालिसेलाई नै उम्मेदवार बनाएको छ । यस क्षेत्रबाट उम्मेदवारी दिने उहाँ एक्लो महिला छन्। २०७९ मा ४ हजार ६०१ मतान्तरले पराजित चालिसे यस पटक अघिल्लो मत जोगाउँदै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन्।
यता, सांगठनिक रूपमा कांग्रेसको जनआधार पनि बलियो देखिन्छ । यस क्षेत्रका ६ स्थानीय तहमध्ये ४ वटामा कांग्रेसको नेतृत्व छ । २०७९ को समानुपातिकतर्फको मत परिणाममा कांग्रेसले १६ हजार २८३ र एमालेले १५ हजार ४६८ मत प्राप्त गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १५:५७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...
आषाढ़ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...
आषाढ़ ६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्। शुक्रबार भएक...



प्रतिकृया लेख्नुहोस्: